१० असार २०७८ बिहीबार
विचार

प्रतिजैविक सहनशील जीवाणुको बिगबिगी

जीवाणु ढुसी तथा एकटोमाइसेट तथा सूक्ष्म जीवाणुबाट उत्पादित तत्वलाई एन्टिबायोटिक प्रतिजैविक भनिन्छ। जसले जीवाणु तथा ढुसीजन्य मानिस तथा पशुपक्षीका रोगका कारक तत्वलाई मार्ने वा तिनको रोग लगाउने क्षमता न्यून गर्ने क्षमता राख्छ।  

एलेकजान्डर फ्लेमिङले इ.सं. १९२० पेनिसिलिन नामक प्रतिजैविकको आविष्कार गरेपछि मानिसका घातक रोगमा यसको सफल प्रयोगको प्रमाणपछि समग्र मानिसको रोग उपचारमा संलग्न चिकित्साकर्मीका लागि एन्टिबायोटिकको प्रयोग रामवाणसरह हुन पुग्यो। जसले गर्दा मानिसको दीर्घ जीवनको आधार पनि।

पेनिसिलिनको आविष्कारपछि क्रमशः जीवाणु मार्न वा तिनको वंश वृद्धिमा अवरोध पु¥याउने क्षमता भएका विभिन्नखाले जीवाणुविरुद्ध प्रयोग गर्न सकिने प्रतिजैविक एन्टिबायोटिकहरू क्रमशः आविष्कार भएका छन्। जुन प्राकृतिक वा प्रशोधित रसायनका रूपमा आज उपलब्ध छन्।

यी प्रतिजैविक मानिसको रोग व्याधिको उपचारमा मात्र प्रयोग गरिन्न बरु पशुपक्षीको रोग व्याधिको उपचारका साथी पशुपक्षी पालनका विभिन्न क्षेत्र तथा अवस्थामा पनि प्रयोग गरिन्छ जसले पशुपक्षीका स्वास्थ्य सुरक्षा मात्र गर्दैन बरु उत्पादन तथा उत्पादकत्व वृद्धिमा समेत टेवा पुर्‍याउँछ।

जसका कारण आममानिस चिकित्साकर्मी तथा स्वास्थ्य प्राविधिक एवं पशु स्वास्थ्यकर्मी तथा पशु स्वास्थ्य प्राविधिकमा मानवीय एवं पशुपक्षीजन्य जुनसुकै स्वास्थ्य प्रतिकूलताको एउटै समाधान यै एन्टिबायोटिक प्रयोग हो भन्ने भ्रम परेको छ। यसरी निष्प्रयोगका कारण, एन्टिबायोटिकको उति उपयोग तथा दुरुपयोग न्यून उपयोगका कारण हिजो प्रतिकूल स्वास्थ्य अवस्थाको सफल उपचार गर्न प्रयोग गरिने यो अचुक अस्त्र आज आफैँ निष्प्रभावी मात्र भएको छैन। 

वातावरण एवं पर्यावरणमा विचरण गर्ने मानव तथा पशुपक्षीको स्वास्थ्यमा प्रतिकुल असर पार्ने जीवाणु तथा ढुसीमा यी एन्टिबायोटिकको प्रभावप्रति सहनशीलताको क्षमता विकास भएको छ। यसरी जथाभावी प्रयोग गरी गराइएको एन्टिबायोटिकका कारण आज स्वास्थ्य उपचारमा व्यर्थको व्ययभार मात्र थपेको छैन। जनस्वास्थ्यकर्मीका लागि स्वास्थ्य सेवा प्रवाहका सचेतनाका लागि इ.सं. १९२० कै स्थिति छ।  

पशु स्वास्थ्य एवं पशुपक्षी उत्पादनमा एन्टिबायोटिक

मानिसका विभिन्नखाले रोग व्याधिको सफल उपचारमा प्रयोगपछि यी प्रतिजैविकको प्रयोग पशुपक्षीको रोग व्याधिको उपचारमा पनि प्रयोग गरिन थालियो। आजको स्थितिमा पशु चिकित्साकर्मी, पशु स्वास्थ्य प्राविधिकको त के कुरा, ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता अनि स्वयं पशु पालक कृषकसमेतका लागि आज बजारमा उपलब्ध प्रतिजैविक पशुपक्षीका जुनसुकैखाले स्वास्थ्य प्रतिकूलताको उपचार गर्ने अचुक ब्रह्मास्त्र हुन पुगेको छ। के कारणले रोग लाग्यो भनी उचित एवं वैज्ञानिक रोग निदान गर्ने÷गराउने फुर्सद कसैलाई छैन किनभने छिमेककै एग्रोभेटमा हलैन्ड, पोलैन्ड, इङलैन्ड र अमेरिकामा बनेका प्रतिजैविक उपलब्ध छन्।  

