१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

पोलेको मकै

झमझम पानी परिरहेको थियो । रुद्रमती खोलामा बाढीको तह बढ्दै थियो । विमला दिदी सधैँझैँ खोलाको डिलमा बसेर मकै पोलिरहेकी थिइन् । वरिपरिका स्कुलका विद्यार्थीहरू घर फर्किदै थिए। 

‘आन्टी, मलाई एक घोगा मकै दिनुस् न । आज मलार्ई धेरै भोक लागेको छ ।’ प्रज्ञाले छातामा ओतिँदै भनिन् ।

‘प्रज्ञा, तिमीलाई पोलेको मकै मात्रै मन पर्छ । तिमीलाई  चाउमिन, मम, बिस्कुट, चकलेट मन पर्दैन ?’ चाँदनीले खिसी गर्दै भनिन्।

‘हो त नि, मलाई पोलेको मकै निकै मन पर्छ ।’ प्रज्ञाले खुसी हुँदै सुनाइन् । चाँदनीले खिसी गरेको बुझेर यो कुरा बोलेकी थिइन् । प्रज्ञाले अझै थप्दै भनिन् ‘मकै भनेको नेपालीको महत्वपूर्ण खाना हो । नेपाल गाउँ नै गाउँले भरिएको छ । गाउँमा केको मम, चाउमिन पाउनु नि ?’ प्रज्ञाको पछिल्लो कुराले चाँदनीलाई झनै ईष्र्यालु बनायो।

एकदिन हरि अंकल नातिनी लिएर फर्कँदै गर्दा चाँदनी र प्रज्ञालाई भेट्नुभयो। चाँदनीले निकै मिठो मानेर पोलेको खाँदै थिइन्। अंकलले सोध्नुभयो ‘हैन, चाँदनीले पनि पोलेको मकै खान थालेकी?’

‘प्रज्ञा, मलाई पोलेको मकै मन पर्दैन । अस्ति एकचोटि पोलेको मकै खाएकी थिएँ । मेरो हात घिनलाग्दो भएको थियो । पेट पनि दुख्यो । म त चाउमिन, मम र बिस्कुट नै खान्छु धेरैजसो ।’ चाँदनीले आफ्नो घमण्ड देखाइन।

फेरि थप्दै भनिन्, ‘हुन त मम, चाउमिन महङ्गो छ । किन्नलाई तिमीसँग पैसा छैन । पैसै नभएपछि हात फोहोर पारेरै भए पनि मकै खानै प-यो नि होइन प्रज्ञा?’

चाँदनीको व्यङ्ग्यले प्रज्ञालाई खासै प्रभाव परेन । मनमनै सोचिन्, ‘प्रज्ञा निकै घमण्डी छिन् । ठिकै छ, यिनको आफ्नो घमण्डले नै यिनलाई एकदिन जवाफ दिनेछ।’

चाँदनीले एक घोगा मकै प्याट्ट भाँचेर दिँदै भनिन्, ‘चाँदनी, आज तिमी पनि मकै खाऊ है । स्वास्थ्यका लागि मकै राम्रो हो । यो सस्तो पनि छ । पैसा छ भन्दैमा जे पायो त्यहीमा खर्च गर्नुहुँदैन । बरु बचेको पैसाले अरू कुनै राम्रो काम गर्न सकिन्छ।

‘मलाई मकै पटक्कै मन पर्दैन । खालि किन ढिपी मात्रै गछ्र्यौ ?’ चाँदनीले रिसाउँदै भनिन्।

प्रज्ञाले मकै छोडाएर दिँदै भनिन्, ‘लु, धेरै नखाएपनि एक मुठी त खाऊ।’

चाँदनीले छ्वार्र मकै फाल्दै भनिन्, ‘हेर न, कति एकोहोरिएकी !’ प्रज्ञाले चाँदनीको घमण्ड अहिले राम्ररी देखिन् । चाँदनीले यति धेरै अपमान गर्न सक्छिन् भन्ने प्रज्ञालाई लागेको थिएन । स्कुलबाट फर्किरहेका साथीहरूले समेत देखे। प्रज्ञालाई लाज लाग्यो।

‘के भयो प्रज्ञा ? चाँदनी तिमीसित किन रिसाएकी रहिछ ?’ नातिनी लिएर फर्किदै गरेका हरि अवस्थी अंकलले सोध्नुभयो।

‘अंकल, मैले चाँदनीलाई पोलेको दिएकी, उनले मकै छरछार पारिदिइन् । उनलाई मकै पर्दैन रे ।’ प्रज्ञाले भनिन्।

‘प्रज्ञा, उनले नखाए पनि त्यसरी फाल्नुचाहिँ हुँदैनथ्यो, ‘हेर नानी हो ! तिमीहरू यो मकैलाई हेला गर्छौ । तर यो खाजा धेरै लाभदायक छ । स्वास्थ्यका लागि लाभदायक खानेकुरा नखाएर तिमीहरू जङ्क फुड मन पराउँछौ।’

चाँदनीले भनिन् ‘अंकल यो जङ्क फुड भनेको के हो नि?’

