२० असार २०७७ शनिबार
अन्य

कला संरक्षण गर्ने कसले?

काठमाडौं- चित्रकला ह¬न वा मूर्तिकला। नेपालका कला संस्कृति नयाँ प¬स्तामाझ जीवित राख्न सक्ने माध्यम हो। नेपालको ऐतिहासिकतासँगै बदलिँदो संास्कृतिक परिवर्तन देखाउने थलो पनि चित्रकला र मूर्तिकला नै हो। मठमन्दिर, ट¬ँडालमा छरिएका कला ह¬न वा समुदायमा छरिएर रहेका सांस्कृतिक लोकोक्ति र संस्कारहरु ने किन नहोस्।

तिनले नेपाली समाजलाई आम जनमानसमा परिचित गर्नेमात्र होइन अन्तर्राष्ट्रिय समुदायमाझ चिनिने सशक्त माध्यम पनि हो। यस्ता चित्रकला र मूर्तिकला प्रस्फ¬टन गर्ने कलाकारहरुको आकर्षण दिनप्रतिदिन बढिरहेकै छ। तर उनीहरुले निर्माण गरेका कलाका धरोहर जोगाउन भने म¬स्किल बनेको छ।

 मूर्तिकार रामकृष्ण भण्डारीले बनाएका मूर्तिहरु उनको घरमै अलपत्र छन्। 'तीनसय जति छ,’ उनले भने, 'क¬नै घरबाटै बिक्री ह¬न्छन्, नभएकाहरु त्यसै अलपत्र बस्छन्।’ चारपल्टसम्म एकल चित्रकला गर्न सफल कलाकार ह¬न् भण्डारी। पहिले बनाउन गाह्रो, त्यसपछि ढ¬वानीको समस्या अनि बिक्री गर्ने समस्या, अन्त्यमा नबिकेका मूर्ति संरक्षण गर्ने समस्या रहेको उनी बताउँछन्।

यस्ता मूर्तिहरु राज्यले नगर सजावटमा प्रयोग गरेर पर्यटक लोभ्याउने वातावरण बनाउन सकिने भए पनि बेवास्ता गरिएको आरोप उनको छ। कृष्णलाल, पुष्पलाल र गंगालाल श्रेष्ठ तीन दाज¬भाइको मूर्ति उनको रामेछाप मन्थलीमा छ। बुद्धको ध्यान मूर्ति बुटवलमा छ। संग्रहालय बनाइदिएर सरकारले बिक्री भए वापत केही प्रतिशत दिए पनि कलाकार ख¬सी ह¬ने उनी औंल्याउँछन्।

उनले भनेझैं कला समीक्षक मुकेश मल्ल कलाको बदलिँदो प्रवृत्तिको अध्ययनका लागि पनि त्यस्ता चित्र र मूर्ति संग्रहित गरिनुपर्नेमा जोड दिन्छन्। तत्कालीन राजा वीरेन्द्रका पालामा राजा आफैंले मूर्ति व्यवस्थापनको प्रयास गरेका उदाहरण उनी दिन्छन्। तर त्यसपछि कसैले पनि चित्र र मूर्तिहरुको व्यवस्थापनमा ध्यान नदिएको दाबी मल्ल गर्छन्। साँच्चै नै त्यतिबेला राजधानीमा सडक र चोकमा राखिएका मूर्तिहरु अझै पनि हेर्नलायक छन्।

'२० वर्षअघि बंगलादेश जाँदा एउटा कलाकारको परिचयसहितको सानो प्रर्चा र प्रदर्शनी हेरेको थिएँ,’ उनले भने, 'अर्को २० वर्षपछि जाँदा त्यही कलाकारको परिचयको ठूलो किताब निस्किएछ।’ उनले बनाएका मूर्तिहरु बजार, पसल, चोकमा सजिसजाउ रहेको पाइएको थियो।

नेपालमा भने कला क्षेत्रमा लाग्नेहरुले आफ्नै मेहनतले जति सकिन्छ टिक्ने, नसके पलायन ह¬नुपर्ने बाध्यता रहेको उनी सुनाउँछन्। संरक्षण नगरेकै कारण मूर्तिकार चन्द्रमान मास्केको क¬नै मूर्ति नै छैन। मूर्तिकार ठाक¬रप्रसाद मैनाली वृद्धावस्थामा छन्। उनले बनाएका केही मूर्ति तत्कालीन राजा वीरेन्द्रले अहिलेको नेपाल एयरलायन्सको कार्यालय स¬न्धारा, नक्साल टेलिकमको अगाडि र कीर्तिपुर त्रिविको बगैंचामा राख्न लगाएका थिए।

कला र संस्कृतिको संरक्षण गर्न बनेको प्रज्ञा प्रतिष्ठानमा राजनीतिक खिचातानी हावी भएकैले पनि कलाकारका कलाहरु अलपत्र परेको दाबी कलाकर्मीहरु गर्छन्।

