गोपालराज वंशावलीका अनुसार कीर्तिपुरमा एउटा ग्वाला थिए। उनको एउटा गाई कीर्तिपुरबाट चर्दै गौशालासम्म आउँथ्यो, त्यो गाईले लामो समयसम्म दूध दिएन। यसको कारण पत्ता लगाउन ग्वाला गाईलाई पछ्याउँदै पशुपतिनाथ मन्दिर भएको ठाउँसम्म आएका थिए। जहाँ उनले गाईको दूधको धारा बगिरहेको देखे। दूधको धारा बगेको ठाउँमा खोतलेर हेरे, त्यहाँबाट ज्वाजल्यमान ज्योति निस्किएको र उक्त ज्योतिले रमिता हेर्न आएकाको नै ज्यान लिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टन्डनको भनाइ छ।
विश्वभरका हिन्दूका आराध्यदेव पशुपतिनाथको उत्पत्तिका विषयमा विभिन्न मिथकभेटिने गर्छन्। हिन्दू धर्मग्रन्थ वंशावली, वेद र पुराणमा पशुपतिनाथको उत्पत्तिकाविषयमा फरक–फरक भनाइ पाइन्छन्।
०६५ मा माओवादी नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरमा भारतीय भट्ट हटाएर नेपाली पुजारी नियुक्त हुँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल को कुर्सी हल्लिएको थियो। पशुपतिमा विवाद निम्त्याएको भन्दै उनको चौतर्फी आलोचना भएको थियो।
त्यस्तै,ऋग्वेद, यजुर्वेद, अथर्ववेदमा पनि पशुपतिनाथको ख्याति भेटिने टन्डन बताउँछन्। पशुपतिनाथबारे फरक–फरक स्तुति तथा मन्त्र पनि छन्। यस्ता मन्त्र तथा स्तुति अधिकांश वेदमै भेटिने टन्डनको भनाइ छ।
पुराणको हिमवत खण्डलगायत पौराणिक ग्रन्थका अनुसार पशुपतिनाथ मन्दिर भएको स्थानमा ज्वाला निस्किएपछि भगवान् विष्णु आफै उपस्थित भएर ज्वालामाथि शिवलिंग बनाएर स्थापना गरेको मिथक रहेको टन्डन बताउँछन्।
इतिहाससँग बेमेल
गोपालराज वंशावलीअनुसार पशुपतिनाथको मन्दिरलिच्छवीराजा सुपुष्पदेवले निर्माण गरेका थिए। पशुपतिनाथ मन्दिर प्रांगणभित्र जयदेव द्वितीयको वि.सं. ७८० को शिलापत्रमा मानदेव प्रथम राजा भन्दा ३९ पुस्ताअगाडि उक्त मन्दिर निर्माण गरिएको उल्लेख छ।एउटा राजाको कार्यकाल २५ वर्ष दिँदा पनि त्यो ईशापूर्वको पाँचाँै शताब्दीहुने टन्डन बताउँछन्।
तर,सुपुष्पदेवलाई ईशापूर्वको मान्दा इतिहाससँग मेल नखाने उनको भनाइ छ। 'सुपष्पदेवलाई ईशापूर्वको मान्दा मन्दिर निर्माणको समय इतिहाससँग मेल खाँदैन,किनभने लिच्छवी राजाहरूको वंश ईशापूर्वको पहिलो शताब्दीको आसपासमा सुरुभएको देखिन्छ। यो त्यसभन्दा पाँच सय वर्षअगाडिको कुरा हो। त्यसैले यसलाई इतिहासमा सच्याउन आवश्यक छ,' टन्डनले भने।
सुपुष्पदेवले निर्माण गरेको यो मन्दिर पछि पटकपटक निर्माण हुँदै आएको छ।प्राकृतिक प्रकोप तथा भूकम्पका कारण यो पटकपटक भत्किने र पुनर्निर्माण हुँदै आएको छ। अहिलेको मन्दिर १७आँै शताब्दीको हो। भुपालिन्द्र मल्ल र रिद्धिलक्ष्मीले ६ महिनासम्म मन्दिर परिसरमै बसेर संयुक्त रूपमा निर्माण गरेको इतिहास भेटिने टन्डनको भनाइ छ।
पाँचबाट दुई तल्ला