हरि अंकलले भन्नुभयो ‘बिस्कुट, चाउचाउ, चक्लेट, मम, चाउमिन सबै जङ्क फुड नै हो । विशेष गरी यी खाना पाकेटमा राखिएको हुन्छ । लामो समय पाकेट राखिएको हुनाले खाना बिग्रिसकेको हुन्छ । त्यसमाथि यी खानामा खानै नहुने खालका रसायन मिसाइएको हुन्छ । त्यसैले यी खानालाई जङ्क फुड भनिएको हो नानी । अब तिमी पनि यस्तो खानेकुरा छाडेर प्रज्ञाले जस्तै मकै खाजा खान सिक।’

हरि अंकलले उपदेश दिनुभयो । तर चाँदनीलाई राम्रो लागेन । प्रज्ञा निकै खुसी भइन्।

केही दिनपछि चाँदनी बिरामी परिन् । कान्ति बालअस्पताल पुगेपछि उसलाई जन्डिस भएको थाहा भयो । दाँत पनि किरा लागेर प्वाल परिसकेको रहेछ । डाक्टरहरूले अस्वस्थ खानेकुराले यस्तो हुने कुरा बताउनुभयो।

केही दिनको उपचारपछि चाँदनी फेरि स्कुल जान थालिन् । उनलाई खानेकुराको लापरबाहीले नै मलाई यो रोग लागेको हो भन्ने परिरहेको थियो । अब उनलाई प्रज्ञाको जस्तै पोलेको मकै, ताजा खानेकुरा र सफा खानेकुरा मात्र खान मन लाग्न थाल्यो । उनीहरू दिनदिनै सँगै हिँड्न र खानेकुरा खान थाले।

एकदिन हरि अंकल नातिनी लिएर फर्कँदै गर्दा चाँदनी र प्रज्ञालाई भेट्नुभयो । चाँदनीले निकै मिठो मानेर पोलेको खाँदै थिइन् । अंकलले सोध्नुभयो ‘हैन, चाँदनीले पनि पोलेको मकै खान थालेकी?’

चाँदनीले पनि सबै कुरा खुलस्त बताइन् । खानेकुरामा लापरवाही गर्दा दाँत बिग्रेको र जन्डिस भएको कुरा सुनाइन् । प्रज्ञाले भनेको कुरा नमानेको र अंकलको अर्ती नसुनेकोमा दुखित भइन् । चाँदनीको कुराले हरि अंकल पनि खुसी हुनुभयो।

‘त्यसैले पो केही दिनदेखि तिमीलाई नदेखेको रहेछु । तिमीलाई सन्चो हुँदै रहेछ । म धेरै खुसी भएको छु । तिमीहरू दुवैलाई बधाई ।’ अवस्थी अंकलले खुसी हुँदै भन्नुभयो।

‘अब म पोलेको मकै र ताजा फलफूल खाने गर्छु । सधैँ खानपानमा ध्यान दिन्छु । एकचोटि मैले प्रज्ञाले दिएको मकै फालिदिएकी थिएँ। मलाई अहिले पछुतो लागेको छ । म प्रज्ञादेखि धेरै खुसी छु ।’ चाँदनीले हरि अवस्थी अंकललाई सबै कुरा सुनाइन् ।

नानीहरूको बानी सुध्रिएकोमा हरि अंकलले खुसी हुँदै स्टेसनरीबाट राम्रा एक/एक दर्जन कापी किनेर दिनुभयो  । उहाँले खुसी हुँदै भन्नुभयो, ‘प्रज्ञा र चाँदनी दुवैलाई बधाई छ । साथीसाथी भएपछि यसरी नै मिल्नु पर्छ।’

चाँदनीले फुरुङ्ग हुँदै भनिन्, ‘थ्याङ्कस् फर गिफ्ट अंकल  !’ नानीहरूको अनुहार खुसीले उज्ज्यालो भयो । अंकल पनि मुसुक्क हाँस्दै बाटो लाग्नुभयो।

प्रकाशित: २ भाद्र २०७५ ०५:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App