२० असार २०७७ शनिबार
अन्य

मचान– २

म उनको अनुहारतिर हेरिरहेँ। उनी मेरा लोग्ने थिए, भर्खरै कतारबाट फर्केका।  उनको अनुहार हेरेर म केही बोल्नै सकिनँ। आफ्नो कपाल बाँधेँ। आफूलाई नियन्त्रण गरेँ। उनले बोकेको लगेज मैले बोक्दै बहाना बनाउँदै कुरा अर्कैतिर मोड्दै थारु (मातृभाषा)मा भनेँ, ‘दुखिया के बियाह देखैले जाइ छेलियै।’ (दुखियाको बिहे हेर्न जाँदै थिएँ।)
उनले मेरो अनुहारतिर शङ्कालु दृष्टिले हेर्दै भने, ‘येहेन देह दसा बन्या के बियाह देखैले जाई छेलही ? आद्मी सब कथि कहतियौ ?’ (यस्तो अवस्था बनाएर बिहे हेर्न जाँदै थिइस् ?  मान्छेले देखेको भए के भन्थ्यो ?)
घरको आँगनमा प्रवेश गर्दै मैले भनेँ, ‘घरको सबै काम एक्लै गर्नुपर्छ, अनि के गर्नु म ?’

मेरो कुरा उनले विश्वास गरे कि गरेनन् थाहा छैन, तर मेरो कुरा सुनेर उनी केही बोलेनन्। आँगनभरि थाल, आरी, बटुको, कन्ती, सिरक–कम्बल फालिएको देखेर उनी फेरि आश्चर्यमा परे। उनले फेरि सोधे, ‘आँगनभरि तैँले सामान फालेकी छेस् ?’

मैले लगेज घरभित्र राख्दै हिम्मतका साथ भनेँ, ‘घरको सबै काम एक्लै गर्नुपर्छ अनि मैले सामान फालेँ।’ मेरो कुरा सुनेर उनले भनेँ, ‘हेर यसको रिस ?’

मैले फालेको सबै सामान उनले एक–एक गरी आँगनबाट टिप्न थाले। भाँडाकुँडा टिप्दै भान्सामा राखे। सिरक, तकिया र डसना सुत्ने कोठामा राखे। उनी सामान टिप्दै गर्दा म कलमा गएर मुख धोएँ। कपाल बाँधेँ। उनले सामान टिपेको देखेर लाग्यो, उनी धेरै सहनशील रहेछन्। मेरो रिसलाई शान्त गर्न सक्ने धैर्यता उनीमा छ। उनी जुत्ता फुकाल्दै सोफामा बसे।

मेरो मनभित्र अनौठो छटपटी भइरहेको थियो। उनी यहाँबाट गइदिए हुन्थ्यो। उनी किन यतिवेला आए होलान् भनेर मेरो मनमा आतङ्क मच्चिरहेको थियो। आफूलाई नियन्त्रण गर्न सकिरहेकी थिइनँ। गएर दुखियालाई एक थप्पड हानौँ, उसको बिहे रोकौँ जस्तो लागिरहेको थियो। तर मेरो परिधिले मलाई बाँधेर राखेको थियो, जहाँबाट म खुलेआम उम्कन सकिरहेकी थिइनँ। त्यसमाथि मेरा लोग्ने मेरा अगाडि थिए। के भइरहेको थियो मसँग ? म रुन पनि सकेकी थिइनँ। हाँस्न पनि सकेकी थिइनँ। कस्तो यो छटपटी ? कस्तो यो प्रेम ? कस्तो यो पीडा ? सहनै नसकिने !

आवाज निकालेर बेसरी कराउन मन लागिरहेको थियो, ‘मलाई यो घरमा बस्नु छैन। दुखियासँग बिहे गर्छु। दुखियाकी स्वास्नी बन्छु। उसकै घरमा बस्छु। मलाई यहाँबाट जान देऊ। मलाई यो बन्धनबाट मुक्त गर।’ तर मेरो मनोदशा बुझ्ने कोही थिएनन्।

आफ्ना हातखुट्टा बिनासित्ति कन्याउन थालेँ। दुखियासँग मचानमा बिताएका पल आँखामा नाच्न थाले। दुखियाको जन्त गाउँभन्दा बाहिर निस्किसकेको थियो। सासू–ससुरा पनि दुखियाको घरबाट फर्किसकेका थिए। यस्तो अवस्थामा म आफूलाई नियन्त्रण गर्ने सिवाय अरु कुनै उपाय देखिनँ। आफूलाई सामान्य बनाउने प्रयास गरेँ। भान्सामा छिरेर काम गर्न थालेँ। दिनभरि काममा व्यस्त भएँ। मेरो मन भारी थियो। म खुसी थिइनँ।

