१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

‘हरेक मान्छे आफ्नो ‘डाक्टर’ आफै बन्नुपर्छ’

डा. उमेश श्रेष्ठ, संस्थापक, प्रकृतिप्रेमी समूह

प्रकृतिप्रेमी समूह के हो, यसको स्थापना कसरी भएको थियो ?
हरेक मानिस निरोग–आनन्द चाहन्छ। प्रवृतिमा मानिस निरोग–आनन्दित रहन उचित आहार, विहार र विचार (उआविवि)को व्यवस्था छ। यस्तो। दाहुँदै पनि मानिस अप्राकृतिक आहार, विहार र विचार गरेर रोग एवं दुःखको जालोमा फसिरहेका छन्। यही अवस्था तोड्न आफैं उचित आहार, विहार र विचार तथा निरोग–आनन्दको उदाहरण भई समाजलाई निरोगी हुन सहयोग पु-याउन हामीले समूह स्थापना गरेका हौं। मित्रहरू रामवृष्ण श्रेष्ठ, श्याम डंगोल र भक्त बराइली सहितको सक्रियतामा ०५८ भदौमा संस्था स्थापना गरेसँगै उआविवि अपनाई आफ्नो स्वास्थ्य आफ्नै हातमा लिन परामर्श–प्रशिक्षण लगायत कार्यक्रम सुरु ग-यौं। पछि ०५९ साउन ६ गते समूहलाई औपचारिक रुपमा दर्ता ग-यौं।

तपाईंहरू निरोगी रहन परामर्श दिँदै आउनुभएको छ, यसलाई प्राकृतिक उपचार भन्न मिल्छ कि मिल्दैन ?
हामीले गरिरहेको कामलाई चलनचल्तीको प्रावृmतिक उपचार भन्न मिल्दैन। चल्तीको प्राकृतिक उपचार भनेको कि त उपचारको पेशा, व्यवसाय र व्यापार हो। हामी आफ्नो स्वास्थ्यको हेरविचार आफैं गर्छौं, आफैं उचित आहार, विहार र विचार अपनाउ“छौं र निरोग–आनन्दित रहन्छौं। स्वास्थ्यमा कुनै समस्या आए उचित आहार, विहार र विचारका सरल साधन अपनाएरै समाधान गर्छौं। हामी आफ्नो डाक्टर आफैं बन्नुपर्छ। उचित आहार, विहार र विचार गरेपछि जीर्ण रोगबाट समेत मुक्त हुन सकिन्छ। हामी उचित आहार, विहार र विचार गर्न प्रेरित गछौं, आफैं व्यवहारिक उदाहरण बनी आपसमा सहयोग गर्छौं। अरुले गरिदिने ‘उपचार’ ले उपचारको पेसा, व्यवसाय र व्यापार त फस्टाउ“छ। तर, मानिस निरोगी हुन सक्दैन भन्ने हाम्रो बुझाई छ। निरोगी हुन आफ्नो स्वास्थ्यको जिम्मा आफैंले लिनुपर्छ।

चलनचल्तीको प्रावृतिक उपचार/प्रावृतिक चिकित्सा/नेचुरोेपेथी भनेको एउटा निश्चित मान्यताको घेरामा बा“धिएको उपचार पेथी हो। तर, हाम्रो काम कुनै पनि उपचारपेथीमा बाँधिएको छैन। हाम्रा निजी मत–मान्यता छैनन्, शरीरसम्बन्धी प्रकृतिका सर्वव्यापी नियम नै हाम्रा गतिविधिका आधार हुन्। र, आफ्नै शरीर त्यसको मापदण्ड हो।

आहारमा अन्न र मांस पदार्थको सट्टा तरकारी र सलाद फलफूलको मात्रा बढाउने काम गरेमा शरीरलाई चाहिने सबैखाले पौष्टिक पदार्थ पुग्ने कुरा आधुनिक रसायनिक विष्लेषणबाट पनि देखिएको छ। शरीरलाई चाहिने सबैखाले पौष्टिक पदार्थहरु प्राप्त हुने हुँदा आहारमा एक भाग पूर्ण अन्न, एक भाग हरिया तरकारी र एक भाग काँचै खान मिल्ने सलाद फलफूलसहित तीन बराबर आहारको अवधारणा अगाडि ल्याइएको हो।

