२१ आश्विन २०७९ शुक्रबार
विचार

खहरे खोला: हाम्रो भाग्य

जल, जंगल र जमिन नेपालको भाग्य तर उखान छ-जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड। लेखनाथ कविले हामीलाई भन्नुभयो: पढि त वर्गको वर्ग अन्त खाली वन भाग्यशालीमा गरीब हांका हांकी छैन यथार्थ हांक। हामी बराबर भन्ने गरेका छौँ कि बुद्धि र देशभक्ति हाम्रो सोचाइ हुनुपर्ने। विकासमा ठूला केन्द्रले र साना मझौला स्थानीयले पानीको थोपाले बाढी ल्याउँछ। हाम्रो राष्ट्रको जनताको आनीबानी हेरी स्यानामा काम गर्न चासो राख्छ।

सुरुको स्यानो कामले पनि ठूलो उपलब्धि हासिल हुन्छ, हेर मलेसियालाई। मोहमद महाथिरले मलेसियामा जनतालाई उनान्सयको घेरा अर्थात मानिसलाई लोभी बनाइदिए। मानिस काम गरिहाल्छ। नेपाली कृषकको खेती किसानी पट्टकै लाभलायक छैन, पीडादायी छ, समयमा मल जल पाइँदैन, नयाँ बाटो लिनैपर्दछ।

निजले धान खेतीको सट्टा सुरु गर्‍यो पाम आयलको रोपाइँबाट। खेत तयार पार्‍यो, बिरुवा तयार गर्‍यो। काम गर्ने मानिसको जिम्मा लगाउँदै भन्यो–यो खेत, बिरुवा खर्च र साधन दिन्छु, पाम आयल हुर्काउ, यो तिम्रै सम्पत्ति हुनेछ। तिमीले बुद्धि लगाएनौ र काम भएन भने सरकारी खर्च तिम्रो घर घरानाबाट असुलउपर हुनेछ। यता धन प्राप्ति उता डर। अल्छी जातको मलेसियालीलाई बुद्धिमान र कमाउने बनाइदियो। मेहनत गर्‍यो, पाम हुर्कियो, सुखी भयो। यस्तै किसिमबाट पछि उद्योगधन्दा र व्यवसायमा लागु गर्दै मलेसियालाई युरोप बनाइदियो। पाम आयलको समस्या फल भएमा मुसा लाग्ने र फल खाइदिने। मुसा समाप्त पार्न सर्प पाल्ने। सर्प पनि उपयोगी। छाला धेरै महँगो। यसप्रकार पाम आयलको घेराको साथ सर्पको पनि खेती भयो। उता खानका लागि चिनियाँले सर्प चोर्ने भए। चोरी रोक्न नेपाली पाले तैनाथ पारे। सर्पको टोकाइबाट केही नेपालीको मृत्युसमेत भयो। सर्प बढे चिनियाँलाई बिक्री गरी केही आर्जन पनि गरेको हो।

उद्यम यसै उदाहरणका साथ खहरे खोलाको महत्त्व दर्शाउन प्रयास गर्दैछौँ। पहाडमा खहरे खोला प्रशस्त हुन्छ। वर्षातमा उखान छ-खहरे खोलाले पनि मानिस बगाउँछ। काठमाडौँ उपत्यकामा प्रयोग गरे हराभरा वन जंगल र पानीको समस्यामा पनि प्रशस्त पूर्ति हुन्छ। खहरे खोलाको ठाउँ ठाउँमा स्याना ठूला पोखरी वा जलाशय बनाइ माछाको भुरा हुर्काउँ। जेठ, असार, साउन, भदौ, आश्विनसम्म पानी हेरी माछा हुर्काउँ। जेठ, असार, साउन, भदौ, असोजसम्म पानी हेरी माछा हुर्काउँ। स्यानो माछाको शत्रु धेरै हुन्छन्, हुर्केको माछाले आफनो बचावट गर्न सक्ने पनि हुन्छ। यता माछाको भुरा हुर्काउँ। उता खहरे खोलामा वन जंगल, झारपात लगायत र खेतमा सुक्खा याममा पात पतिङ्गर र अन्य पदार्थ जम्मा भइरहेको हुन्छ।

