coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

रोपाइँ

 चन्द्रमा पौडेल

 

गैरी खेतको  रोपाइँमा म पनि जान्छु

सानातिना अह्राएका काम सबै गर्छु

भोक लाग्दा खाजा पनि दोपहरे खान्छु

लौन आमा म पनि रोपाइँमा जान्छु।

बहिनीले धान रोप्छिन् म बाउसे गर्छु

ब्याडेमा बीउ काढी गरातिर फाल्छु

खेत   हिल्ल्याई  पटाहाले सम्म्याएको हेर्छु

लौन आमा म  पनि रोपाइँमा जान्छु।

खेतालालाई खाजा चिया दिन सघाउँछु

कुलाबाट पानी ल्याई समाहा चलाउँछु

खेतका सबै गराहरूमा पानी मिलाउँछु

लौ न आमा म पनि रोपाइँमा जान्छु।

हलीसँग हिल्याउँछु रोपाहारसँगै रोप्छु

बाहुसे गरी सम्याएर पटाहामा चढ्छु

मुसलधारे पानी परे ‌ओढा घुम ओढ्छु

लौ न आमा म  पनि रोपाइँमा जान्छु।

झमझम झरीसँगै  मैझारो मनाउँछु

ठूलाठूला बाला झुलोस् भनी आशिष् दिन्छु

हिलो खेल्दै  रोपाइँ सकी सबलाई बिदा भन्छु

लौ न आमा म पनि रोपाइँमा जान्छु ।

प्रकाशित: ५ श्रावण २०७७ ०९:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App