१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

सचेत हुन सकेनौं हामी

कोटेश्वरवारी नपुग्दै सहचालकले जाममा एक दर्जनभन्दा बढी यात्रुलाई टाफ्रिकको आखाँ छलेर बसबाट झार्‍यो। बलियाहरू बार नाघेर दौडे। जाम खुल्यो। बीच सडकमा मलगायत अरू यात्रुहरू अलपत्र परे। तेज रफ्तारमा गुडिरहेका ठुला र साना गाडीहरूको बाक्लो ओहोरदोहोरले जिउमा हान्दै गाडीहरू कुदे। हामी अलपत्र पर्‍यौं।

बसले एक महिला यात्रुलाई बेसरी हान्यो पनि। चालकहरूले बीच सडकमा मर्न आएका भन्दै अपाच्य शब्दहरू बोली रहे। टाफ्रिक रिसाउँदै थियो, कुकुरहरू भन्दै हकार्दै गाली गर्दै।

त्यतिबेला मैले आफूलाई बिनालगामको पशु भएको अनुमान गरें। गाडीले मलाई पनि गोडामा नराम्ररी नै हिर्कायो। मलाई पनि म सभ्य नागरिक हुँ भन्न लाज लाग्यो त्यो दिन। साच्चै म पशु नै भएको अनुमान गरें। त्यसपछि त्यो गल्ती कहिल्यै गर्ने आँट गरिनँ मैले।

म दैनिक आफ्नो कार्यालयबाट घर फकँर्दा हात्तीसारबाट नेपाल यातायातमा चढ्छु। मलाई कोटेश्वर वारी ओर्लिनपर्छ। त्यहाँबाट मलाई आफ्नो स्टेसन जान सजिलो पर्ने भएकाले म गाडीकै ढोकामा उभिन्थें सजिलोका लागि। वारी नेपाल यातायात रोक्न ट्राफिकले नदिने भएकाले चालक र सहचालकले ट्राफिकको आँखा छलेर रोक्छ। मलाई थाहा थियो, यसैको फाइदा उठाउँदै चाडो आफ्नो गन्तव्यमा पुग्ने होडमा नियम र कानुनलाई मिचेर जथाभावी गाडीबाट हाम फाल्दै ओर्लेर हिँड्थे मलगायत मेरा साथीहरू। परिणाम स्वरूप धैरै दुःख पाइयो।

गाडी वारी नरोकी निकै पारी पुर्‍याउँदा मजस्ता भक्तपुर लोकन्थली साँगा बनेपा जानेहरूलाई गाह्रो र असजिलो नै छ। पुनः हिँडेर वारी नै आइपुग्न पर्ने हुन्छ र झनझटिलो पनि छ। यसले गर्दा बसका यात्रुहरू कराउछन्। हामीलाई जाममा झारिदेऊ भनेर। उनीहरू नमान्दा पनि? हामी सबै गुडिरहेको गाडीबाट ओलर्न तयार हुन्छौं। हामी हतारो गर्छौं।

चिट काट्छ, यहाँ रोक्न अनुमति छैन। सहचालकले यात्रुलाई भने पनि कसैले सुन्दैनन्। उल्टै बसका यात्रुहरू कराउँछन्-हिजो चढेको बसले त रोक्यो। सबै बसले रोक्छ। तिम्रो बस मात्र रोक्न नहुने सभ्य र भलादमीहरू नै कराउन थालेपछि ट्राफिकको आँखा छलेर सहचालकले गुडिरहेको गाडीबीच यात्रु झारिदिन्छ।

यस्तै आँखा छल्दा र नियम नै मिचेर काम गर्दा धैरै दर्घटनाहरू हुने गरेका छन्। एकै छिन रमाए पनि यसले समाजमा नकारात्मक सन्देश दिएको छ। यसबाट हामीले धेरै आपत्ति पनि निम्त्याएका छौं। यो झुलेका छौं कि २ मिनेट सहज र सजिलोका लागि हामी सबै गलत गरिरहेका छौं।

