१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

निर्वाचन आयुक्त इला शर्मा भारतीय पूर्व प्रमुख निर्वाचन आयुक्तसँग विवाह गर्दै

काठमाडौं– निर्वाचन आयोगकी निर्वाचन आयुक्त इला शर्माको भारतीय पूर्व प्रमुख निर्वाचन आयुक्त एसवाइ कुरैसीसँग विवाह हुने भएको छ।

भारतीय पत्रिका इन्डियन एक्सप्रेस तथा टेलिग्राफले शर्मा र कुरैसी यसैहप्ता विवाह बन्धनमा बाँधिन लागेको बताएका छन्।

६९ वर्षीय कुरैसी र ४९ वर्षीया शर्माको भेट सन् २०१५ मा मेक्सिकोमा आयोजित राजनीति र पैसा विषयक एक अन्तराष्ट्रिय सम्मेलनमा भएको थियो। त्यस भेटपछि एकअर्कासँग नजिकिएको र प्रेम सम्बन्धमा रहँदै आएको समाचारमा उल्लेख छ।

इला शर्मा आफ्ना पति नवराज पौडेलको १५ वर्ष अघि माओवादी द्वन्द्वकालमा निधन भएपछि एक्लै रहँदै आएकी छन्। कैरेसी भने आफ्नो पत्रकार पत्नी हुमा कैरेसीसँग सम्बन्ध बिच्छेद गरेपछि एक्लै रहँदै आएका छन्।

प्रकाशित: २० आश्विन २०७३ ०९:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App