हाल दुई तल्ला रहेको पशुपतिनाथ मन्दिर सुरुदेखिनै दुई तल्ला भने होइन। पहिले यसको संरचना अलिक फरक थियो।
मन्दिरको संरचना पहिले पाँच तल्लाको रहेको टन्डन बताउँछन्। प्राकृतिक प्रकोपले मन्दिरलाई पटकपटक भत्काउने गरेकाले सम्हाल्न गाह्रो भएपछि दुईतलेमा सीमित गरिएको उनको भनाइ छ।
पशुपति मन्दिरका विभिन्न संरचना निर्माणका लागि तत्कालीन राजादेखि प्रजासम्मको महŒवपूर्ण भूमिका रहेको उनको भनाइछ। मन्दिरमा अमरसिंह थापाले चाँदीको ढोका बनाएका थिए। राजा त्रिभुवनले मन्दिरको छाना निर्माण गरेको उनले बताए।मन्दिरबाहिरका मूर्ति र टुँडालहरूहालको मन्दिर निर्माण गर्दाकै समयमा १७औँशताब्दीमा निर्माण गरिएका हुन्।
धर्म अनेक आस्था एक
पशुपतिनाथको मन्दिर विश्वभरका हिन्दूको प्रमुख मन्दिरका रूपमा चर्चित छ। तर,यसलाई हिन्दूबाहेकका अन्य धर्मावलम्बीले पनि आफ्नो आस्थाको केन्द्र मान्छन्। पशुपतिनाथमा बौद्ध धर्मालम्बीले प्रत्येक वर्ष छाया वर्षका रूपमा मनाउँछन्। प्रत्येक वर्षको कात्तिक शुक्ल चतुदर्शीका दिन उनीहरूले छाया दर्शन गर्छन्।
त्यस दिन बुद्धिस्टले भगवान्पशुपतिनाथलाई बोधीसत्वका रूपमा पूजा गर्ने टन्डन बताउँछन्। उनी भन्छन्,'नेपालमा बौद्ध र हिन्दूबीच नङ र मासुको जस्तो सम्बन्ध छ। यहाँ एउटै मन्दिरलाई हिन्दू र बौद्धले पूजाआजा गर्छन्।पशुपति क्षेत्रभित्र पनिविभिन्न बौद्ध विहार छन्। जस्तो, कुटुबैल, चाविहार, धन्दु चैत्यजस्ता बौद्ध धार्मिकस्थल छन्।'
पशुपति क्षेत्रमा रहेका गुफामा तिलोत्तमा, नलोत्तमा आएर बसेको समेत भनिन्छ। तर यसको कुनै इतिहास तथा पुस्ट्याइँ गर्न सामग्री नभएकोगोविन्द बताउँछन्।वैदिक, बौद्ध, जैन र शिखले पनिपशुपतिनाथमा पूजाआजा गर्ने टन्डन बताउँछन्।
केदारनाथको जलबाट पशुपतिनाथ स्नान
पशुपतिनाथलाई केदारनाथको शिरोभाग मानिन्छ। केदारनाथको शिर भएकालेप्रत्येक वर्ष पशुपतिको स्नानका लागि शिवरात्रिका दिन केदारनाथबाट पवित्र जल ल्याइन्छ। सो जलविभिन्न तीर्थस्थलको जलमा मिश्रण गरी पशुपतिनाथको स्नान गराउने गरिन्छ।
पछिल्लो समय पशुपति नभएर डोलेश्वरलाई केदारनाथको शिरोभाग भनेर हल्ला गरिएको भन्दै टन्डनले असन्तुष्टि व्यक्त गरे। केदारबाट आएका भीमाशंकर पुजारीले केदारनाथको शिरोभागबारे भ्रम फैलाएको उनको भनाइ छ।
टन्डन भन्छन्, 'शिव महापुराण कहिले लेखियो भन्ने थाहा छैन। पश्चिमा विद्वान्ले छैटाँै, साताँै शताब्दीमा लेखिएको भन्छन्। सो ग्रन्थमा कोटीरुद्र संहितामा केदारनाथको शिरोभागका रूपमा भगवान् पशुपतिनाथलाई प्रस्ट रूपमा उल्लेख गरिएको छ। यसरी अहिले जुन भ्रम सिर्जनागर्न खोजिएको छ। त्यस्तो भ्रमबाट बच्नुपर्छ।' उनी विज्ञप्ति निकालेर यसबारे भ्रम चिर्न नेपाल सरकारलाई सुझाव दिन्छन्।
भट्ट हुन नेपाली अयोग्य!
