९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

मानिसभन्दा जनावरको उमेर किन कम ?

चाहे मानिस होस् या जनावर सबैले एक न एक दिन मर्नु नै छ ! शोधका आधारमा कुनै पनि जीवित प्राणीको उमेर आँकलन गर्न सकिन्छ ।

प्रायः केहीलाई छाडेर सबै जनावरको उमेर मानिसको भन्दा कम हुन्छ । मानिसको तुलनामा ती निकै तीव्र गतिमा वृद्ध हुन्छन् र मर्छन् । कुनै घरपालुवा कुकुर १० वर्ष बाँच्छ भन्ने के मानिन्छ भने उसले मानिसको जीवनको लगभग ७० वर्ष बाँच्यो । कुनै कुकुरको एक वर्ष मानिसको जीवनको सात वर्षजस्तो हो । तर नयाँ शोधले भन्छ, घरपालुवा कुकुरको उमेरको गणित बुझ्न यति सजिलो भने छैन ।

उदाहरणका लागि कुकुरका अधिकांश नश्ल वा जातिमा शारीरिक सम्बन्ध बनाउने इच्छा ६ देखि १२ वर्षको उमेरमा उत्पन्न हुन्छ । केही नश्लका कुकुरहरु २० वर्षसम्म बाँच्छन् । यस्तोमा एउटा कुकुरको एक वर्ष मानिसको जीवनको सात वर्ष बराबर हो भने केही नश्लका कुकुरको उमेर त १२० वर्षसम्म हुन पुग्छ । अर्थात् मानिसको जीवनभन्दा दुई गुणा बढी ।

सबै नश्लका कुकुर एकै किसिमको उमेर बाँच्छन् भन्ने हुँदैन । तिनको उमेर तिनको नश्लमा भर पर्छ । उदाहरणका लागि साना कुकुरहरु बढी लामो उमेर बाँँच्छन् । आकारका ठूला कुकुरहरुको तुलनामा ती कम गतिमा वृद्ध हुन्छन् ।

अब प्रश्न उठ्छ, उमेर भन्नाले हामीले के बुझ्न खोजिरहेका छौँ ? कुनै पनि जीव जन्मेदेखि मर्नुसम्मको समय जीवित रहनुलाई उमेर भनिन्छ । तर यो उमेरको कालानुक्रमिक परिभाषा हो । उमेरको एउटा जैविक परिभाषा पनि छ । जसको परिणाम स्वास्थ्यको गुणवत्ताका आधारमा हुने गर्छ ।

कसैको उमेर २० वर्ष छ भने तर उसको स्वास्थ्य सधैँ बिग्रिरहन्छ भने उसको शरीर तीव्र गतिमा कमजोर भइरहेको छ र ऊ वृद्धावस्थातर्फ लम्कदैछ । यसका लािग फ्रेलिटी इन्डेक्स प्रयोग गरिन्छ । यसअन्तर्गत कुनै पनि व्यक्तिको रोग, उसको दिनभरिको कामकाजको व्यहोरा, उसको बुझाइलाई परख गरिन्छ । अनि यसलाई दुई स्तरमा बाँडिन्छ । पहिलो चाहिँ जिनको स्तर ।

जिनले शरीरमा प्रोटिन उत्पन्न गर्छ । अनि, यो उमेरको बेग्लाबेग्लै भागमा बेग्लाबेग्लै स्तरमा उत्पन्न हुन्छ । अर्को छ, शरीरमा प्रतिरोधक क्षमतायुक्त कोशिकाहरुको मात्रा । जुन तीव्रताका साथ आयु बढ्छ, त्यसमा कयौँ वंशानुगत कारक, मानिसको दिनचर्या र उसको मानसिक स्वास्थ्यले निकै ठूलो प्रभाव पारेको हुन्छ ।

उदाहरणका लागि, यदि कसैले सन्तुलित आहार खाँदैन, बढी धूमपान गर्छ, शारीरिक अभ्यास गर्दैन भने त्यस्तो व्यक्तिको जैविक आयु उसको कालानुक्रमिक आयुभन्दा बढी हुन्छ । भनाइको अर्थ, तपाईं ४० को उमेरमा ६० वर्षको उमेर गुजारिरहनु भएको हुन्छ । त्यहीँ तपाईंले आफ्नो दिनचर्या र खानपिन सही छ भने ६० को उमेरमा पनि ४० को जीवन बिताइरहनु भएको हुन्छ । अर्थात्, यस्ता मानिसको जीवनस्तर बढी हुन्छ ।

जनावरका सबै प्रजातिहरुको उमेरलाई अध्ययन गरियो भने तिनको जैविक आयुको परिभाषा, कालानुक्रमिक परिभाषा भन्दा बढी सिद्ध हुन्छ । शोधकर्ता भन्छन्, जैविक आयु मापन गर्नु बडो गाह्रो काम हो । सबै स्तनधारीको डिएनएमा समयसमयमा परिवर्तन भइरहन्छ ।

डिएनए मिथाइलेसनबाट पनि उमेरको सही आँकलन गर्न सहयोग पुग्ने गरेको छ । डिएनए एउटा जैविक प्रक्रिया हो र त्यसमा कयौँ मिथाइल ग्रुप जोडिएको हुन्छ । अर्थात्, एउटा कार्बन एटमका साथ तीन हाइड्रोजन एटम जोडिएका हुन्छन् । मिथाइलेसन डिएनएको क्रममा तलमाथि नगरी त्यसलाई प्रभावित पार्न सकिन्छ । बेग्लाबेग्लै किसिमका प्रजातिहरुमा कयौँ किसिमको शारीरिक विकास एक समान हुन्छ । जस्तो, दाँतहरु निस्कनु । मानिस र ल्याब्रोडर कुकुरको मिथाइलेसनको स्तर मिलान गर्दा शोधकर्ताले एउटा फर्मुला तयार गरेका छन्, जसको आधारमा कुकुरको सही उमेर आँकलन गर्न सकिन्छ ।

यसका लागि तपाईंलाई एउटा ग्राफमार्फत मानिस र कुकुरको उमेरको गणित बुझाउने प्रयास गर्छु । यस ग्राफमा तपाईंले एउटा तेर्‍सो लाइन देख्नुहुनेछ, जसले कुकुरको परिपक्वतातर्फ तीव्र गतिमा बढेको छ । अनि फेरि त्यसको उमेर सुस्त गतिमा अघि बढेको छ ।

अर्थात् कुकुर तीव्र गतिले आफ्नो मध्यम उमेरसम्म पुग्छ र अनि फेरि सुस्त गतिमा वृद्धावस्थातर्फ जान्छ । कुकुरको जीवनको पहिलो वर्ष मानिसको जीवनको ३१ वर्ष बराबर मापन गर्न सकिन्छ । यसपछि कुकुरको कालानुक्रमिक आयु मानिसको आयुभन्दा दोब्बर हुनपुग्छ । अर्थात्, मानिसको उमेर आठ वर्ष हुन्छ भने कुकुरका लागि त्यो तीन गुणा बढी हुन पुग्छ ।

प्रकाशित: २१ वैशाख २०७७ ०५:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App