७ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्य

बालकृष्ण ढुंगेललाई ७ दिनभित्र पक्राउ गर्न सर्वोच्चको वारेन्ट

काठमाडौं—हत्या अभियोगमा सर्वश्वसहित जन्मकैद ठहर भएका तर फरार रहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई ७ दिनभित्र पक्राउ गर्न सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकको नाउँमा वारेन्ट जारी गरेको छ।

न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलाशले बिहीबार ढुंगेललाई पक्राउ गरी त्यसको जानकारी सर्वोच्चलाई गराउन आदेश दिएको हो।

न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलाशले बिहीबार ढुंगेललाई पक्राउ गरी त्यसको जानकारी सर्वोच्चलाई गराउन आदेश दिएको हो।

ढुंगेलले आफूविरुद्ध फैसला सुनाएको भनी पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई गाली गरेको र अदालतलाई चुनौती दिएको जिकिर गर्दै पक्राउ वारेन्ट जारी गर्न माग गरी अधिवक्ता दिनेश त्रिपाठीले को मुद्दा ९निवेदन० दर्ता गराएका थिए।

पछिल्लोपटक फागुन ३० गते ढुंगेललाई गृहजिल्ला ओखलढुंगामा क्रियाशील माओवादी सम्बद्ध दलले नागरिक अभिनन्दन गरेका थिए। नयाँ शक्ति पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी र क्रान्तिकारी माओवादीले संयुक्त रुपमा ढुंगेललाई अभिनन्दन गरेका थिए।

२०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो। सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो। तर पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो।

प्रकाशित: ३१ चैत्र २०७३ १२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App