तपाइँहरूले  ‘आस्वा आहा र उआविवि अभियान’ चलाइरहनुभएको छ, यसबारे प्रष्ट पारिदिनुस् न ?
‘आस्वा आहा र उआविवि अभियान’ भनेको हरेक व्यक्तिलाई आफैंले आफैंलाई पत्याउने, स्वतन्त्र, आत्मनिर्भर बन्न सघाउने अभियान हो। आफैंले आफैंलाई पत्याउने, आफैंप्रति बेइमानी नगर्ने, स्वतन्त्र र आत्मनिर्भर बनेमा शरीर र मनमा निरोग–आनन्दले बास गर्छ। ‘आस्वा आहा’को अर्थ ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ हो भने उआविवि भनेकोे ‘उचित आहार, विहार र विचार’ हो। निरोग–आनन्दित रहन आस्वा आहा र उआविवि नै एक मात्र बाटो हो। आहारमा खाने–पिउने कुरा पर्छन् भने विहारमा शरीरले गर्ने गतिविधि। अनि विचार भन्नले मन/दिमागले गर्ने सबै गतिविधि हुन्। यी तीन कामले शरीरलाई कि सजिलो हुन्छ कि असजिलो हुन्छ। यसैले उचित र ‘अनुचित छुट्टयाउने मापदण्ड शरीर हो। जुन आहार, विहार र विचार गर्दा शरीरलाई असजिलो हुँदैन, भइरहेको असजिलो पनि कम हुँदै सजिलो हुन्छ, त्यस्तो आहार, विहार र विचार उचित हुन्छ।  

तपार्इ ‘तीन बराबर आहार’ सुत्रका प्रणेता पनि हुनुहुन्छ, के हो तीन बराबर आहार भनेको ? यसबाट के फाइदा हुन्छ ?  
तीन बराबर आहार भनेको हामीले खाने कूल खानामा सरदरमा एक भाग अन्न, एक भाग हरियो तरकारी र एक भाग काँचै खान मिल्ने सलाद–फलफूल हो। प्रवृतिका अन्य सबै जीव–जन्तुले काँचै खाने चलन छ। प्रवृतिको व्यवस्था अनुसार काँचै खान मिल्ने हो। तर, मानिसले हजारौं वर्षदेखि पकाएर खाँदै आएको छ। आजकाल पकाएर पनि खाने, त्यसमाथि अन्न, मासु र दुग्ध पदार्थ बढी खाने चलन भएकाले मानिस रोगी भएका छन्। यो अवस्थाबाट मुक्त हुन आहारमा अन्न र मांस पदार्थको सट्टा तरकारी र सलाद फलफूलको मात्रा बढाउने काम गरेमा शरीरलाई चाहिने सबैखाले पौष्टिक पदार्थ पुग्ने कुरा आधुनिक रसायनिक विष्लेषणबाट पनि देखिएको छ। शरीरलाई चाहिने सबैखाले पौष्टिक पदार्थहरू प्राप्त हुने हुँदा आहारमा एक भाग पूर्ण अन्न, एक भाग हरिया तरकारी र एक भाग काँचै खान मिल्ने सलाद फलफूलसहित तीन बराबर आहारको अवधारणा अगाडि ल्याइएको हो। यस्तो आहारमा अनावश्यक क्यालोरी र चिल्लो नहुने हुँदा मानिस बढी मोटाउने सम्भावना हुँदैन र मोटोपनबाट उत्पन्न हुने सबै खाले रोगबाट बचिन्छ, लागेका रोग पनि कम हुँदै जान्छ। यस्तो आहारमा आधुनिक रासायनिक विश्लेषण अनुसार भिटामिन्स र मिनरलहरू पनि आवश्यकता अनुसार हुनेहुँदा अधिकांश रोगबाट मुक्त रहन सहयोग पुग्छ।  

