१० आश्विन २०७७ शनिबार
अन्य

कविता

कविता

म भोकाएर रुदाँ तिमि खित्का छोडि हास्यौ
म प्रत्येक दिन सडकका यी गल्लीहरुमा
भोकाएर,चिच्चाएर छटपट्टि रहँदा
मानोको हैन मुठिको खोजिमा
फेसनको हैन सरीर ढाक्नेको खोजिमा
भौतारिरहँदा
मेरै मात्र खुट्टा तानन खोज्छन यी सत्रु भनौ कि मित्र भनाउदाहरु
म मेरै घाँटी निमोट्न खोज्छन यी पापीहरु,
स्वार्थीहरु
मेरो घरमा छोरो भोकाएको छ
श्रीमती सुत्केरी छ
आमा बिरामि हुनु भएको महिनौ दिन हुँदा
मैले मैलेछोरोको पेट भराउन सकिन
सुत्केरीको स्याहार गर्न सकिन
औषधीको अभावमा आमाको उपचार गर्न सकिन
यो कस्तो बिडम्बना फलामे डोरी समाएर वारपार गर्ने
कलिला सपनाहरुको ठेला फुटेका हत्केलाले ऐया ऐया गर्दै गर्दा उल्टै मलाई झपारे ।
मेरो अधिकार देउ
मेरो स्वतन्त्रता देउ
मेरो दुःखमा पेट मिचिमिचि हाँसेको रमाएको ।
तर अब सक्दिन म
धेरै पटक भन्यौ अब तिम्रो मुल्याङकन गर्नेछ
अनि थाहा पाउँछौ सबको सामु झुक्दा
अब याद गर बरु मर्न तयार छौं
तिमो सामु झुक्दैनौ ।

प्रकाशित: २४ फाल्गुन २०७५ १०:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App