सदस्यसचिव टन्डनका अनुसार पशुपतिनाथ मन्दिरमा नेपाली भट्ट नहुनुको प्रमुख कारणनेपालीमा शिवस्व नखाने प्रचलन हो। उनी भन्छन्, 'नेपालीले मन्दिरमा चढाएको चिज खाँदैनन्, त्यस्तै पैैसा र तलब समेत लिँदैनन्, त्यसैले भट्ट नहुने एउटा कारण शिवस्व नखाने प्रचलन हो।' त्यस्तै, पशुपतिमा भट्ट हुन पुस्ताँैदेखिको साकाहारी ब्राह्मण हुनुपर्ने भएपनि नेपालका ब्राह्मणमांसाहारी भएको उनको भनाइ छ। पशुपतिमा भट्ट हुनका लागिकृष्णयजुर्वेदको जानकार पनि हुनुपर्छ तर नेपालमाशुक्ल अजुर्वेद जानेका मान्छे भएपनि कृष्ण यजुर्वेद जानेका मानिस नभएको टन्डन बताउँछन्। 'भविष्यमा कृष्ण अजुर्वेद पढाएमा नेपालमा पनि यससम्बन्धी जानकार मानिस उत्पादन गर्न सकिन्छ तरअहिले छैनन्,' टन्डनले भने।
भारतको दक्षिण क्षेत्रमा पुजारीका लागि र मन्दिरको सेवा गर्नकै लागि भनेर पढाइने भएपनि नेपालमा त्यस्तो चलन नरहेको उनको भनाइ छ। दुई मुलुकको सम्बन्धमा 'चेक एन्ड ब्यालेन्स'का लागि पनि भारतीय भट्टहरू राखिने टन्डनको तर्क छ। टन्डननेपालका पुजारीले पूजा गरेर असाध्यै राम्रो भएको प्रसिद्ध मन्दिर नभएको बताउँछन्। उहाँकातलेजु, जनकपुर वा मुक्तिनाथजस्ता मन्दिरमा पनि अब्बल पुजारी नरहेको उनको भनाइ छ। उनी भन्छन्, पशुपतिमा भारतीय भट्ट राख्दा म कुनै अप्ठेरो देख्दिनँ। यसले नेपाल–भारतको सम्बन्धलाई पनि राम्रो गर्छ।'
शक्तिशालीभट्ट
केही वर्ष पहिलेसम्म पशुपतिनाथ मन्दिरमा चढाइने दक्षिणा तथा भेटी भट्ट तथा पुजारीले नै उपभोग गर्दै आएका थिए। पछिल्लो समय यसको हिसाबकिताब सुरु भएको छ। तर, यो त्यति सहजै भएको भने होइन। २०५० सालमा सदस्यसचिव हुँदा नै टन्डनले पशुपतिनाथमा व्यक्तिविशेषले खाइरहेको दानदक्षिणा पशुपतिको विकासमा लगाउनुपर्छ भनेर ऐन ल्याएका थिए।ऐन ल्याएकामा मूलभट्टहरू रिसाएर टन्डनलाई पदबाट राजीनामा दिन बाध्य बनाए। उनले राजीनामा नदिएसम्म भट्टहरूले मन्दिरमा पूजा नगर्ने अडान लिए। त्यसपछि उनले२०५० भदौ ३ गते राजीनामा दिएका थिए। ०६५ मा माओवादी नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरमा भारतीय भट्ट हटाएर नेपाली पुजारी नियुक्त हुँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल को कुर्सी हल्लिएको थियो। पशुपतिमा विवाद निम्त्याएको भन्दै उनको चौतर्फी आलोचना भएको थियो।
दैनिक १० हजार दर्शनार्थी