अझ डरलाग्दो स्थिति पशुपक्षी पालन क्षेत्रमा यो भ्रमको कारण छ– यो प्रतिजैविक पशुपक्षीलाई प्रयोग गराइमा छिट्टै तौल बढी पशुपक्षीको प्रजातिअनुसार समयअगावै हल्लक्क बढ्ने, उत्पादन दिन्छ भन्नेमा जबकि यी प्रतिजैविकको स्वास्थ्य पशुपक्षीमा प्रयोग गर्दा/गराउँदा कसरी उत्पादन उत्पादकत्व, तौल बढ्छ/बढाउँछ भन्नेमा आजको एक्काइसौँ शताब्दीमा पनि पशु चिकित्साविद्ले भेउ भएका छैनन्। यो त हाम्रो आफ्नो परिवेशमा सीमित आर्थिक स्रोतको दुरुपयोगमात्र हो।  

पशुपक्षीको शारीरिक वृद्धिका लागि प्रयोग गर्ने÷गराइने यी प्रतिजैविक पशुपक्षीका दाना पानीका माध्यमबाट प्रयोग गर्ने गराइन्छ। यसरी दानामा मिसाएर प्रयोग गराइएका प्रतिजैविक ८०% त पशुपक्षीका मलमूत्रमा निष्प्रयोजन विसर्जन भएर जाने गरेको प्राज्ञिक तथ्य भेटिन्छ। यसबाट हुने आर्थिक अपव्ययको मूल्यांकन गर्ने फुर्सद किन पर्‍यो ? किनभने हामी आर्थिकरूपमा सबल छौँ। यसरी खास जीवाणु लागी क्षति पुर्‍याउने वा तिनको संख्यामा वृद्धि न्यूनीकरण गराउने आवश्यक मात्रा भन्दा कम प्रयोग गराइएका पशुपक्षीमा भएका ब्याक्टेरियामा सहजरूपमा एन्टिबायोटिकको प्रभावकारिताप्रति सहनशीलताको विकास हुन जान्छ। जुन पशुपक्षीजन्य उत्पादन, दूध, फूल, मासुका रूपमा जनसमुदायको खाद्य शृंखलामा प्रवेश गरी मानिसको स्वास्थ्यमा जटिलता उत्पन्न गराउँछ। आज जनस्वास्थ्यकर्मीको चिन्ता र चासो यतिमात्र हो।  

प्रतिजैविक सहनशील जीवाणुको उत्पत्ति र समस्या  

जीवाणु मार्ने वा यिनको संख्यामा वृद्धि न्यून गर्न चाहिने भन्दा कममात्र अवधि अनि उपयुक्त संवाहनमा प्रतिजैविक गरियो वा गराइयो भने कालान्तरमा जीवाणुहरूले यी प्रतिजैविकलाई सहज पचाइ आफूमा यिनको प्रभावकारिताविरुद्ध सहनशीलताकै क्षमता विकास गर्छन्। यसरी जथाभावी न्यून मात्र अवधि अनि उपयुक्त संवाहनमा प्रयोग गरी/गराइ प्रतिजैविक प्रयोग गराइएका पशुपंक्षीबाट प्रतिजैविक सहनशील जीवाणु ती पशुपक्षीको मलमूत्र हुँदै वातावरण एवं हाम्रो पर्यावरणमा समाहित हुन पुग्छन्। 

माटोमा यसरी पुगेका जीवाणुले माटो पानीमा हुने जीवाणुलाई आफूले प्राप्त मलमूत्रबाट तयार हुने जैविक मलले प्रतिजैविक सहनशील जीवाणुको क्षमता वृद्धि गर्न झन मद्दत पुर्‍याउँछ। यस्ता प्रतिजैविक सहनशील जीवाणु प्रदूषित कृषि भूमिबाट यी जीवाणु हाम्रा खोलानाला, तालपोखरीको बाटो लागे भने वा वर्षाको भेलमा बगे भने खानेपानी संस्थानले प्रशोधित गरेको पानी अनि जति नै शुद्ध, स्वच्छ र स्वास्थ्य भनेको मिनरल पानी हाम्रो खाद्य शृंखलामा नपुग्ला भन्न सकिन्न। 