वर्षातको पानीले मलदार ती वस्तुलाई बगाई खहरे खोलामा पुर्‍याउँछ। मलदार पानीसमेत खेतबारीमा जम्मा भई झारपातसहित अन्य पदार्थका साथै कीरा र तिनीहरूको अण्डा पनि बगेर खहरे खोलाको माध्यमबाट पोखरीमा जम्मा हुन्छ। वर्षातको पहिलो पानी खाद्यको साथै खाना खाने पदार्थ पनि उपलब्ध हुन्छ। माछाको भुरा हुर्कन्छ। माछाको बिष्टाले पानी झन मलदार हुन्छ। माछा केही ठूला भए। ठूला नदीमा लैजानूस् वा आफूले बनाएको पोखरीका लागि खान योग्य ठूला माछा बनाउनोस्। उता पोखरीको पानी अर्थात मलदार पानी प्रयोग गरी खेतीबारी उब्जाउ बनाउनोस्। रासायनिक मल होइन, यो पानीमा घुलन भएको मल अर्गानिक मलको लाभ उठाउनोस्। माथिदेखि तलसम्म पानीको हिसाबबाट स्याना ठूला कैयौँ पोखरी र जलाशय तयार हुन्छ। माछा मात्र होइन, पोखरीको पानीले धेरै ठाउँसम्म चिसान पार्छ। फलस्वरूप खेत, रुख, बिरुवा सबै हरियोभरियो हुन्छ।

खहरेको पानीबाट बनाइएको पोखरीले माछा मात्र होइन, सिँचाइको काम पनि गर्छ। पाइप लाइन सिँचाइ अर्थात स्प्रिङ सिस्टम (फोहरा) बाट सिँचाइ गर। पानी सञ्चित गर र साथै हावामा अनेकौँ काम लाग्ने पदार्थ हुन्छ। विशेष गरी युरिया मल र अक्सिजन हुन्छ। फोहरा सिस्टमबाट ती तŒवले खेतलाई ऊर्वर बनाउँछ। साथै तलबाट पानी पठाउँदा माटो कडा हुन्छ। जरालाई कठिनाइ पर्दछ। फोहरा सिस्टमले माथिबाट पानी हाल्दा तलको माटोलाई कडा पार्दैन। माटो हलुका हुन्छ, थोपा सिँचाइ योजना गरे जरामा पानी जान्छ। माटोको हल्कापनलाई उपयोग गरी बिरुवा छिटो बढाउन सकिन्छ। बाँध बाँधी नहर बनाउँदा खर्च लाग्ने। पोखरीमा पानी पुर्‍याउनेसम्मको व्यवस्था गरे नहर बनाउन आवश्यक हुँदैन।

नहर निर्माणमा जग्गा प्रयोग हुने र नहर टुटफुट हुने, पाइप सिस्टमबाट टुट्ने सम्भावना कम हुन्छ। नहर प्रणालीको एउटै फाइदा हो–सूर्य किरणको अति महत्त्व छ। पानी बगे सूर्य किरणको लाभ थोरै हुन्छ। पोखरीमा पानी जम्मा गरे सूर्य शक्तिको पनि लाभ हुन्छ। पोखरीको पानी पनि सूर्य र हावाबाट उडी माथि जान्छ। माथि गएको पानी (भाष्य) पनि बोटबिरुवाको पात, फूल र फललाई लाभ पुर्‍याउँछ। वातावरणलाई पनि रसिलो बनाउँछ। खर्च कम, लाभ धेरै। खहरे खोला पहाडी क्षेत्रमा प्रशस्त हुन्छ। नहरको काम गर्छ। पानी माथि तल दुवै ठाउँमा जान्छ। तल गएको पानीले पानी खाने समस्या पनि धेरै हल हुन्छ। ठाउँठाउँमा मूल फुटी खानेपानी प्रदान गर्छ। साथै साना साना माध्यमबाट पानीको प्रवेश धेरै ठाउँमा पुग्छ। वन बुटेनलाई पनि बिनापाइप बिनानहर पानी पुगाइरहन्छ। हराभरा खेत, हराभरा जंगल, सुन्दर नेपाल, शुद्ध हावा र वातावरणले पनि लाभ उठाउन सकिन्छ।