यस्ता नियम विपरीत रहेर कार्य गर्दा न आफूलाई न समाजलाई नै फाइदा भएको छ। नियम मिचेर जाममा झार्दा र झर्दा यसको असर के परिरहेको छ? यसले कति पीडा भोग्नुपर्छ? धेरैलाई थाँहा छ र भोगेका पनि छन्। दिनहुँ भइरहेको मन अत्याउने सडक दुर्घटनाका घटनाहरूका समाचारहरू सुन्दा आफैलाई घात लाग्छ। तर पनि सचेत हुन सकेका छैनौं हामी।

जीवन यात्राको क्रममा जानेर वा नजानेर नियम नै मिचेर धेरै काम गरिन्छन्। जसका कारण आफ्नो निजी जीवनको लक्ष्य प्राप्तिमा बाधा पुगेको छ। बाटो अलमलिन्छ वा अवरुद्ध हुन पुग्छ। नगर्नुपर्ने त्यस्ता कामहरूको लामो सूची हामीसगँ छन्। तर पनि हामी नचाहिँदो काम नै गर्छौं र दुर्घटना निम्त्याउँछौं। हामीले दैनिक रूपमा आईपर्ने त्यस्ता नियम विरुद्धका काम नर्गन वा सोचलाई बढवा नदिन सचेत हुनु आज जरुरी छ।

कतिपय मानिसहरूको स्वभाव सकारात्मक नै हुन्छ। म पाँच मिनेट चाँडो मिलाएर निस्कन्छु अनि मलाई हत्तार हुँदैन। म नियममा छु, मलाई डर छैन। यस्ता व्यक्तिहरूलाई दुःख र नोक्सानी त्यति बेहोर्नु पर्दैन। आफ्नो कुशलताको प्रदर्शन गर्दै सचेत हुन्छन्।

तर धेरै बठ्याइँ गर्दा पुर्पुरोमा हात लगाएर बसेकाहरू धैरै छन्। यात्रा गर्ने क्रममा भनिन्छ नि बिस्तारै गए पक्कै पुगिन्छ तर हत्तार गरे भन्न सकिन्न। हामी आँखा चिम्लेर हत्तार गर्छौं। दुई पाङ्ग्रे साधन होस् या चार पाङ्ग्रे, यसरी कुदाउँछौ कि आफ्नो ज्यान नै जोखिम राखेर दौडाउँछौं। जसले गर्दा धैरैको ज्यान पनि गएको छ। कतिको नोक्सानी भएको छ।

‘कतै खति भइहाले ट्राफिक नियम छैन। चालकको बुद्धि छैन भनेर दोष दिने या गुनासो गर्ने गर्छौं। तर हामी हाम्रो जिम्मेवारीबाट पन्छिएका छौं। ए यो त गलत हो, मैलै गर्नुहुन्न है। हामी गलत गरिरहेका छौं, यो चाहिँ म पनि गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ भन्ने बदलाव आफैमा आउन जरुरी छ,’ एक बस यात्रु बताउँछन्।

दैनिक यात्रा गर्दा चुनौती कठिनाइहरू धेरै छन्। समयमा नै आफ्नो गन्तव्यमा पुग्नु छ। यसैले हामी आत्मविश्वासले हिँड्छांै तर हाम्रो सानो लापरबाहीले ठुलो दुर्घटना निम्ताएको छ।

गाडी चढ्ने र ओराल्ने सजिलो स्टेसनहरू बनाएका छन्। तर यो कार्यान्वयन हुन नसक्दा धैरै गाह्रो भएको छ। यात्रुहरू पनि जथाभावी गाडी चढिदिने चालकले पनि मनलाग्दो ठाउँबाट यात्रु उठाउने गरिदिँदा समस्याहरू धैरै झेल्नुपरेको छ।

जोखिममा रहेर गाडीको यात्रा गर्ने, गुडिरहेको गाडिबाट हाम फाल्न खोज्ने, आफ्नो साधनलाई तेज रफ्तारले कुदाउने यस्ता कार्यहरूले सडकमा दुर्घटना मचाइरहेको छ। यस्तालाई देख्नेबित्तिकै कडा सजाय नभएर पनि यस्ता प्रकारको घटना दिनहुँ बढेको मान्न सकिन्छ।