त्यसो भए हिजो यो जीवाणुलाई यो प्रतिजैविक त रामवाण भनेको त आज भुत्ते हुन पुग्यो भने के आइतबार कुर्ने ? त्यसैले पाल्यौँ कुखुरा, बेच्यौँ शून्य। आज काठमाडौँ खाल्डोमा कुखुरा पाल्ने कृषकको गुनासो छ। अझ दूध पालक कृषकको त गुनासो बेग्लै छ। थुनेलो हुनु भन्दा पहिले एउटा गाईको दूध बेच्दा महिनाको आम्दानी ९ हजार, थुनेलो भएपछि औषधि खर्च दिनको २ हजार। तै पनि बिरामी निको हुन मान्दैन। बंगुर पालकको कथा के यो भन्दा फरक होला ?

यसको जनस्वास्थ्यसँग सरोकार

यसरी वातावरण पर्यावरणमा प्रतिजैविक सहनशील जीवाणुको स्वच्छन्द विचरणले मानिस एवं पशुपक्षीको स्वास्थ्यका लागि ठूलै चुनौती सिर्जना गरेको छ। यसरी सिर्जना भएको स्वास्थ्य प्रतिकूलताका कारण लामो उपचार खर्च, रोग निदानका लागि लाग्ने समय अनि खर्च अझ जति गर्दा पनि उपचार निष्प्रभावी हुनुको साथै मानवीय एवं पशुपक्षीको मृत्युबाट हुने क्षतिबारे सोच्नुपर्ने बेला भएको छ। अझ कतिपय प्रतिजैविक पशुपक्षीको तौल वृद्धि उत्पादन एवं उत्पादकत्व वृद्धिका लागि प्रयोग गर्ने/गराइने गरिन्छ, ती मानिसको स्वास्थ्य प्रतिकूलतामा प्रयोग गरिने समूहसँग मिल्दाजुल्दा हुन्छन्। 

त्यस्ता पशुपक्षीबाट प्राप्त हुने उत्पादन नियमित प्रयोग गरेका बिरामीमा फेरि त्यही समूह अनि प्रकार एवं प्रकृतिको प्रतिजैविक बिरामी जनसमुदायलाई प्रयोग गरियो/गराइयो भने के बिरामी निको होला ? खर्च मनग्गै अनि बिरामी आर्यघाट पुर्‍याउनुपर्‍यो भने चिन्तित आफन्तले गर्ने भनेको नर्सिङहोम अनि माग्ने क्षतिपूर्ति, नत्र विगत महिना थापाथलीको प्रसूति गृहमा किन हुन्थ्यो त्यो दुर्घटना  त्यसैले आज विश्वमा चर्चा छ एमएआरएसएको बृहत् औषधि सहनशील स्टाफाइलो कोकस ओरियस जीवाणुको। हिजो मेथिसिलिन नामक प्रतिजैविक यसका लागि रामवाण भनिन्थ्यो आज भुत्ते भएको छ। अझ इन्टेरोकोकस फिकालिसका लागि अत्यधिक प्रभावकारी भनेको भिर्गाेमाइसिन भुत्ते हुन पुग्दा यसका आविष्कारक चिन्तित छन्, विकल्पको खोजीमा।  

मानिसबाहेक पनि सालमोनेलका कम्पाइलो व्याक्टर, इ.को लाई, पास्टुरेला जस्ता पशुपक्षीका घातक जीवाणुले आज बजारमा उपलब्ध सातौँ पुस्ताका एन्टिबायोटिकलाई टेरपुच्छर नलाउँदा त्रिपुरेश्वरतिरका भेटेरिनरी कम्प्लेक्सका विज्ञ त द्विविधामा छन् नै, साथै एग्रोभेट सञ्चालक त उधारो खाता केलाएर दिन काट्दैछन् रे। यस्तो विकराल अनि कहालीलाग्दो समस्या निराकरणका लागि युरोप, अमेरिकातिर सन् २००० देखि पशुपक्षी पालन क्षेत्रमा दाना पानीमा एन्टिबायोटिकको प्रयोग तौल वृद्धि, उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि प्रयोगमा निषेध एवं प्रतिबन्ध कानुनीरूपमा गरिएको छ। त्यसैले त्यहाँका एन्टिबायोटिक हाम्रा बजारमा सर्वसुलभ।

विकल्प के त ?

