२ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

शंखमुल घाटमा एनआरएनद्वारा पार्क निर्माण

काठमाडौं – गैरआवाशीय नेपाली संघले ललितपुरको शंखमुल घाटमा पार्क निर्माण सम्पन्न गरेको छ । गैरआवासीय नेपाली संघ दिवसको अवशरमा बिहीबार एक समारोहकाबीच संघका अध्यक्ष भवन भट्टले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई उक्त पार्क हस्तान्तरण गरेका हुन्।

संघका उपाध्यक्ष एवं पार्क निर्माण समितिका संयोजक कुल आचार्यका अनुसार संघले साढे तीन करोडको लागतमा ३२ रोपनी जग्गामा फैलिएको पार्क निर्माण गरेको हो।

संघका उपाध्यक्ष एवं निर्माण समितिका संयोजक आचार्यले शंकमुलबाट बाग्मती ब्युँताउने कामको सुरुवात भएको बताए । उनले २०१४ मै पार्क निर्माणको विषयमा सम्झौता भए पनि भूकम्प, नाकावन्दीका आदिका कारण ढिलाई हुन गएको बताए।

उपत्यकामा व्यवस्थित खुला ठाउँको अभाव भइरहेको बेलामा शंखमुलमा निर्माण भएको पार्क वच्चा, युगल जोडी, वृद्धवृद्धागायत सवैका लागि मनोरन्जन लिन र घुमफिरको ठाउँ बन्न सक्ने आचार्यले बताए । ‘खुला ठाउँको अभाव भइरहेको बेला युवा, बालबच्चा, वृद्धा सवैले पार्कमा समय बिताएर मनोरन्जन लिन सक्नुहुनेछ,’ उनले भने, ‘संसारका विभिन्न देशमा रहेका नेपालीहरूको चन्दा सहयोगबाट उक्त पार्क निर्माण भएको हो।’

आचार्यले पूर्वमुख्यसचिव लीलामणि पौडेलको उत्प्रेरणामा संघले पार्क निर्माण गरेको समेत जानकारी दिए।

संसारका विभिन्न देशमा छरिएका नेपालीहरूबाट चन्दा उठाएर संघले पार्क निर्माण गरेको हो । पार्कमा वर पीपल, स्वामी, रुद्राक्ष लगायतका महत्वपूर्ण बिरुवा रोपिनुका साथै विभिन्न जातिका फूलहरूसमेत रोपिएको छ । पार्कमा बालवच्चाका लागि मनोरन्जन गर्ने ठाउँका अतिरिक्त पानी पर्दा ओत लाग्ने ठाउँ, बस्ने ठाउँहरू आधुनिक तरिकाले निर्माण गरिएको पार्कमा बालवच्चाका लागि मनोरन्जन गर्ने ठाउँका अतिरिक्त पानी पर्दा ओत लाग्ने ठाउँ, बस्ने ठाउँहरू आधुनिक तरिकाले निर्माण गरिएको छ।

पार्क हस्तान्तरण समारोहमा बोल्दै संघका पूर्वअध्यक्ष जीवा लामिछानेले पार्क निर्माण मात्रै नभई त्यसको संरक्षण पनि उत्तिकै चुनौतीपूर्ण भएकाले यसको संरक्षण गर्ने दायित्व सवैको भएको बताए।

कार्यक्रममा बोल्दै सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले सरकारले पुराना संस्कृति सम्वद्र्धनलाई प्राथमिकतामा राखेको बताउँदै कला संस्कृतिको संरक्षणको साथसाथै नयाँ पूर्वाधारहरू निर्माण गर्दै जाने बताए । उनले देशमा स्थायी सरकार भएकाले स्वदेशमा लगानी गर्न र विकासमा योगदान गर्न र सामाजिक कार्यका दायर बढाउन समेत गैरआवासीय नेपाली संघलाई आह्वान समेत गरे।

ललितपुर महानगरपालिकाका मेयर महर्जनले सहरमा हरियाली कायम गर्ने प्राथमिकता समेत भएकाले संघले निर्माण गरेको पार्क संरक्षण गर्ने कामलाई आफ्नो दायित्व भएको भएको बताए । उनले सहरमा विकास निर्माणका साथै कला संस्कृतिको संरक्षण र संवद्र्धन गर्नु चुनौती रहेको बताए । उनले सार्वजनिक खरिद ऐनमा भएको प्रावधानको कारण सस्तोमा ठेक्का हाल्नेलाई ठेक्का दिनुपर्ने बाध्यताले राम्रोसँग पूर्वाधार निर्माण हुन नसकेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए।

प्रकाशित: २६ आश्विन २०७५ ०३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App