१६ चैत्र २०८० शुक्रबार
अन्य

मेरो देश

बालकविता

अनुपा बास्तोला,

श्री ताराकुञ्ज सेकेन्डरी स्कुल, पोखरा–१३, कास्की । 

 

वीर पुर्खाले आर्जेको प्यारो देश  हाम्रो,

जता पनि हरियाली आहा कति राम्रो ।

प्राकृतिक सम्पदाले भरिपूर्ण देश,

अनेक थरी भाषा हाम्रो अनेक थरी भेष ।

यताउता हिँड्नलाई हजारौं छ बाटो,

सबै फल्ने फुलाउने मेरो देशको माटो ।

मेरो देशलाई चिनाउने उच्च सगरमाथा,

विश्वभरि गाउँछन् सबै नेपालको गाथा ।

जोगाएर राख्नुपर्छ वीरपूर्खाको मान

निर्धक्क भई राख्न सक्छौं नेपालकौ सान ।

प्रकाशित: १० श्रावण २०७७ ०४:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App