यता रेलवे स्टेशनस्थित जिल्ला भन्सार कार्यालय र जानकी चोकस्थित वडा प्रहरी कार्यालयमा प्रदर्शनकारीले क्रमशः दुई र तीन वटा पेट्रोल बम फालेका थिए। त्यसबाट कुुनै किसिमको क्षति हुन नपाएपनि अनियन्त्रित भइरहेका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले छ राउन्ड हवाइफायर गरेको थियो।
प्रदर्शनकारी अनियन्त्रित हुन थालेपछि दिउँसो करिब एक बजे प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सर्वसधारणको नाउँमा अपिल जारी गर्दै अनावश्यक रुपमा घर बाहिर ननिस्कन आग्रह गरेका हुन्।
यसैबीच पछिल्लो २७ दिनदेखि बन्द गरी आन्दोलनमा रहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नेतृत्वमा महिलाहरुले झारु जुलुस निकाल्ने तयारी गरिरहेको छ भने विभिन्न चोकमा नेपाल प्रहरी तथा सशस्त्रको सुरक्षाकर्मीलाई तैनाथ गरिएको छ।
प्रकाशित: २४ भाद्र २०७२ ०९:३० बिहीबार





