१४ पुस २०८२ सोमबार
image/svg+xml
अन्य

चुल्होबाट सल्किँदा आगलागी, तीन लाख बढीको क्षति

सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ सेम्बुङमा आज आगलागी हुँदा तीन लाख रुपैयाँ बढीको क्षति भएको छ। 

भोटखोला–४ सेम्बुङमा आगलागी हुँदा स्थानीय नुर्वु भोटेको दुईतले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए। चुल्होबाट आगो सल्किँदा ढुङ्गा माटोले बनेको भोटेको दुईतले घर जलेर क्षति भएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। 

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयवासीको  सहयोगमा चार घण्टापछि आगो निभाइएको थियो। आगलागीपछि भोटेको परिवार छिमेकीको घरमा बसेका छन्। रासस

प्रकाशित: ९ जेष्ठ २०८२ १९:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App