फिदिम नगरपालिका भित्रका फोटोहरुको प्रदर्शनी आयोजना हुने भएको छ। तीन वर्ष भित्र खिचिएका फिदिम नगर क्षेत्रका फोटोहरुलाई हेल्प टुगेदर फाउण्डेशनले प्रदर्शनमा ल्याउन लागेको हो।
माघको ३० देखि फागुनको २ गतेसम्म चल्ने प्रदर्शनीमा फिदिम नगर क्षेत्रका पर्यटकीय, सांस्कृतिक सम्पदा, प्राकृतिक सुन्दरता, ग्रामीण जीवनशैली, मेला उत्सव आदिको प्रदर्शनी हुन लागेको हो।
प्रतियोगितात्मक भनिएको प्रदर्शनीका लागि फिदिम नगरपालिकाले प्रवर्द्धन गर्ने भएको छ। माघको २५ भित्र संकलन भएका फोटोहरू मध्येबाट ४८ फोटोलाई प्रदर्शनीमा राख्न लागिएको छ। प्रदर्शनीमा रहेका मध्ये उत्कृष्ठ ३ फोटोलाई पुरस्कृत समेत गरिने आयोजक हेल्प टुगेदर फाउण्डेशनका अध्यक्ष शुसिल श्रेष्ठले जानकारी दिए।
प्रतियोगितामा पहिलो हुने फोटोले १५ हजार र दोस्रो, तेस्रोले क्रमश १० र ५ हजार रुपैयाँ पाउने छन्। फिदिममा नरहेर पनि फिदिमसँग सम्बन्धित फोटो हुनेहरुले कार्यक्रममा सहभागिता जनाउन सक्ने छन् ।
प्रकाशित: २० माघ २०८१ १३:०६ आइतबार