पशुपतिनाथ मन्दिरमादैनिक १० हजार मानिस दर्शनका लागि आउने पशुपति क्षेत्र विकास कोषको भनाइ छ।भारतमा तीन धामको पूजा गरेपछि अन्तिममा पशुपतिनाथको पूजा गर्ने चलन भएकाले भारतीय दर्शनार्थी वर्षैभरि पशुपतिमा आउने टन्डन बताउँछन्।२००७ सालअघि भारतीयलाई वर्षमा आठ दिन मात्र नेपाल आउन छुट थियो। प्रजातन्त्र स्थापनापछि भने उनीहरू जहिलेसुकै नेपाल आउन सक्ने भएकाले उनीहरूको आगमन धेरै हुने गरेको छ। पशुपतिमा आउने दर्शनार्थीमासबैभन्दा धेरै भारतबाट आउने गर्छन्। त्यस्तै, तेस्रो मुलुकबाट पनि ठूलो संख्यामा आउने गर्छन।भूकम्पअघि हरेक वर्ष तेस्रो मुलुकबाट एक लाख ६० हजार भक्तजन पशुपतिनाथको दर्शन गर्न आएका थिए।भूकम्पपछि त्यो संख्या केही घटेर ०७३ मा ९० हजार दर्शनार्थी तेस्रो मुलुकबाट आएका थिए। यो वर्ष असारसम्म एक लाख १० हजारजति पुग्ने कोषको अनुमान छ।
पशुपतिनाथमा नेपाल र भारतबाहेक मौरिसस, इन्डोनेसिया, मलेसिया, सिंगापुर, बेलायत अमेरिकालगायत मुलुकबाट दर्शनार्थी आउने गर्छन्।विशेषगरी शिवरात्रिमा धेरै दर्शनार्थी आउने टन्डन बताउँछन्।यो वर्ष मात्र शिवरात्रिको एक दिन मात्रै १३ लाखले पशुपतिनाथको दर्शन गरेका थिए। ठूलो संख्यामा दर्शनार्थी आउने भएकाले सरसफाइ लगायत कतिपय कुरामा व्यवस्था गर्दागर्दै पनि केही कमी देखिएको टन्डन बताउँछन्। पशुपतिमा दैनिक ५४ जनाले फरक–फरक समयमा सरसफाइ गर्छन्। तर, मन्दिरमा लैजाने फूलपाती तथा पूजा सामग्रीका कारण केही फोहोर हुने उनी बताउँछन्। मन्दिरनजिकै रहेको मसानघाटका कारण पनि केही फोहोरजस्तो देखिएको टन्डनको भनाइ छ।
१० वर्षमा कायापलट गर्ने योजना
पशुपति क्षेत्रको विकासका लागि सरकार र जनताले साथ दिएमा १० वर्षमा कायापलट हुने टन्डनको दाबी छ। पशुपति क्षेत्रको चौथो चरणको गुरुयोजनाको तयारी भइरहेको उनी बताउँछन्। यसको भू–उपयोग कसरी गर्ने, यहाँका संरचना कसले के बनाउने?भन्नेबारेगुरुयोजनाको तयारी भइरहेको उनले जानकारी दिए। यसका लागि एक महिनापहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्वान् आएरठूलो कार्यशाला गोष्ठी गरेको उनले जनाए। 'गोष्ठीले कन्सल्ट्यान्ट नियुक्त गर्न एमओयु (सम्झौतापत्र) बनाउने तयारी गरिरहेको छ। बिडिङ भएपछि आउने कन्सल्ट्यान्टले १० वर्षको योजना बनाउँछ,' उनले भने।त्यसमा नेपाल सरकार, पशुपति कोषको आन्तरिक सहयोग, निजी क्षेत्रको सहयोग तथा विश्वका विभिन्न क्षेत्रबाट सहयोग हुने उनको भनाइछ।
प्रकाशित: २३ वैशाख २०७४ ०४:२८ शनिबार





