९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

घरायसी काममा रमाउँदा...

ग्यालेक्सी पब्लिक स्कुल, ज्ञानेश्वर, काठमाडौंको कक्षा १ मा अध्ययनरत जिनिषा जैनले बनाएको चित्र ।

आँचल अधिकारी

कक्षाः १०, लिभरपूल माध्यमिक विद्यालय

शंखमुल, काठमाडौं  

विश्वभर फैलेको कोभिड–१९ भाइरसले संसारभर नै त्रसित बनाएको छ । विश्वका ठूला र विकसित भनिएका मुलुक झन् धेरै पिडामा छटपटिएका छन् । साथै ठूलो संख्यामा मानविय क्षतिको सामना गर्नु परेको अबस्था छ ।  

मानिस सामाजिक प्राणी हो । मानिसबाट मानिस अलग रहन सक्दैन तर कोरोना विरूद्ध लड्न सामाजिक दूरी कायम राख्नु नै उत्तम विकल्प हो । सरकारको नियमलाई होस्टेमा हैंसे गर्दै हामी पनि घर भित्रै बसेका छौँ । अहिले विश्वका धेरै देश लकडाउनमा रहेका बेला हामी आफ्नो घरमा बस्दा आत्तिने र तनाव लिने काम गर्नु हुँदैन । यो हामी नागरिकको कर्तव्य हो ।

आँचल अधिकारी 

मैले लकडाउन अवधिमा धेरै घरायसी काम सिकिरहेकी छु र यतिका धेरै काम सिक्ने अवसर पाउँदा खुसी पनि छु । आमासँगै भान्सा कोठामा खाना पकाउने र लुगा धुने काममा सहयोग गर्दै आएकी छु । आमा र म मिलेर युट्युव हेर्दै नयाँनयाँ खानेकुरा पकाउन पनि सिकेका छौँ । विगतमा मलाई यस्तो लाग्थ्यो कि म खाना पकाउन जान्दिन होला !

सबै बालबालिकाले घरायसी काम सिकेर अभिभावकलाई सहयोग गर्नुपर्छ र असल छोराछोरी बन्नुपर्छ ।

म जहिले पनि कि आमाले पकाएको कि त बाबाले पकाएको खान्थें । अहिले त आफैँ पनि खाना पकाउँछु । दिउँसोको खाजा पनि आफैँ बनाउन थालेकी छु । मैले पकाएर दिएको खानेकुरा खाँदा आमाबुबा मख्ख पर्नुहुन्छ ।

मैले हाम्रो रितिरिवाजमा प्रचलित कति परिकार पनि बनाउन सिकेँ जस्तैः सेल रोटी, पुरी तरकारी, विभिन्न खालका अचार, जेरी, मःम आदि । लकडाउनमा मैले अरु धेरै कुरा सिक्न समेत पाएकी छु ।  

हरेक अभिभावकले आफ्ना सन्तान जुनसुकै विषयमा पनि सक्षम भएको देख्न चाहन्छन् । हरेक काममा मलाई हौँसला थप्ने आमाबुबा घरायसी काम गर्न पनि उत्प्रेरणा दिनु हुन्छ ।  

मलाई पहिला यस्तो लाग्ने गथ्र्यो कि घरायसी काममा धेरै ध्यान दिनु हुँदैन तर म अहिले यति बुझ्ने भएकी छु कि घरायसी काम नै हाम्रो जीवन चलाउन आबश्यक रहेछ । पहिला आमाले यो काम गर भन्दा पनि नमान्ने म अहिले आफैँ काम खोजेर गर्न थालेकी छु । बिहान उठ्ने बित्तिकै सबै पूजा सामाग्री तयार पारेर भगवानलाई पूजा गर्छु र कोठाको सरसफाई गरेर मात्रै दैनिकी तिर लाग्छु । मैले घरायसी काम गर्दा कति कठिन हुने रहेछ भन्ने पनि बुझेँ ।

म विद्यालयमा गएर सैदान्तिक ज्ञान लिन्थें भने अहिले व्यवहारिक ज्ञान लिँदैछु । हाम्रो पहिलो विद्यालय घर हो भनेझैँ मैले आफू भित्र भएका धेरै क्षमतालाई चिन्ने र बाहिर प्रस्फुटन गर्ने अवसर पनि पाएँ । हामी विद्यालयमा मात्रै ज्ञान लिन्छौँ र लिन्थ्यौँ भनेर यो समयमा मन कुँड्याउनु हुँदैन ।  

हामी मानव चेतनशील प्राणी भएकाले जस्तो परिस्थितिमा पनि बाँच्न र संघर्ष गर्न सक्नुपर्छ । हामी बालबालिकाले प्रमुख रूपमा घरायसी काम गरेर अभिभावकलाई सहयोग गर्नुपर्छ र असल छोराछोरी बन्नुपर्छ ।

प्रकाशित: ६ जेष्ठ २०७७ ०५:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App