७ वैशाख २०८१ शुक्रबार
अन्य

ख्वप अस्पताल भवन शिलान्यास

भक्तपुर नगरपालिकाले सञ्चालन गर्न लागेको ख्वप अस्पताल भवनको बिहीबार एक कार्यक्रमबीच शिलान्यास गरियो। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले अस्पताल भवनको शिलान्यास गरेका हुन्। नगरपालिकाले २५ शैश्याको अस्पताल भवन निर्माण थालेको हो। 

भक्तपुर नगरपालिका वडा नं. ९ च्याम्हासिंहस्थित नगरपालिको सञ्चालन गरिराखेको च्याम्हासिंह जनस्वास्थ्य केन्द्र नजिकै अस्पताल भवन बनाउन लागिएको हो। नगरपालिकाले गरेको जग्गा एकीकरण आयोजनाभित्रको भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड भवनको नजिकैको जग्गामा अस्पताल भवन बनाउन लागिएको हो। 

अस्पताल सात रोपनी क्षेत्रफलमा रहने जनाइएको छ। अस्पताल भवन निर्माणको लागि चालू आर्थिक वर्षमा नगरपालिकाले करिव १४ करोड बजेट छुट्याएको कार्यक्रममा बताइयो। अस्पताल सबै भवन तयारी हुनको लागि करिव ६० करोड रूपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ। 

अस्पताल भवन करिव साढे दुई वर्षभित्र बनाइसकेर तीन वर्षभित्र पूूर्ण रूपमा संचालनमा ल्याउने योजना राखिएको छ। देशभरका महानगरपालिका, उपमहानगरपालिका अनि नगरपालिकाहरूमध्ये भक्तपुरले पहिलो पटक अस्पताल सञ्चालनमा ल्याउन लागिएको दाबी नगरपालिकाको छ।

प्रकाशित: १० फाल्गुन २०७५ ०६:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App