बजारमा बिषादी प्रयोग गरिएका तरकारी र फलफूलको बिगबिगी छ, यस्तो बेलामा ‘तीन बराबर आहार’ गर्दा समस्या हुँदैन ?
हो, आजकाल खेतीमा रासायनिक मल र बिषादी प्रयोग गर्ने चलन बढेको छ। त्यसो नगरी कृषि उत्पादन गर्न सके राम्रो हो। फेरि अर्गानिक उपज खाँदैमा मानिस स्वतः निरोगी रहन्छ भनि बुझ्नु पनि गलत हुन्छ। अर्गानिक भए पनि खानाको मात्रा, गुण, अनुपात, खाने तरीका मिलेन भने त्यसबाट रोग लागिहाल्छ।

समाजमा प्रचलित रोगमध्ये अधिकांश रोगहरू (मोटोपन, सगुर, प्रेसर, बाथ, दम, मुटुरोग, उच्च रक्तचाप, थाइराइड, पेट–कलेजोका रोग, किड्नी रोग आदि) खानाको मात्रा, गुण, अनुपात र खाने तरीका नमिलेर भएका देखिन्छ। बिषादी प्रयोगले भएका रोग नगन्य मात्र भएका देखिन्छन्। त्यसैले तरकारी–फलफूल नखानुभन्दा राम्रोस“ग सफा गरेर मात्रा, गुण, अनुपात र खाने तरीका मिलाएर खाएमा बजारका प्रचलित आहार खाए पनि आधारभूतरूपमा स्वस्थ रहन सकिने देखिन्छ। विषादी प्रयोग गर्दा निश्चित दिनसम्म खान नहुने सीमा तोकिएको हुन्छ र त्यो सीमा पार भएपछि खानयोग्य भनिन्छ, त्यसैले रासायनिक मल र विषादी प्रयोग हुँदैमा खानै नहुने भनि बुझ्नु पनि गलत हुन्छ। यो सम्पूर्ण संसारै सबै रसायन नै रसायन हो। हाम्रो शरीर पनि रसायनबाटै बनेको छ। रासायनिक मल र विषादीजन्य समस्याभन्दा मेरो अनुमानमा आजकाल स्वास्थ्य समस्यामा रसायनिक औषधी प्रयोगबाट दीर्घ–जीर्ण रोगहरू व्यापक हुन सहयोग भइरहेको हो। त्यसैले उचित आहार, विहार र विचारका सरल विधि अपनाउने हो भने दीर्घ–जीर्ण रोगहरूले व्यापकता लिन नपाउने मात्र होइन कि त्यस्ता रोग उत्पन्न नै हुन पाउने छैन।

तपार्इरूले लामो समयदेखि हाइकिङ/ट्रेकिङ गराउँदै आउनुभएको छ, यो स्वस्थ पर्यटन प्रवद्र्धन अभियानले कस्तो प्रभाव कस्तो पारेको छ ?
संस्थाको स्थापनाकालदेखि स–सानो रूपमा र ०६३ देखि हरेक महिनाको चौथो शनिबार हामीले काठमाडौं वरपरका डाँडामा र बेलाबेलामा देशका विभिन्न भागमा आफ्ना सदस्यहरूलाई पदयात्रा गराइरहेका छौं। हामी व्यावसायिक रूपमा पदयात्रा गराउँदैनौं। हामीले पदयात्रा गराउनुमा दुइटा उद्देश्य छन्। एउटा, खुट्टा र फोक्सोको क्षमता बढाई शरीरलाई स्वस्थ र बलियो बनाउनु। अर्को, स्वस्थ आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु। यी दुवै उद्देश्य पूर्ति गर्नमा हाम्रो अभियानले सघाउ पु-याएको छ। हिँड्नै नसक्ने मानिसहरू पनि समूहको सदस्य भएर डाँडाकाँडा हिँड्न सक्ने भएका छन्। हाम्रो पदयात्रा देखेर, सिकेर अरुले पनि आ–आफ्नै किसिमले पदयात्रा गरिरहेका छन्।

तपाइर्“हरूले ललितपुरको दलचोकीमा ‘निरोग–आनन्दधाम’ बनाउनुभएको छ, त्यहा“ के–कस्तो अभ्यास गरिन्छ ?
दलचोकीमा हामीले आफ्नै सदस्यहरूको आर्थिक–भौतिक सहभागितामा पहिलो ‘निरोग–आनन्दधाम’ बनाएका छौं। निरोग–आनन्दधाम प्रवृmति प्रेमी समूहका सदस्यहरूले उचित आहार, विहार र विचारको व्यावहारिक स्वअध्ययन–स्वअभ्यास गर्ने आवासीय स्थल तथा सा“चो ध्यान केन्द्र हो। निरोग आनन्द चाहने सबैलाई हामी सधैं स्वागत गर्छौं।