खहरे खोलाले बग्ने ठाउँ पनि परिवर्तन गर्छ। पहिरो जाने संभावना बढी हुन्छ। खहरे खोलाको दुवै किनारमा बाँस, निगालो र खर आदि रोपे खहरे खोलाले बाटो बिराउँदैन। घेराबन्दीमा पर्छ। बाँसको जरा पानीमुनि पनि जान्छ जसले गर्दा पानीमुनिको जमिन पनि प्रयोगमा आउँछ। उखान छ-गंगा नदी ठूलो छ तर बाढी ल्याउन सक्दैन। पानीको बुँदले बाढी ल्याउँछ। पानीको बुँदलाई खहरे खोलाले पोखरीमा जम्मा गर्छ। बाढी नियन्त्रण मात्र होइन, तलको नदीमा पानीको पूर्ति पनि समान रूपमा गर्छ। आज जाडोमा बर्फ नपग्लने र पानीको वर्षा नहुने। विद्युत् गृहमा पानीको कमी। खहरे खोलाको पानी पोखरी वा जलाशय बनाइराखेमा पानी निरन्तर प्राप्त भइरहन्छ। हराभरा नेपाल स्वर्ग बनाऔँ।

बाढीले हामीलाई मात्र बर्बाद गरेको छैन। भारतसमेतलाई सालसालै धेरै नोक्सान पुर्‍याइरहेको छ। बुँद बुँदले बाढी ल्याउँछ भने सो पानीको बुँदलाई खहरे खोलाको माध्यमबाट पोखरी वा जलाशयमा जम्मा गरे बाढीबाट हुने नोक्सानीबाट पनि बाँचिन्छ। पहाडी क्षेत्रमा पानीको जगेर्ना गरे चुरे क्षेत्रमा पनि चिसान र पानीको जगेर्ना स्वाभाविक रूपमा हुन्छ। पानीले आफ्नो समानस्तरको जग्गामा पानी पुर्‍याउँछ। पहाडको उचाइको पनि समानस्तरको सिद्धान्तअनुसार चुरेको उच्च क्षेत्रमा पनि चिसान र पानी पुर्‍याउँछ। चुरे क्षेत्रबाट तयार भएका खहरे र नदीले बढी समयसम्म पानी पाउँछ। जसमा चुरे पहाडको खहरेलाई पनि माथि लेखिए अनुसार व्यवस्थित गरे तराईको भूभागले पनि पानी र चिसान निरन्तर पाइरहन्छ।

हाम्रो हिमालदेखि पहाड साथै तराई क्षेत्रको पानी गंगा नदी किनारसम्म पुग्छ। भारतलाई पनि हराभरा पार्छ। हामीले पढेका थियौँ, पन्जावमा भूमिगत पानीको दोहन ट्युबवेलले समाप्त पार्‍यो। भूमिगत पानी अभावमा सिँचाइ गर्नमा अभाव भयो। यसप्रकार हामी छिमेकी भारतलाई पनि माथिका पानी मात्र होइन, भूमिगत पानीले प्रदान गरी बाढी नियन्त्रण र सुक्खा भूमि ऊर्वर बनाउन सकिन्छ। भारतको वातावरण ठीक भए हावाले ल्याएको शुद्ध हावाबाट हामी पनि लाभदायक हुन्छौँ। यस पुनित कार्यमा भारतले पनि लगानी गर्नेछ।

पहाडमा पोखरी र जलाशय निर्माण गर्दा वैज्ञानिक ज्ञानको पनि अति आवश्यक हुन्छ। भनाइ छ-विनाशले पनि विनाश ल्याउँदा प्राकृतिक साधन स्रोतलाई प्रयोग गर्दा वैज्ञानिक आधार तथा ज्ञान बुद्धि अति जरुरी छ। यसतर्फ अनुसन्धानसमेत गर्ने गरी खहरे खोला हाम्रो प्राकृतिक सम्पदा हो, धन हो उचिततवरबाट प्रयोग गर्‍यो भने।

माथि हामीले मलेसियाको विषय उठाएको किनभने कुनै पनि राष्ट्रको विकास बुद्धि र देशभक्तिका साथ प्राकृतिक सम्पदाको प्रयोग हो। जनताको मनोविज्ञान संस्कारलाई विचार गर्दै जनतालाई भार बोकाउँदै जनसहयोग अति जरुरी हुन्छ। माथि उल्लिखित प्रयास जनताको श्रम र धनले पूरा गर्न सक्छ। केवल सरकारको काम अनुसन्धानका साथै जनतालाई काम लगाउनु हो। व्यावसायिक व्यवस्था (एम.बि.ए.)ले भन्छ, काम नगर, काम गराऊ। व्यवस्थापनको मूल जड नै हो जसलाई अंग्रेजीमा मेनेजमेन्ट भनिन्छ। विज्ञको सहयोगको महत्त्व राख्छ।

(भण्डारी-वरिष्ठ अधिवक्ता, अमात्य-अधिवक्ता र दाहाल-राजनीतिकर्मी)

प्रकाशित: ७ आश्विन २०७९ ०६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App