१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

अनौठा आनीबानी

हलिउड र बलिउडका केही सेलिब्रिटीका आनीबानी रमाइला र अनौठा छन् ।
मेगान फक्स
हलिउड स्टार मेगान शौचालय प्रयोग गरेपछि फ्लस गर्न बिर्सिन्छिन् । दिसा–पिसाब गरेपछि फ्लस नगर्ने उनको बानीका कारण उनका साथीहरू हैरान हुने गरेका छन् ।
डेमी मुर
अमेरिकी अभिनेत्री तथा मोडल डेमी मुरको सदा जवान रहने एउटा काइदा छ– उनी जुकाहरूलाई आफ्नो शरीर चुसाउँछिन् ।
जितेन्द्र
बलिउड अभिनेता जितेन्द्र शौचालयमा बसेर मेवा खान्छन् । यसो गर्दा दिसा खलास हुन्छ भन्ने उनको मान्यता छ ।
सुस्मिता सेन
सुस्मिताले आफ्नो घरको छतमा बाथटब राखेकी छिन् । किनभने, उनी बाहिर नुहाउन रुचाउँछिन् ।
पामेला एन्डर्सन
हलिउड अभिनेत्री पामेला ऐनासँग डराउँछिन् । त्यसैले कहिल्यै ऐना हेर्दिनन् । उनलाई आफ्नै प्रतिविम्बसँग डर लाग्छ ।  
क्याथराइन जेटा जोन्स
अभिनेत्री क्याथराइन दाँत माझ्न मञ्जन प्रयोग गर्दिनन् । उनी त स्ट्रबरीले दाँत माझ्छिन् ।
जेनिफर एनिस्टन
हवाईजहाजमा प्रवेश गर्दा अभिनेत्री जेनिफर जहिले पनि दाहिने खुट्टा पहिले राख्छिन् । यसो गर्नु शुभ हुन्छ भन्ने उनको अन्धविश्वास छ ।
टम क्रुज
हलिउड अभिनेता टम क्रुजको अनुहार सुन्दर र चम्किलो बनाउने आफ्नै तरिका छ । उनी बुलबुल चराको दिसालाई क्रिमका रूपमा प्रयोग गर्छन् ।
स्रोतः डेली मेल

प्रकाशित: २८ चैत्र २०७३ ११:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App