२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्य

नाता र नेता

उहाँका नातेदार नेता हुनैपर्दैन
कुन नेता छ देशमा जो उहाँको नाता पर्दैन ?
 
नेता त बन्नुस्, उहाँको नातेदारमा परिहालिन्छ
नेता नै नबनी उहाँको नातेदार त्यसै बनिन्छ ?
     
देशका आधा नेता त उहाँका आफ्नै साला छन्
त्यसभित्र चार जात छत्तीस वर्ण सबै सालाखाला छन्
मैले सोधेँ– तपाईंले बिहे गरेको त एउटै होइन र ?
अनि तपैँकी श्रीमतीको भाइ पनि एउटै मात्रै होइन र ?
उहाँले भन्नुभयो– बिहे गरेको पो एउटै हो, नगरेको चैँ हुँदैन र ?
 
देशका आधा नेता उहाँका आफ्नै भिनाजु हुनुहुन्छ
‘उहाँ मेरो भिनाजु’– भेटमा नेता देखाउँदै अरुलाई चिनाउनुहुन्छ
मैले सोधेँ– तपाईंकी दिदी त एउटै होइन र ?
उहाँले भन्नुभयो– आफ्नै दिदी पो एउटी हो, पर्ने चैँ हुँदैन र ?

प्रकाशित: २५ माघ २०७६ ०१:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App