'चित्र बनाउन निकै मेहनत लाग्छ,’ चित्रकार ज्योतिप्रकाश बिके भन्छन्, 'तर बनिसकेपछि थन्काउन झन् मेहनत र खर्च लाग्छ।’ बनाउँदा पनि कलाकारकै खर्च, प्रदर्शन गर्दा पनि कलाकारकै खर्च र अन्त्यमा थन्काउँदा पनि कलाकारकै खर्च हँुदा कमाउने भन्दा दोब्बर खर्च कलाका लागि खर्चनुपर्ने बाध्यता उनी सुनाउँछन्। उनको केही समयअघि नेपाल कला परिषद्मा चित्रकला प्रदर्शनी गरिएका थिए। जहाँ केही चित्र बिक्री भए पनि अरु सबै घरमै थन्किएका छन्।

हालै भएको राष्ट्रव्यापी चित्र तथा मूर्तिकला प्रदर्शनीमा देशभरका कलाकारका कलाहरु नेपाल कला परिषदमा ल्याइएका थिए। सिकारुदेखि मुर्धन्य कलाकारसम्मका कलाहरु प्रदर्शनीमा थिए। कतिपय कलाहरुले प¬रस्कार जिते। कतिपयको कला बिक्री भयो।

तर बाँकी कलाकृति लैजानेबेला कलाकारको आफै धेरै खर्च भएको गुनासो कलाकारले गरे। समाजका लागि, समुदायको संस्कार प्रवर्द्धन गर्नका लागि र राष्ट्रको चिनारीका लागि काम गरे पनि सरकारी तहबाट प्रोत्साहन दिन क¬नै प्रयास नगरिएको द¬खेसो उनीहरुको छ। 

कला अध्ययनले भर्खरै शिशुपाइला सारिरहेको बताउने समीक्षक रमेश खनाल यसको सम्वर्द्धनका लागि प्रज्ञा प्रतिष्ठान नै एकमात्र आशाको केन्द्र रहेको उल्लेख गर्छन्। 'नयाँ विद्यार्थीलाई यो क्षेत्रमा भविष्य छ भनेर विश्वास दिलाउन पनि सही पहल जरुरी रहेको छ,' उनी भन्छन्, 'नत्र अहिलेका कलाकारको बिजोग देखेर नयाँमा यस क्षेत्रमा आउने आकांक्षा घट्नसक्छ।'

उनीजस्तै कला समीक्षक मदन चित्रकार पदमा पुगेकाले गर्नुपर्ने दायित्व पूरा नगरेकैले कलाको ऐतिहासिक दस्ताबेज गुमनाम बन्न पुगेको स्विकार्छन्।

'भूकम्पपछि त झन् ऐतिहासिक सम्पदामा चित्रित पुराना कला हराउने होडमा पुगेको छ,' उनले थपे। कतिपय पुराताŒिवक महŒवका कला निजी तवरबाट संरक्षणको प्रयास हुँदा समेत सरकारी निकायले नै बाधा खडा गर्ने गरेको उनको भनाइ थियो।

सरकारले कलाकारिताको संरक्षण र सम्वर्द्धनकै लागि ललितकला प्रज्ञा प्रतिष्ठान छ¬ट्टै गठन गरेको छ। जसको क¬लपति रागिनी उपाध्यााय ह¬न्। गत वर्षको महाभूकम्प पछि प्रतिष्ठान आफैं अलपत्र परेको दाबी यसका पदाधिकारीहरु गर्छन्।

'बसेको घर भत्किएपछि पालमा कार्यालय चलाएका छौं,’ प्राज्ञ नारदमणि हार्तम्छालीले भने, 'बनाएका योजना त्यसै अलपत्र छन्।’ कला र कलाकारका लागि बनाइएको योजना थाती राखेर अहिले प्रतिष्ठानकै घर बनाउने पहल भइरहेको उनले जानकारी दिए।

कलाकृति संरक्षणका लागि दीर्घकालिन योजना रहेको दावी अर्का प्राज्ञ नवराज भट्ट गर्छन्। संग्रहालय बनाउने त्यसमा संरक्षण गर्ने र बिक्रीको व्यवस्था मिलाएर कलाकारलाई रोयल्टी दिनेसम्मको योजना उनले सुनाए।

तर उनीहरुले भनेबमोजिम कामको थालनी भने भएका छैनन्। यतिसम्म कि कलाकारका बारेमा कसैले जान्न खोजे, कति मूर्तिकार र चित्रकारहरु नेपालमा छन् भन्ने बारेको तथ्यांक प्रतिष्ठासँग छैन।

प्रकाशित: ६ भाद्र २०७३ ०८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App