१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

लेलेको मनकामनामा वनभोज जाँदा

 प्रतिश्ना आचार्य,
 कक्षा –५,
फुल्चोकी इङलिस बोर्डिङ स्कूल, बडिखेल, ललितपुर।

प्यारा साथीहरू,
हार्दिक नमस्कार !

मलाई नयाँनयाँ ठाउँ घुमफिर गर्न धेरै मन पर्छ।  जति नयाँ ठाउँ घुम्न सक्यो उति ज्ञान पनि बढ्दै जाने रहेछ। एकै ठाउँ बसेर पढ्दा मात्रै केही जानिने रहेनछ। त्यसैले कुनै नयाँ  जान पाए भने म फुरुङ्ङ हुन्छु। मेरो स्कूल फुल्चोकीबाट म लगायत मेरा साथीलाई मंसिरमा वनभोज लगेको थियो। वनभोज गएको ठाउँ लेलेको मनकामनामा थियो। त्यो दिन मलाई कतिबेला स्कूलबाट हिँड्ने भन्ने लागिरहेको थियो। स्कूलमा साथीसँग भेला भइयो। प्रार्थना सकियो। गुरुले सबैलाई एक ठाउँमा जम्मा गर्नुभयो। म ज्यादै रमाएँ। नभन्दै गाडी आयो। हामी खुर्र दौडेर बसमा बस्यौं।

बसमा बसेर हामी मनकामनातिर लाग्यौं। बसमा हामीले गीत गाएर रमाइलो गर्‍यौं। हामीसँग निर्मल गुरु र अन्य गुरु हुनुुहुन्थ्यो। लेलेको मनकामनामा पुगेपछि त निर्मल गुरु पनि हामीसँग छमछमी नाच्नुभयो। नाच्न लजाउने साथी पनि गुरुसँगै नाच्न थाले। हामीले त्यहाँ हरियाली जंगल रूख लहरा देख्न पायौं। त्यहाँ त माछा पोखरी पनि रहेछ। त्यहाँका माछा देख्दा मलाई निकै रमाइलो लाग्यो। मलाई माछासँगै पौडिन रहर लाग्यो। हामीले मीठामीठा खानेकुरा खाँदै दिनभरि रमाइलो गर्ने मौका पायौं। हामीले धेरै तस्वीर पनि खिच्न पायौं।

विद्यालयको वनभोज मलाई ज्यादै रमाइलो लाग्यो। अझै ती रमाइलो क्षण झलझली सम्झिदै छु। दिमागलाई तेजिलो राख्न भ्रमण निकै लाभदायक हुने रहेछ।

प्रकाशित: २४ फाल्गुन २०७६ ०२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App