मुलुकभर निरोगधामलाई फैलाउने योजना छैन ?
संसारका सबै मानिस निरोग–आनन्दित होउन्। यस उद्देश्य परिपूर्तिका लागि हामीले  ‘घरघरमा आ. डा. (आफ्नो डाक्टर/आफैं डाक्टर), टोलटोलमा योग–व्यायामशाला’ अभियान ल्याएका छौं। घरघरमा आफ्नो स्वास्थ्य हेरविचार आपैmं गर्ने, आफ्नो डाक्टर आफैं हुने अवस्था सिर्जना गराउन सके हरेक घर नै निरोगधाम बन्नेछ। उपचारको पेसा, व्यवसाय र व्यापार गर्ने ठाउ“का रूपमा होइन कि यसप्रकार निरोगधाम फैलाउने उद्देश्य छ। यसतर्फ हामी केन्द्रित छौं।  

आस्वा आहा र उआविवि अभियानलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने देखिन्छ नि ?
यसको दायरा फराकिलो हुँदै जाने क्रममा अन्तर्राष्ट्रियकरण हुँदै जानेछ। संचार माध्यमहरूले यसमा जति रुचि बढाउ“दै जानेछन् त्यति नै यस विषय अन्तर्राष्ट्रियकरण हुँदै जानेछ। राज्यबाट यस विषयमा कुरा बुझ्ने काम जति छिटो हुनेछ त्यति नै छिटो यस अभियानको अन्तर्राष्ट्रियकरण हुनेछ। मानिसले खोजेजस्तो निरोग–आनन्द साकार गर्नलाई यस अभियानले महा–जनअभियानको रूप लिनु जरुरी छ। यसमा संचार माध्यमको ठूलो सहयोग चाहिन्छ।

राजनीति छाडेर स्वास्थ्य आन्दोलनमा होमिनुभएको छ, तपार्इहरूले सोचेजस्तै सफलता मिलिरहेको छ ?
हो, आफू अघि पर्न अरुलाई पछि पार्नुपर्ने, आफू राम्रो देखिन अरुलाई गाली गर्नुपर्ने, तँछाड–मछाड गर्नुपर्ने, कसैको खुट्टा ताक्नु पर्ने र कसैको टाउको थिच्नुपर्ने, तिकडमबाजी गर्नुपर्ने राजनीतिबाट म अलग भएको ।। त्यस्तो राजनीति रहेसम्म न आफ्नो सच्चा कल्याण हुन्छ, न जनताको। हाम्रो आस्वा आहा र उआविवि अभियान त्यस्ता सबैखाले तँछाड–मछाड, घातप्रतिघात, प्रतिस्पर्धा र द्वन्द्वबाटमुक्त सर्वकल्याणकारी काम हो। यस काममा प्रतिस्पर्धी निस्केला र पछि परौंला भनि कहिल्यै चिन्ता गर्नुपर्दैन। हामीले गरेको काम जसले गरे पनि उसकै कल्याण हुने हो। मानिस त्यसरी राम्रो काम गर्न प्रेरित भए भने हामीलाई पनि राम्रै हुन्छ, अरुलाई पनि राम्रै हुन्छ। खाना खाएर पनि पेट नअघाउन सम्भव नभएजस्तै  हाम्रो अभियान  असफल हुन सम्भवै छैन। ‘आस्वा आहा, उआविवि’लाई दैनिक व्यवहारमा लागू गर्दै जाने हो भने संसारभर सर्वकल्याणकारी राजनीति, कसैले कसैको विरोध गर्नु नपर्ने राजनीति, सा“चो राजनीतिको उदय हुनेछ र एक दिन कसैले कसैमाथि शासन गर्नु नपर्ने जनताको स्वशासन लागू हुनेछ र सबै मानिस आपसमा सहयोगी भई आनन्दपूर्वक जीवनयापन गर्ने दिन आउनेछ।

प्रकाशित: १५ मंसिर २०७५ ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App