१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

विवाह गर्दा धर्म त्याग्नु पर्छ

नेपालगन्ज- विभिन्न समुदाय र धर्मका विभिन्न संस्कार छन् । विवाह गर्दा पनि आ–आफ्नो रीतिरिवाज र संस्कारबाट गरिन्छ । कुनै एक समुदायले अर्काे समुदायसँग विवाह गर्दा प्राय धर्ममा प्रवेश गर्ने वचन दिनु पर्दैन् । तर, सिख (सरदार) समुदायमा भने धर्म परिवर्तनको वाचन गर्नुपर्छ । यदि वचन दिइएन भने उक्त विवाह सम्भव छैन ।

सिख धर्म बाँकेका प्रवक्ता उत्तमसिंह सोडीका अनुसार सिख समुदायबीच मात्र विवाह गर्नुपर्ने प्रचलन छ । ‘यदि अरुको समुदायमा गए वा ल्याए आउनेले हाम्रो धर्ममा आउने वचन दिनुपर्छ,’ उनले भने, ‘यदि वचन दिइएन भने विवाह नै हुँदैन । उक्त चलन परम्परागत भएको उनको भनाइ छ । आफ्नै समुदायभित्र पनि विवाह गर्दा अनौठो चलन छ । घर वा गुरुद्वार जहाँ भए पनि गुरु ग्रन्थ साहिबको चार पटक परिक्रमा गर्नुपर्छ । उक्त साहिबको चार पटक परिक्रममा गरेपछि मात्र विवाह सम्पन्न हुन्छ । यसो नगरे परिवार अशान्त हुने धार्मिक विश्वास छ । ‘यसरी विवाह भएन भने घर वा गाउँमा क्षति हुन सक्छ,’ उनले भने, ‘दम्पतिको सुख, शान्ति, दीर्घायु र उज्ज्वल भविष्यका लागि यस्तो गरिन्छ ।’

धार्मिक संस्कारअनुसार धर्म गुरुले वाहे गुरु (मन्त्र) गराउने चलन छ । बाँकेमा लामो समयदेखि बसोबास गर्दै आएको यो समुदायमा पछिल्लो समय फरक समुदायसँग भागी विवाह गर्ने चलनसमेत बढ्दै गएको छ । भारतीय मूलबाट यो समुदाय १८४९ मा बाँके आएको बताइन्छ । थोरै मात्रामा बाँके आएको यो समुदाय अहिले पाँच हजारभन्दा बढीको बसोबास छ । यो समुदायको केही रीतिरिवाज हिन्दू धर्मसँग मिल्दोजुल्दो छ । जुनसुकै समुदाय वा धर्मका लागि एउटा सन्तुलित जीवन जिउन र सामाजिक प्रक्रिया जान्नका निमित्त आवश्यक एवं महत्वपूर्ण चीज नै विवाह मानिन्छ । विभिन्न जातजाति र सामुदायको बसोबास रहेको बाँकेमा विभिन्न संस्कारले विवाह हुन्छन् । 

यस्तै मुस्लिम समुदायमा भने केही खुकुलो छ । मुस्लिम समुदाय भन्दा बाहिरको सँग विवाह गर्दा धर्म त्याग्नु पर्ने वा प्रवेश गर्नुपर्ने बाध्यकारी व्यवस्था छैन । नेपालगन्जका धर्म गुरु सगिर खानका अनुसार केटा र केटी पक्षबीच सहमतिपश्चात् विवाह हुन्छ ।

मस्जिद वा घरमा धर्मगुरुले कल्मा ग्रन्थ पढाउँछन् । उक्त ग्रन्थपश्चात् गुरुले एग्री गराउने चलन छ । केटा केटीबीच सहमतिमा विवाह भएको हो वा होइन भन्ने सोधपुछ गर्नुलाई एग्री गराउने भनिन्छ । केटा केटी दुवैलाई गुरुले तीन पटकसम्म यस्तो प्रश्न सोध्ने गर्छन् । तीन प्रश्नको जवाफ आएपछि विवाह हुने धर्म गुरु खानले बताए । उनका अनुसार पछिल्लो समय भागी विवाहसमेत बढ्दै गएको छ । भागी विवाहले समुदायको संस्कार बिगार्न खोजेको मोहम्मद रम्जानले बताए । खानपिनमा भने यो समुदायले ठूलो राशि खर्च गर्ने गर्छन् । मैले पनि खाएँ र अरुलाई पनि खुवाउनु पर्छ भन्ने यो समुदायको भनाइ छ ।

प्रकाशित: २७ मंसिर २०७५ १४:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App