१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

सरसफाई अभियानलाई संघसस्थाको साथ

काठमाडौं उपत्यकाको एउटा महत्वपूर्ण खण्ड ललितपुर चक्रपथ र ललितपुर महानगरलाई सरसफाइ तथा स्वच्छतामार्फत सुन्दर बनाउन ललितपुर ३ का सांसद पम्फा भुषाल र ललितपुर महानगरपालिकाका मेयर चिरिबावु महर्जन शनिबार झाडु लिएर सानेपा नख्खु खण्डको सडकमा निस्किँदा स्थानीय संघसंस्था, नागरिक समुदाय तथा सफाई क्षेत्रमा क्रियाशील संघसंस्थाले साथ दिएका थिए।

ललितपुर चक्रपथ सरसफाई तथा सुन्दरता अभियानको दोस्रो हप्ताको सरसफाई कार्यक्रम सांसद भुषाल, महानगरका मेयर महर्जन, प्रदेश सांसद राजकाजी महर्जन, महानगर उपप्रमुख गीता सत्याल, विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न सरसफाई सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरु र प्रहरीका विभिन्न युनिटको सहभागिता रहेको थियो। प्रतिष्ठित व्यक्तित्वहरुको सहभागितामा भएको अभियानमा क्रमशः स्थानीय सहभागिता बढ्ने क्रममा रहेको अभियान संयोजक लक्ष्मीप्रसाद गेलालले बताए।

अभियानले चक्रपथसँग जोडिएका घर पसल तथा औद्योगिक संघसंस्थाहरुलाई सचेत गर्दै सरसफाइ अभियानमा परिचालन गरिएको अभियानका सदस्य सचिव सशदेव राउतले जानकारी गराए । वागमती सफाइ अभियान, हनुमन्ते सफाइ अभियान, चक्रपथ सफाइ अभियानलगायतका विभिन्न अभियानहरुबाट प्रेरित भएर ललितपुरमा विगत लामो समयदेखि फोहोरमैलाको प्राविधिक व्यवस्थापनमा काम गर्दै आएका संघसंस्थाहरु मिलेर अभियानको सुरुवात गरेको अभियानमा संलग्न लक्ष्मीप्रसाद घिमिरेले बताए। दोस्रो दिनको सफाइ अभियानबाट ५ टन फोहोर संकलन गरिएको अभियन्ता तथा सिर्जनशील वातावरण केन्द्रका श्याम राउतले जानकारी दिए।

प्रकाशित: २१ माघ २०७५ ०६:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App