काठमाडौं नयाँ बसपार्कमा उत्रिने क्रममा सिन्धुपाल्चोक जिल्ला कुनचोक-१ बस्ने २८ वर्षीय नवराज गिरीको साथवाट ७६ हजार रुपैयाँ, उनकी श्रीमती २५ वर्षीया ज्ञानु गिरीको डेढ तोलाको सुनको सिक्री १ थान, औँठी आठ आनाको १ थान, मंगलसुत्र ४ आनाको १ थान र नगद २ हजार रुपैयाँ, मोवाइल २ थान, बाँके जिल्ला मंदिका मन्दीघापुर-४ बस्ने ३७ वर्षीय चन्द्र प्रकाश थापाको साथबाट ३० हजार रुपैयाँ, मोवाइल १ थानसमेत लुटिएको प्रहरीले बताएको छ।
त्यसैगरी काभ्रेस्थली-१ बस्ने ३५ वर्षीया रामप्यारी अधिकारीको २ तोलाको सुनका गहनाहरु लुटपाट भएको छ। बैशाख २६ गते अपराह्न पौने ४ बजे नम्वब खुल्न नसकेको ट्याक्सीमा आएका अपरिचित एक महिला र पुरुषले निजलाई फकाई ट्याक्सीमा राखी बेहोस बनाई उक्त गहना लुटेको बताइएको छ। उनलाई उपचारको लागि पाटन अस्पतालमा लगिएको छ।
फरार लुटेराहरुको स्थानीय प्रहरीले खोजतलास गर्नुको साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २७ वैशाख २०६९ ०९:२० बुधबार

