चौधरीले तीन वर्षीय छोरा कुन्दनको घाटीमा डोरी बेरेर र आठ महिनाकी छोरी सुगन्धाको घाटि थिचेर हत्या गरेपछि घरमै साडीको पासो लगाई आत्महत्या गरेको इलाका प्रहरी कार्यालय कोल्बीले जनाएको छ।
बिहान सँगै खाना खाएर काममा गएका मुक्तिले राति घर फर्कदा पत्नी रमितालाई पासो लगाएर झुण्डिरहेको र छोराछोरी मृत अवस्थामा अवस्थामा फेला पारेपछि उनी आत्तिएर छरछिमेकीलाई बोलाएका थिए। स्थानीयले प्रहरीलाई खबर गरेपछि राति नै प्रहरी घटना स्थलमा पुगेर गरेको प्रारम्भिक अनुसन्धानबाट घटना गरिबिकै कारण भएको हुनसक्ने देखिएको प्रहरी निरीक्षक विजयकुमार यादवले बताए।
छिमेकी रिता चौधरीका अनुसार छोरा कुन्दन सदस्य रहेको बाल समुहमा जम्मा गर्ने रकम समेत नहुदा रमिता दिनभर जसो चिन्तित अवस्थामा रहेकी थिइन। हरेक महिना एक सय ३० रुपैया जम्मा गर्नुपर्ने भएपनि रमिताले उक्त रकम आफुसंग नभएको भन्दै गुनासो गरेको छिमेकी चौधरीले बताइन्।
'घरमा पकाउने दालचामल समेत नभएको अवस्थामा बचत गर्ने पैसा कहाबाट जुटाउन भन्दै रोईरहेकी थिइन' छिमेकी चौधरीले सुनाईन्। रमिताले बाल समुहमा बचत गर्न रकम नभएपछि स्थानियसंग सापटी समेत मागेको अर्का छिमेकी राजकुमारी चौधरीले बताईन्। उनले स्थानियसंग सापटी मागेर छोरा कुन्दनको समुहमा रकम बचत गरेकी थिईन्। घटना पछि पडरी बस्ती नै यतिबेला शोकमा डुबेको छ।
पति र छोरा छोरीसँगै बस्दै आएकी रमिताका सासुससुरा चितवनमा ज्याला मजदुरी गर्दै आएका छन्। दुई बालबालिका सहित उनको शव पोष्टमार्टनको लागि जिल्ला अस्पताल कलैयामा लगिएको प्रहरीले जनाएको छ।
प्रकाशित: ६ चैत्र २०६८ १२:३० सोमबार





