२२ मंसिर २०८२ सोमबार
image/svg+xml
विचार

मानवतावादी सुपर एआई यात्रा

मानिसकै जस्तो कम्युटरले बुद्धिमत्ता प्रदर्शन गर्न सक्ला भन्ने ‘ट्युरिङ टेस्ट’ एआई अनुसन्धानकर्ताका लागि  दशकौंसम्म उत्तरी ताराजस्तै लक्ष्य रह्यो। त्यो लक्ष्य अहिले शान्त हिसाबमा पार भइसकेको छ। 

तर्क गर्न सक्ने मोडल र स्वतन्त्र निर्णय क्षमताको विकाससँगै एआई पूर्वाधार निर्माणको गति तीव्र हुँदैछ। योसँगै हामी सुपर–बुद्धिमत्तातर्फ यात्रामा एउटा निर्णायक मोडमा पुगेका छौं, जहाँ सबै कार्यमा मानवीय स्तरभन्दा एआईमाथि पुगिसकेको छ।

साँचो कुरा के हो भने अहिले एआईको हल्ला सुन्नासाथ मानिसहरू आँखा घुमाउन थाल्छन्–यति धेरै प्रचार भएको छ कि अब कसैलाई अचम्मै लाग्दैन। मैले त्यो बुझेको छु। तर यो विषयको गम्भीरता अब चरम सीमामा पुगेको छ।

वास्तवमाविज्ञान र प्रविधिसधैं मानव जातिको प्रगतिको सबैभन्दा ठुलो इन्जिन प्रेरक शक्ति रहँदै आएको छ। पछिल्ला दुई सय ५० वर्षमा यही इन्जिनले औसत आयु दोब्बर बनायो, अर्बौं मानिसलाई गरिबीबाट उकास्यो र एन्टिबायोटिक, बिजुली र विश्वव्यापी तत्काल सञ्चारजस्ता प्रविधि हामीलाई दियो।

एआई यही यात्राको अर्को अध्याय हो। यसले वैज्ञानिक खोजलाई तीव्र पार्ने, आर्थिक वृद्धि बढाउने र मानव कल्याण प्रवर्धन गर्ने हाम्रो सबैभन्दा ठुलो अवसरको प्रतिनिधित्व गर्छ। एआईबारे सुन्दा हरेक पटक यसमा लुकेको यस्तै सम्भावनालाई सम्झन जरुरी छ।

तर यो सम्भावना केवल त्यति बेला मात्र साकार हुन्छ, जब हामी एआईलाई सही ढंगले बनाउँछौँ। गलत दिशामा लैजानुको मूल्य अकल्पनीय हुन सक्छ। यी प्रणालीलाई कसरी नियन्त्रण गर्ने वा अनुकूलमा राख्ने भन्ने विषयमा अहिलेसम्म कसैसँग विश्वस्त जवाफ छैन। हामी इतिहासकै सबैभन्दा शक्तिशाली प्रविधिहरूसँग छौं तर तिनलाई कसरी नियन्त्रण गर्ने र यो प्रविधि कति हदसम्म फायदाजनक हुनेछ भन्नेबारे अनिश्चित छौं।

मलाई लाग्छ, हामी सबै हल्ला र अड्कलबाजीबाट हटेर यसलाई यसरी सही हिसाबमा बुझ्न सक्छौँ– एआई अरू सबै प्रविधिजस्तै एउटा साधारण प्रश्नबाट मूल्यांकन गर्न सकिन्छ, के यसले मानवीय जीवनलाई सुधार गर्छ ? के यो स्पष्ट रूपमा मानिसको सेवामा काम गरिरहेको छ ?

अहिले हामी एआईको अर्को चरणतर्फ अघि बढ्दै गर्दा यी प्रश्नहरूको उत्तर  ‘मानवतावादी सुपर–बुद्धिमत्ता (ह्युमानिस्ट सुपरइन्टिलिजेन्स अर्थात् एचएसआई)ले दिन सक्छ। यो उन्नत एआई हो, जसलाई नियन्त्रण–योग्य, मानव–उन्मुख  र पूर्ण रूपमा मानव हितमा समर्पित रहने गरी डिजाइन गरिएको छ। यो परियोजनाको मूल उद्देश्य कुनै पनि मूल्यमा पूर्ण स्वतन्त्रता र असीमित शक्ति सम्पन्न एआईको विकासबाट जोगिनु हो। 

