११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

एउटा भोटको सट्टा

पूर्णिमा प्रतिविम्ब

व्यक्तिगत स्वार्थ भन्दामाथि
पार्टीगत झन्डा भन्दामाथि
चन्द्र र सूर्य फर्फराइरहेको
एउटा विशाल र नझुक्ने
रातो झन्डा
त्यसैको छातामा
त्यसैको छायामा
त्यसैको मायामा
आज आशावादी छन् एक भोटका मालिकहरू ।

त्यही छाताको छहारीमा
प्रतीक्षारत छन्
देशप्रेमी, न्यायप्रेमी, अग्रगामी, आशावादी
र, मतदानी जनताहरू
लोकतन्त्रको जितका लागि
र, व्यवस्थित राज्य प्रणालीका लागि ।

धेरै भयो
उनीहरूले सपना देखेको
एउटा साझा देश
समान समृद्धिको दौड
समावेशी हाँसो
आफ्नै सानो घर
देशमै रोजगार
अन्त्य होस् आन्दोलन र कुनै पनि युद्ध
बनोस् देश समृद्ध
एउटा भोटको सट्टा
उनीहरूको कुनै ठूलो माग छैन ।

प्रकाशित: १३ माघ २०७४ ०५:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App