७ वैशाख २०८१ शुक्रबार
अन्य

लकडाउनमा डकुमेन्ट्री बनायौं

प्रसिद्धिका लम्साल

कोरोना भाइरसको कारण अहिले मानिसहरूले अनौठो अनुभव गर्न पाइरहेका छन् । पृथ्वीबाहिर पनि पाइला राख्न सफल मानिसको दुश्मन अहिले एउटा सानो भाइरस बनेको छ । यो विश्वमा रहेका हरेक देश र त्यहाँ बसोबास गर्ने मानिसहरू अहिले संकटमा रहेका छन् । धेरैले आफ्नो देश आउनका लागि अप्लाइ गरिरहेका छन् भने धेरैलाई सरकारले ल्याइसकेको छ । सामान्य रूघाखोकीको लक्षण बोकेको यो भाइरसको संक्रमण रोक्न त्यति सजिलो थिएन । ठूला र शक्तिशाली ठहरिएका मुलुकहरूलाई पनि यो भाइरसले त्रासमा बाँच्न विवश बनायो । यस्तो परिस्थितिमा यो भाइरसलाई एकबाट अर्कोमा सर्न नदिनुको एउटै मात्र उपाय भनेको नै लकडाउन थियो । त्यसैले पनि सरकारले चैत्र ११ गतेदेखि देशभर लकडाउन लगायो । लकडाउन भएपछि  हाम्रो दिनचर्यामा त्यति प्रयोग नहुने यो शब्द नै हाम्रो अहिलेको सबैभन्दा प्रिय साथी भएको छ ।

कोरोनाको कारणले भएको लकडाउनको प्रभाव प्रत्येक मान्छेमा परयो । त्यसले मलाई मात्रै नछुने त कुरै भएन । म तत्काल एसइई दिनको निम्ति तयारी अवस्थामा थिए । तर दुर्भाग्यवश परीक्षा स्थगित भयो । भोलि बिहानको परीक्षा आज राति स्थगित हुँदा खिन्न महसुस भयो । त्यति हुँदा पनि अबको दिनमा परीक्षा दिँदा अझै धेरै नम्बर ल्याउन सक्ने र अझै पढ्न पाउने कुराले उत्साहित थिएँ ।

 परीक्षा स्थगित भए पनि हामीलाई स्कुलले तयारी कक्षाको रूपमा पढाइ नै रह्यो । हामी प्रविधिसँग त्यति नजिक नभएकोले होला अनलाइन कक्षामा हाजिर हुन अलिक असहज भएको जस्तो भान भयो । एक त घरमै बन्द भएर बस्नु परेको अवस्थामा के गर्ने के नगर्ने दोधारमा परियो । त्यसपछि समाचारहरूमा भाइरसको प्रभावले मानिसहरू मानसिक रोगी बनेको समाचारहरू दिनप्रतिदिन आउन थाल्यो । यस्तै विषयमा केही नयाँ काम गर्न पाए पनि हुने भन्ने विचारमा मनमा आउन थाल्यो र साथीहरूसँग सल्लाह गरेर लकडाउन र कोरोना भाइरसको कारण मानिसमा परेको मानसिक असरबारे अनुसन्धान गर्ने प्लान बनायौं । यो अवस्थामा बाहिर निस्केर यो काम गर्न पक्कै सहज थिएन तर पनि हिम्मत भए हरकुरा सरल हुने रहेछ । हामीले हाम्रो हिम्मतलाई अगाडि राखेर मानसिक स्वास्थ्य यति जटिल र नेपालमा अझै लाञ्छनाको रूपमा हेरिने रोगलाई हामीले ‘मानसिक स्वास्थ्यबिनाको स्वास्थ्य स्वस्थ हुँदैन भन्ने नाराको साथ एउटा अभियानको थालनी गरयौं ।

सडकमा हिँडिरहेका मान्छेहरूलाई यस्तो अवस्थामा के हुन्छ र कसरी यसलाई व्यवस्थापन गर्न सकिन्छ भन्ने कुराको बारेमा जानकारी दिन सफल भयौं र त्यही कुरालाई हामीले एउटा डकुमेन्ट्रीको रूपमा प्रस्तुत गरयौ । यो हाम्रो पहिलो प्रयास पक्कै थियो तर हामीले गरेको प्रयासबाट धेरै त्यो डकुमेन्ट्री तयार गर्न हामीले पाटन अस्पतालका मानसिक रोग विशेषज्ञ डक्टरहरू, मानिसिक रोगसँग सम्बन्धित निकायहरू, हेटौँडा उपमहानगरपालिकाका उपमेयर स्वयं मानसिक रोग लागेर निको भई पछिल्लो दिनमा कोरोना लागेर निको भएको अस्मी पोखरेल लगायत सर्वसाधारण जनतासँग सोधेर हामीले डकुमेन्ट तयार पारयौं।

लकडाउन एउटा अवसर पनि हो । जिन्दगीको हरेक परिस्थितिहरू पनि अवसर हुने रहेछन् । हामीलाई पनि यो लकडाउनले यो डकुमेन्ट्री निर्माण गर्ने अवसर प्रदान गरयो । यो डकुमेन्ट्री तपाईहरूले युटयुव च्यानल मेन्टल हेल्थ म्याटर गएर हेर्न सक्नुहुन्छ  र जसलाई तपाईहरूले स्टाग्राममा प्रोजेक्ट हेल्थ म्याटर फलो गर्न सक्नु हुनेछ ।

प्रकाशित: ११ असार २०७७ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App