२९ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

एलन मस्क फेरि पिता बने, १४औं बच्चाको नाम घोषणा

अर्बपति एलन मस्क फेरि पिता बनेका छन्। उनको १४औं सन्तान, छोरा सेल्डन लाइकुर्गसको जन्म भएको हो। न्यूरालिङ्ककी कार्यकारी शिवोन जिलिसले नयाँ सन्तानलाई जन्म दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्। जिलिससँगको यो उनको चौथो बच्चा हो। 

जिलिसले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन्, ‘एलनसँग छलफलपछि हाम्रो छोरा सेल्डनको बारेमा जानकारी साझा गर्‍यौँ। ऊ सुनको मुटु भएको छ।’ त्यसको जवाफमा मस्कले मुटुको इमोजी रिप्लाइ गरेका छन्। 

स्पेसएक्सका संस्थापक मस्क विश्वभर भइरहेको घट्दो जन्मदरलाई सभ्यताका लागि खतरा मान्छन्। उनी ठूला परिवारको पक्षमा समय समयमा बोल्दै पनि आएका छन्। उनका सन्तान तीन महिला (जिलिस, ग्रिम्स र जस्टिन विल्सन) बाट जन्मिएका छन्। 

यसैबीच, शुक्रबार एश्ले सेन्ट क्लेयरले मस्कलाई आफ्नो छोरा (१३औं सन्तान) को पिता दाबी गर्दै मुद्दा दायर गरेकी छिन्। यस प्रकरणमा मस्कलाई न्यूयोर्कको एक अदालतमा उपस्थित हुन आदेश दिएको छ। यसबारे मस्कले जवाफ दिएका छैनन्।

प्रकाशित: १८ फाल्गुन २०८१ १०:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App