ज्ञानेश्वरमा चारदोबाटोमा आफ्नो बच्चालाई बेवारिसे छोडेर आमा गफमा व्यस्त थिइन्। त्यो बच्चा यतााउति गर्दै सडकमा पुग्यो रफ्तारमा आएको बसले त्यो बच्चालाई जोगायो। ड्राइभर करायो। बच्चा आत्तिएर भुइँमा लड्यो। वरिपरिका मान्छेहरूले ड्राइभरलाई घेरे। अब यहाँ दोष कसको?

रक्सी खाएर ढलमल गर्दै मात्तिएर बीच सडकमा हिँड्ने अनि गाडीले हानी हाले ड्राइभरलाई दोष लगाउने र चालकसँग पैसा असुल्ने दाउमा हुन्छन् भने चालकले पनि नियम मिचेर काम गर्दा धैरै असर नपरेको पनि होइन तर चालक मात्र पनि गलत हुँदैन र यात्रु पनि यी दुवै सचेत भए भने दुर्घटना कम हुन सक्छ। फरक यत्ति हो, सबैले आफ्नो आफ्नो ठाउँबाट सचेत हुनुपर्‍यो।

चालकहरूको लापर्बाहीले पनि धैैरै खति नभएका भने होइनन्। नाबालक बच्चाहरूलाई टुहुरो बनाएको छ। कति आमाको काख शून्य बनाएको छ। कतिले शरीर गुमाएका छन्। यस्ता दृश्यहरू देख्दा मुटु भक्कानिन्छ। तर हामी बारबार यस्ता घटना निम्त्याउने प्रयास अझै गरिरहेका छौं। कतै आफ्नै कारणले कतै चालकका कारणले। यस्ता नचाहिँदा कार्यहरू अन्त गर्ने समय आएको छ।

बसलाई जबर्जस्ती गरेर रोक्न लगाउने जथाभावी बीच सडकमा हिँड्ने, लेन क्रस गरेर गाडी कुदाउने। सुरक्षामा खटिएका ट्राफिकहरूले नियम र कानुन सिकाउँदा वास्ता नगर्ने, मजाक बनाउने टाफ्रिकले रोक्दा रोक्दै भागेर बाटो क्रस गर्ने। आकाशे पुल हुँदाहुँदै फूलको हाँगा पन्छाउँदै पेटी पेटी हिँड्छौं, दौडिन्छौं। रफ्तार गुडिरहेको बीच सडकमा बेवारिसे पशु बन्छौं। यो गलत हो,एकैछिन धैर्य गरेर स्टेसनमा उत्रिएर जेब्राक्रसमा बसेर धैर्य गर्ने क्षमता हामीमा छैन। सभ्य नागरिकको परिचय दिन खोज्छौं तर हामी सभ्य कहाँ छौं र?

गाडी चालकले पनि ट्राफिक नियम पालना गरी गाडी चलाउने, जथाभावी यात्रु बटुल्ने र ओराल्ने काम नगर्ने, यात्रुहरूले पनि जथाभावी नियम मिचेर नचढ्ने नओर्लने, निश्चित ठाउँभन्दा जथाभावी बाटो क्रस नगर्ने, सकभर बाटो क्रस गर्दा आकाशे पुल प्रयोग गर्ने, आफ्नो बचाउ आफै गर्ने हो भने सडक दुर्घटनाबाट जोगिन सकिन्छ।

‘खती भइसकेपछि पछुताउनुभन्दा खती हुन नदिनु उत्तम उपाय हो। बिस्तारै गए पुगिन्छ, हत्तार गरे भन्न सकिन्न। यो कुरालाई चालक र यात्रु दुवैले मनन गर्ने बेला भएको छ,’ एक ट्राफिक प्रहरी बताउँछन्।  

प्रकाशित: २६ कार्तिक २०७९ ०१:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App