हामी मचानमा गयौँ। उसले मेरो ब्लाउजको तुना खोल्न थाल्यो। बिस्तारै उसले मेरो घाँटीमा स्पर्श गर्दै मेरा स्तनहरू चलाउन थाल्यो। मेरो ब्लाउज फुकालेर उसले पर फाल्यो। म निर्वस्त्र भएँ। वर्षौं वर्षको तृष्णामा अल्झिएकी मलाई कुनै नदी पाएजस्तो भएको थियो।

बेलुकी भयो। भान्साको सबै काम सकाएर सुत्न गएँ। उनी पलङमा लम्पसार परेर सुतिरहेका थिए। उनी मेरो पलङमा सुतेको मलाई कति पनि मनपरेन। म दुखियालाई खोज्न थालेँ। एकछिन कल्पनामा हराएँ। वास्तविकता मेरो अगाडि थियो। मलाई उनीसँग सुत्न मनलागेन। म आफ्ना लागि तल ओछ्यान लगाएँ। पलङबाट तकिया तानेर ओछ्यानमा राखेँ र सुतेँ। तकिया तानेको थाहा पाएर उनको निद्रा खुल्यो। म तल सुतेको देखेर उनी पनि मेरो छेउमा सुत्न आए। मेरो बायाँ हातको औँलाको कापमा आफ्नो दायाँ हातको औँलाको काप छिराउँदै भने, ‘लाज से निचा मे सुतलिही। चल पलङ मे।’ (लाज लागेर तल सुतिस्। हिँड पलङमा।)

मलाई केही बोल्न मन लागेन। उनले छोएको मलाई कति पनि मनपरेन। एकदमै पराईले छोएको जस्तो लाग्यो। उनको औँलाको कापबाट मैले आफ्नो हात छुटाउन खोजेँ, सकिनँ। जसरी चुम्बकले फलामलाई समात्छ, त्यसरी नै उनले मलाई कसेर समातिरहेका थिए। मलाई बोकेर उनले पलङमा लगे, बत्ती निभाए। मेरो निधारमा, ओठमा चुम्बन गर्न थाले। मेरो ओठ उनको थुकले लतपतियो। उनी चरम सुखको आनन्दमा रमाउँदा रिसले मेरो अनुहार तातिरहेको थियो। उनी मेरा लोग्ने नभइदिएको भए मेरो जिउमा भएको सबै ऊर्जा प्रयोग गरी एक थप्पड लगाएर उनलाई पाँच मिटर पर धकेलिदिन्थेँ।

म एउटा जिउँदो लासझैँ पलङमा सुतिरहेँ। उनले बिस्तारै आफ्नो हात मेरो स्तनतिर बढाए। मैले उनलाई रोक्ने प्रयास गरेँ। उनले मेरो के पो सुन्थे र ? उनी पूरा जङ्गली बनिसकेका थिए। उनले मेरो ब्लाउज फुकाले। मेरो नाइटो, पेट र स्तनहरूमा चुम्न थाले, कागती निचोरे जस्तै मेरा स्तनहरू निचोर्न थाले। उनी पूरै जोसका साथ मेरा अङ्ग चलाइरहँदा पनि मलाई केही गर्न इच्छा लागेन। मेरो अनुहार रिसले रातो भइरहेको थियो। मेरो मनभित्र दनदनी आगो बलिरहेको थियो। रिसलाई नियन्त्रण गर्न सकिरहेकी थिइनँ। आँखाबाट आँसु बग्न थाल्यो। कोठा अँध्यारो भएकाले मेरो आँखाबाट आँसु बगेको उनले देखेनन्। उनले बिस्तारै मेरो जिउको सबै लुगा फुकाले। मलाई निर्वस्त्र पारे। मेरा अङ्गअङ्ग चलाउँदै चुम्बन गर्न थाले। म लासझैँ सुतिरहेको देखेर उनले भने, ‘के भयो, तँ खुसी छैनस् ?’

