अर्काका देशबाट दुर्लभ मूर्ति र सामग्री चोरेर आफूलाई समृद्ध बनाएको आरोप लागिरहेको बेला बेलायतस्थित एउटा म्युजियमले सन् २०२५ को यूरोपियन म्युजियम अफ दि इयर उपाधि पाएको छ। बेलायतको म्यान्चेस्टर म्युजियमले सो उपाधि हालै प्राप्त गरेको हो।
यो म्युजियमले हाल एउटा मम्मी प्रदर्शनीमा राखेको छ। मिश्रबासीहरूले ठूलाठालु व्यक्तिहरूको मृत्यु हुँदा तिनलाई शरीर नगल्ने गरी विभिन्न रसायनहरू प्रयोग गरी कपडामा बेरेर राख्ने गरिन्छ। यो प्रक्रियालाई मम्मीकरण भनिन्छ।
२७ सय वर्षअघि थेब्स भन्ने ठाउँमा सत्गत् गरिएकी आर्सु नामक महिलाको मम्मी दुई सय वर्षअघि फेला पारी बेलायत पुर्याइएको थियो। सो मम्मीलाई हाल म्यान्चेस्टर म्युजियमले प्रदर्शनीमा राखेको छ। म्युजियमले सो मम्मी छेउमा हालै एउटा सूचना राखेको छ। सूचनाले भनेको छ, ‘अझै पनि आर्सुको शरीर यसरी नै प्रदर्शनीमा जारी राखिनु पर्छ भन्ने लाग्छ?’
सन् १८२५ मा म्यानचेस्टर नेचुरल हिस्ट्री सोसाइटीमा यो मम्मी आइपुगेको थियो। दुई शताब्दी यता यो मम्मी नियमित प्रदर्शनीमा राखिएको छ।
साम्राज्यवादी नीति र संसारभर फैलिएको बेलायती साम्राज्यले बेलायतमा रहेका म्युजियमहरूले निकै ठूलो फाइदा उठाइरहेका छन्। दास बेचविखनबाट पनि बेलायतले मनग्य कमाएको थियो। अचेल भने यस्ता सामग्रीहरूको प्रदर्शनीलाई केहीले साम्राज्य विस्तारका बेला गरिएको डकैतीका रूपमा लिनेहरू धेरै छन्। त्यसैले म्युजियमले यस्ता मम्मी र अन्य सामग्रीहरू प्रदर्शनीमा राखिरहनु उचित हुन्छ कि हुँदैन भन्ने नैतिक प्रश्नसँग जुझिरहेका छन्।
गएको मार्च महिनामा बेलायती संसदमा यस्ता सामग्रीहरू प्रदर्शनीमा राख्नु भनेको सूर्य अस्त नहुने साम्राज्यको याद दिलाउनु भन्दै आचालोचना भएको थियो। आर्सुको ६० वर्षको उमेरमा मृत्यु भएको थियो। उनका बुवाको नाम पा कुश थियो। उनी हालको सुडानको उच्च व्यक्ति थिए भनी उनको यही मम्मी राखिएको काठे बाकसमा लेखिएको छ।
प्रस्तुति: अच्युत कोइराला
प्रकाशित: १७ असार २०८२ ०९:१४ मंगलबार