६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्य

रामचन्द्र पौडेलले भेट्दा शशांकले हात मिलाउन खोजे

काठमाडौं–कांग्रेस नेता रामचन्द्र पौडेलले  ओम अस्पतालमा उपचाररत महामन्त्री शशांक कोइरालाले आफूसँग हात मिलाउन खोजेको बताएका छन्।  पौडेल बिहीबार कोइरालालाई भेट्न अस्पताल पुगेका थिए। ‘मलाई देखेपछि उहाँ (शशांक) ले हात मिलाउन खोजेजस्तो गर्नुभयो,’ पौडेलले भने,‘हिजोको भन्दा स्वास्थ्यमा सुधार भएको मैले अनुभूति गरें।’ कोइरालको शरीरमा अक्सिजनको मात्रा कम भएको डाक्टरहरुले बताएको पौडेलले जनाए।

डा. हरिकिशोर श्रोष्ठले कोइरालाको स्वास्थ्य अवस्था सुधार उन्मुख भएको बताए । उनले  कोइरालाको शरीरमा अक्सिजनको मात्रा अझै कमी रहेका बताएका छन् ।उनले स्वास्थ्यमा सुधार आएकाले भेन्टिलेटर हटाउने तयारी भइरहेका बताए । कोइरालाको थप स्वास्थ्य सम्बन्धी जानकारी बेलुकी ६ बजे प्रेश विज्ञप्तिमार्फत दिइने उनले बताए ।

 

प्रकाशित: २३ असार २०७३ ०७:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App