मेरो नियतमा शङ्का गर्लान् भनेर उनको कपाल बिस्तारै सुमसुम्याउँदै ओठमा चुम्बन गर्दै भनेँ, ‘हम बहौत खुसी चियै।’ (म धेरै खुसी छु।)

मैले उनलाई बाध्यतावश चुम्बन गर्न पुगेकी थिएँ। मप्रति शङ्का नलागोस् भनेर उनको ध्यान तान्न नाटक गरेकी थिएँ। उनले मेरो अङ्गप्रत्यङ्ग जति खेलाए पनि म दुखियाको बिछोडमा तडपिरहेकी थिएँ। हरे शिव ! यो कस्तो मेरो बाध्यता थियो ? लोग्ने मेरो जिउसँग खेलिरहेका थिए, तर म परपुरुषको कल्पनामा हराउँदै थिएँ। थुक्क जिन्दगी ! जति बिर्सन खोजे पनि बिर्सन नसकिने। यो कस्तो आशक्तिपूर्ण प्रेम ? यो कस्तो छटपटी ? मनको पीडा व्यक्त गर्न पनि नसकिने ? यसमा दोषी को ?

उनी अँध्यारो कोठामा मलाई लछारपछार गर्दै मेरो नाङ्गो जिउसँग खेल्न थाले। म निःशब्द भएर आफ्नो जिउ उनलाई सुम्पिरहेँ। यो क्रम हप्ता दिनसम्म चल्यो। म एउटा लास बनेर ओछ्यानमा सुतिरहेँ। उनले मनपरि तरिकाले मेरो जिउसँग खेलिरहे। मनले नमान्दानमान्दै पनि उनको विरोध गर्न सकिनँ। म कुनै निर्जन वनको बीचमा हराएको सिकारीझैँ भौँतारिरहेकी थिएँ, तर निकास पाइरहेकी थिइनँ।

एक दिन सासू–ससुरा खेतमा काम गर्न गइसकेका थिए। मेरो लोग्ने तरकारी किन्न बजारतिर गए। म खुसी थिइनँ। मनमा अनौठो किसिमको पीडा थियो। कता, जाऊँ, के गरुँ, मनको व्यथा कसलाई पोखुँ लागिरहेको थियो। मुढामा बसेर टिभी हेरिरहेकी थिएँ। पछाडिबाट कसैले मेरो पिठ्युँमा स्पर्श ग-यो । त्यो स्नेहले भरिएको स्पर्श आफ्नो मान्छेको जस्तो लाग्यो। मैले आँखा चिम्लेँ। त्यो स्पर्श आह ! कस्तो काउकुतीले भरिएको थियो। त्यो स्पर्श मैले धेरैपटक अनुभव गरिसकेकी थिएँ, बिस्तारै आँखा खोलेँ र पछाडितिर हेरेँ। ऊ दुखिया थियो। उसलाई देखेर म हर्षले विभोर भएँ। मुढाबाट उठेर उसलाई कसेर समातेँ। आह ! कस्तो उसको कसिएको जिउ। मेरा जिउका नशाहरू चलमलाउन थालेँ। मुटुको कम्पन्न बेजोडले बढ्यो। उसको निधारमा चुम्दै भनेँ, ‘किन बिहे ग-यौ ?’

ऊ केही बोलेन। मेरो ओठमा चुम्न थाल्यो। मैले आफूलाई रोक्न सकिनँ। म पनि उसलाई सघाउन थालेँ। मेरा ओठहरू उसको थुकमा लतपतिए।  हामी आफूलाई नियन्त्रण गर्न सकिरहेका थिएनौँ। मैले उसलाई भनेँ, ‘यहाँ होइन, जाऔँ मचानमा।’

म अगाडि गएँ। ऊ मेरो पछाडिपछाडि आयो। हामी मचानमा गयौँ। उसले मेरो ब्लाउजको तुना खोल्न थाल्यो। मैले आँखा बन्द गरेँ। बिस्तारै उसले मेरो घाँटीमा स्पर्श गर्दै मेरा स्तनहरू चलाउन थाल्यो, मेरो ब्लाउज फुकालेर पर फाल्यो। म निर्वस्त्र भएँ। वर्षौं वर्षको तृष्णामा अल्झिएकी मलाई कुनै नदी पाएजस्तो भएको थियो। आह ! उसको जिउ कति तातो। ऊ मेरो जिउमा खप्टियो। मेरो ओठमा ओठ राख्यो। उसको तातो सासमा माधुर्यको राग थियो। म अर्धचेत हुन थालेँ। उसले मेरा अंगअंग चलाउन थाल्यो। म अनौठो काउकुतीले छटपटाउन थालेँ। उसको जिउ मेरो जिउमा स्पर्श भइरहँदा मेरा अंग आनन्दमा पौडी खेलिरहेका थिए। म उसलाई यति कसेर समातेकी थिएँ कि ऊ स्वयम् आफूलाई उतेजित हुनबाट रोक्न सक्दैनथ्यो ।