हामीले त्यसको साटो क्षेत्र–विशेष सुपर–बुद्धिमत्तामा ध्यान दिनुपर्छ। आफू स्वयंलाई बेरोकतोक सुधार गर्दै अनिश्चित  लक्ष्यतिर दौडिने नभई यो प्रणालीले अर्बौं मानिसका लागि वास्तविक र व्यावहारिक हिसाबले फाइदा पुर्‍याउने उद्देश्य लिनुपर्छ। यो सधैँ मानवताको अधीनमा रहनुपर्छ। यही नै माइक्रोसफ्टको ‘को सुपरइन्टलिजेन्स टिम’को दृष्टि हो–जसले मानवतालाई सुरक्षित राख्न र प्रविधिमाथिको नियन्त्रण कायम गर्न सकोस्। 

किन मानवतावाद भन्ने प्रश्न उठ्न सक्छ। किनभने इतिहासले मानवतावादी परम्परामार्फत मानव गरिमा जोगाउने क्षमता प्रमाणित गरेको छ। यही आत्मामा आधारित रहेको  एआईले असाधारण फाइदा दिन सक्छ र विनाशकारी जोखिमलाई टार्न सक्छ। हामीलाई यस्तो एआई दृष्टि चाहिन्छ, जसले मानवतालाई सहयोग गर्छ, सिर्जनशीलतालाई बढवा दिन्छ र हाम्रो नाजुक वातावरणलाई जोगाउँछ, हामीलाई पछाडि धकेल्ने होइन। 

समाजमा गहिरो प्रभाव पार्ने क्षेत्र–विशेष आविष्कारमा आधारित रहनु यसको एउटा उदाहरण हो। कल्पना गर्नुहोस्, एआई कम्पनीले मानिसको मानसिक बोझ घटाइदिने, उत्पादनशीलता बढाउने र व्यक्तिगत सिकाइमार्फत शिक्षा रूपान्तरण गर्न सक्छ। कल्पना गर्नुहोस्, चिकित्सकीय सुपरबुद्धिले सस्तो, दुरुस्त, विशेषज्ञ स्तरको निदान गरेर विश्व स्वास्थ्य सेवामा क्रान्ति ल्याउनेछ, जसको झल्को माइक्रोसफ्ट एआईको स्वास्थ्य टोलीले पहिले नै देखाइसकेको छ।  सँगसँगै विचार गर्नुहोस्, स्वच्छ ऊर्जामा एआई सञ्चालित प्रगतिहरूले प्रचुर, सस्तो बिजुली उत्पादन, भण्डारण र कार्बन हटाउने प्रणाली ल्याउन सहयोग गर्नेछ, जसले पृथ्वीको संरक्षण गर्दै बढ्दो माग पूरा गर्छ।

एचएसआईअन्तर्गत यी केवल सपना मात्र होइनन्, यी सम्भावित र ठोस लक्ष्यहरू हुन्, जसले विश्वभरका मानिसको दैनिकी सुधार्न सक्छन्। स्पष्ट कुरा के हो भने मानिस प्रविधिभन्दा स्वयं एआईभन्दा महत्त्वपूर्ण छ। सुपर बुद्धि सम्भवतः मानव इतिहासको सर्वोत्तम आविष्कार हुन सक्छ, तर यसले ‘मानिस पहिला’ भन्ने सिद्धान्त अवलम्बन गर्नुपर्छ। 

यसको अर्थ जिम्मेवारी, पारदर्शिता र सुरक्षालाई सर्वोच्च प्राथमिकता दिनु हो। हाम्रो लक्ष्य कुनै पनि मूल्यमा सुपर बुद्धि बनाउनु होइन, बरु सावधानीपूर्वक, मानव मूल्यसँग तादम्य राख्ने, नियन्त्रण योग्य  र मानव कल्याणमा केन्द्रित बाटो रोज्नु हो। 

हरेकले आफैंलाई यो प्रश्न सोध्नुपर्छ–हामी वास्तवमा कस्तो एआई चाहन्छौँ ? यस प्रश्नको उत्तरले सभ्यताको भविष्य तय गर्नेछ। मेरा लागि मानवतावादी सुपर बुद्धि नै उत्तर हो। 
–मुस्तफा सुलेमान माइक्रोसफ्ट एआईका सिइओ हुन्।
(प्राजेक्ट सिन्डिकेटबाट)

प्रकाशित: २५ कार्तिक २०८२ ०९:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App