coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

चिनियाँ पक्षबाट हुने उच्चस्तरीय भ्रमण स्थगित भएको छैन: परराष्ट्र मन्त्रालय

काठमाडौं- परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षबाट हुने भनिएको उच्चस्तरीय भ्रमण स्थगित नभएको बताएको छ। मन्त्रालयले चिनियाँ राष्ट्रपति सि जिङपिङ नेपाल भ्रमणमा नआउने समाचार प्रकाशित भएपछि त्यसको खण्डन गरेको हो। मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै 'आजका स्वदेशी तथा विदेशी विभिन्न संचार माध्यममा परराष्ट्र सचिव तथा नेपाल सरकारका उच्च अधिकारीलाई छिमेकी मित्रराष्ट्र चीनबाट हुने उच्चस्तरीय भ्रमण स्थगित भएको जानकारी चिनियाँ राजदूतले दिनुभएको भनी प्रकाशित समाचार सत्य नभएको व्यहोरा स्पष्ट पारिएको छ' भनेको छ।

भ्रमणको बारेमा नेपाल सरकारले आवश्यक तयारी नगरेको भन्ने समाचरमा कुनै सत्यता नरकेको पनि मन्त्रालयले जनाएको छ।

प्रकाशित: २२ भाद्र २०७३ १३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App