मेरो नाङ्गो जिउमा खप्टिएर उसले मेरो जिउको कुना–कुनामा स्पर्श गर्न थाल्यो। मेरा पोटिला स्तनहरू उसको कसिएको छातीमा स्पर्श हुँदा उसले आफूलाई नियन्त्रण गर्न सकेन। मेरो निधारमा, गालामा, ओठमा, घाँटीमा, स्तनमा तारन्तार उसले चुम्न थाल्यो। अनौठो काउकुतीले मेरा जिउका नशा काम्न थाले। रक्तसञ्चार तीव्र गतिले बढ्यो। उसलाई कसेर समातेँ। आफ्ना पोटिला स्तनहरू उसको छातीमा टाँसे। ऊ पनि अनौठो छटपटीले आफ्नो  जिउ कुप्रो पार्दै आवेशमा आयो। मेरा स्तनहरू बेस्सरी हातले थिच्दै ओठमा ओठ राख्यो। मेरी आम्मै ! उसको जिउ कति गह्रौँ। मेरो जिउमा ऊ खप्टिएपछि सास फेर्न मलाई गारो भइरहेको थियो। मैले उसको आँखामा हेरेँ। उसको आँखा रातो थियो। मेरो सामीप्यताको अनुभव गर्न उसका आँखा हतारिएका थिए।

त्यहीवेला मलाई नरमाइलो लाग्यो। म आफ्नो लोग्नेलाई धोका दिइरहेकी छु भन्ने अनुभव मलाई भयो। दुखियालाई देखेर घीन लाग्यो। एकछिनका लागि सबै कुरा बिर्सेकी थिएँ, तर अब म सम्झिन थालेँ। अब ऊ मेरो मात्र होइन। उसले मलाई मात्र छोएको थिएन। आफ्नी स्वास्नीलाई पनि नाङ्गो बनाएर सबै थोक गरिसकेको थियो। छि ! त्यस्तो मान्छेसँग म यसरी दुई जिउ एक ज्यान भएर सामीप्यता अनुभव गर्नु ठीक होइन । उसलाई देखेर मलाई साह्रै रिस उठ्यो। घीन लाग्यो। उसका आँखा कस्ता घीन लाग्दा। योभन्दा अगाडि उसको आँखा मलाई कहिले त्यस्तो नराम्रो लागेको थिएन। उसले मेरो पेटिकोटको तुना खोल्दै थियो। मेरो जिउमा शक्ति पलाएर आयो। भए भरको ऊर्जा प्रयोग गर्दै मैले उसलाई बल लगाएर छेउमा पछारेँ। ऊ छेउमा लड्यो। उसको गालामा कसेर एक थप्पड लगाउँदै भनेँ, ‘हमरा नै छुब। जो अत से।’ (मलाई नछो। जा यहाँबाट।)

थुकले लतपतिएको ओठ उसले पुछ्दै भन्यो, ‘भौजी कथि भेलौ ?’ (भाउजू के भयो ?) मेरो रिसको सीमा थिएन। पर फालिएको ब्लाउज तानेर छाती छोपेँ। मचानबाट बाँसको भाटा हातमा बोकेर उसलाई हान्न खोज्दै भनेँ, ‘दुवै हातले लड्डु खान खोज्छस् हँ ? यहाँबाट जा नत्र टाउको फुटाइदिन्छु।’

म जङ्गिएको देखेर उसले हतारिँदै कमिज लगाउँदै मचानबाट ओर्लिंदै भन्यो, ‘यो साला पागल भइसकी।’ ऊ डराउँदै मचानबाट ओर्लेर थुकले भिजेको ओठ पुछ्दै  आफ्नो घरतिर गयो।

बाँसको भाटा मचानमा राखेँ। थुकले लतपतिएको जिउ पुछ्दै ब्लाउज र सारी लगाएँ। उसलाई धम्काएपछि मेरो छाती धाकले फुलिरहेको थियो। उसले स्पर्श गरेका कारण मलाई आफ्नै शरीरप्रति घीन लागिरहेको थियो। म तल ओर्लेँ। पम्पमा दुई बाल्टी पानी भरेर बाथरुममा छिरेँ। निर्वस्त्र भएर साबुनपानीले शरीर मिचेँ र पखालेँ। जिउ चोखो भएको अनुभव भयो। म नुहाएर निस्किँदा उनी बजारबाट तरकारी किनेर फर्किसकेका थिएँ। धन्य प्रभु ! उनले केही चाल पाएनन्।

बेलुकीको खाना पकाएँ। सबैले खाना खाए। म धेरै खुसी थिएँ। घरको सबै वस्तु मलाई राम्रो लाग्न थालेको थियो। सबै काम सकाएर म कोठामा गएँ। उनी थिएनन्। उनी बाआमासँग घर–व्यवहारको कुरा गर्दै थिए। उनी नभएको मौका छोपेर मैले दराज खोलेँ। दराजबाट उनले ल्याइदिएको सारी लगाएँ। ऐनामा हेर्दै कपाल कोरेँ। आँखामा गाजल, ओठमा लिपिस्टिक, सिउँदोभरि सिन्दुर र निधारमा रातो टीका लगाएँ। जुरोमा धागो बाँधेँ। ऐनामा हेर्दा खुसीले मेरो अनुहार धपक्क बलेको थियो। म नवदुलही जस्तै देखिएकी थिएँ। शृंगार गर्दै मैले दुखियासँग कहिले नभेट्ने निर्णय मनमनै लिइसकेकी थिएँ। त्यो मोरोदेखि मलाई घीन लाग्यो। त्यो कसैको लोग्ने बनिसकेको थियो। पहिलाको जस्तो ऊ मेरो मात्र थिएन। उसलाई आफ्नो जिउ अब कहिले नसुम्पिने हठमा म अडिएकी थिएँ।
म आफ्नो तन, मन सबै आफ्नो लोग्नेलाई मात्र समर्पित गर्ने निर्णय लिइसकेकी थिएँ। उनी कोठामा आए। उनी आएको देखेर मैले घुम्टो ओढेँ । मलाई बेहुलीको रूपमा सजिएको देखेर उनले ढोका बन्द गरे। बिहेको पहिलो रातझैँ म घुम्टो ओढेर पलङमा बसेँ। ‘आज म के देख्दै छु,’ मेरो घुम्टो उघार्दै उनले भनेँ, ‘राम्री देखिरहेकी छेस्। हेरी रहुँ लाग्छ तँलाई।’

मैले लाजले टाउको तल गाड्दै भनेँ, ‘तपाईंकै लागि राम्री बनेकी छु।’ मेरो चिउँडो माथि उठाउँदै उनले मेरो निधारमा चुमेँ। मैले आँखा बन्द गरेँ। उनले मेरो ओठ र गालामा चुम्न थालेँ। बिहेपछिको पहिलो रातमा म जति खुसी थिएँ, त्यति नै खुसी आज थिएँ । मैले उनलाई अँगालो हालेँ। उनले मलाई पनि कसेर अँगालोमा बाँधे । आह ! दुखियाको भन्दा मेरो श्रीमानको कसिएको जिउ। उनले स्पर्श गर्दा मलाई आज आफ्नो मान्छेको स्पर्शजस्तो लाग्यो। मैले उनको गालामा, ओठमा, छातीमा चुम्न थालेँ। उनले मेरो सारी फुकालेर भुँइमा फाले। ब्लाउज मात्र लगाएकाले मेरा स्तनहरू पुष्ट देखिएका थिए। मलाई लाज लाग्यो। दुवै अञ्जुलीले मैले छाती छोपेँ। उनले मेरा हात हटाउँदै मेरो छातीमा चुम्बन गर्दै ब्लाउज खोलेँ। मलाई पनि कहाँ छोप्नु थियो र आफ्ना दुई पोटिला स्तनहरू। लाज लागेको बहाना पो बनाएकी थिएँ। उनले मेरा स्तनहरूमा चुम्न थालेँ। मेरो मुटु जोरले ढुकढुकाउन थाल्यो। जिउका सबै तन्तुहरू चलमलाउन थालेँ। उनको स्पर्शले मैले संसार बिर्सें। उनले मेरो पेटिकोट खोले। उनको जिउ उफ ! कस्तो तातो। उनले मेरा सबै अंग चलाउन थाले। मेरो नाङ्गो जिउ निःसन्देह पलङमा थियो, तर म विभोर आनन्दमा चुर्लुम्मै डुबैकी थिएँ। उनी आफ्ना हातले मेरा हात बेस्मारी थिचे। मेरो जिउ लल्याकलुलुक्क भयो। उनको अगाडि म लाचार भएँ। उनलाई मैले सर्वस्व सुम्पेँ। उनी मेरो जिउमा खप्टिए। उनको र मेरो सास र जिउ एक भयो। हामी दुवैजना निर्वस्त्र भएर एकअर्काको जिउमा बेरियौँ।

प्रकाशित: ४ आश्विन २०७६ ०८:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App