यसरी पशुपक्षीमा अव्यवस्थित, अनियन्त्रित अनि अवैज्ञानिकरूपमा एन्टिबायोटिकको अति प्रयोग न्यून प्रयोग झन् निष्प्रयोजन दुरुपयोगले समग्र मानव स्वास्थ्यमा पुर्‍याउन सक्ने अकल्पनीय स्वास्थ्यजन्य क्षतिबारे आज चिकित्साकर्मी अनि पशु चिकित्साकर्मी गम्भीररूपमा चिन्तित भएका पाइन्छ। सरोकारवालाबीच सचेतना कार्यक्रम तथा यसको प्रयोग गर्ने/गराउनेबारे आचारसंहिता नै लागु र्ने हो कि ? यसबाहेक कस्तोखालको पशुपक्षी, के कारण बिरामी परेका वैज्ञानिक निदानपछि कुन तहको प्राज्ञिक क्षमता, दक्षता भएका व्यक्तिले सिफारिस गर्ने भन्ने पनि निक्र्यौल गर्नुपर्ला।  

आज सर्वसाधारण पशुपक्षी पालन क्षेत्रमा संलग्न व्यवसायी, पशु चिकित्साकर्मी, पशु स्वास्थ्य प्राविधिक मनोवैज्ञानिकरूपमा एन्टिबायोटिक प्रयोग नगराइ बिरामी निको हुँदैन भन्ने मानसिकता बोकेर बसेका बेला यसको विकल्पबारे प्राज्ञिक एवं सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ। यसका लागि:

१) कृषि तथा पशुपक्षी पालन क्षेत्रमा प्राज्ञिक एवं वैज्ञानिकरूपमा जीवाणुजन्य रोग निदान नगरी एन्टिबायोटिकको प्रयोग निषेध गर्ने। प्रयोग गरे÷गराइए कानुनीरूपमा दण्ड सजायको भागी हुनुपर्ने कानुनी व्यवस्था।

२) राज्यको पशु चिकित्सा परिषद्मा दर्तावाल पशु चिकित्सा विज्ञानमा न्यूनतम स्नातक तह उत्तीर्ण पशु चिकित्सकबाहेकले एन्टिबायोटिक सिफारिस गर्न/गराउन नपाउने वैध कानुनी व्यवस्था।

३) कृषि तथा पशु पालन क्षेत्रमा के÷कस्ता अनि कति संख्या, कति अवधि एन्टिबायोटिक प्रयोग गर्ने/गराउने गरेको छ जुन साधारणलाई लोक कल्याणकारी कार्यका रूपमा सार्वजनिक गर्नु/गराउनुपर्ने व्यवस्था राज्यले गर्नुपर्‍यो।  

४) मानवीय जनस्वास्थ्य कार्यालयले कृषि क्षेत्रमा के÷कस्ता एन्टिबायोटिक कृषि अनि पशु पालन क्षेत्रमा प्रयोग गर्ने/गराइने गरिएको छ सोबारे जनसमुदाय अनि चिकित्साकर्मीलाई यथोचित सूचना प्रवाह गर्नुपर्ने कानुनी व्यवस्था हुनुपर्ने।

५) पशुजन्य उत्पादन थलोमा प्रतिजैविक सहनशीलतासम्बन्धी निगरानीको कानुनी व्यवस्था गर्ने। यसको प्रस्थान विन्दु, वधस्थल, वधशाला, दुग्ध संकलन केन्द्र अनि फूल बिक्री केन्द्र अनि फ्रेस हाउसमा वधशाला तथा मासु जाँच ऐन कार्यान्वयन गर्ने। पूर्वाधार विकास गर्ने।

६) यसबारे अध्ययन/अनुसन्धान राज्यको प्राथमिकतामा पर्नै पर्छ। जसका लागि यथेष्ठ आर्थिक स्रोत, प्राविधिक विकास, भौतिक साधन, तालिम, अध्ययन, अवलोकन भ्रमण आदिबारे राज्यतर्फबाट सोच्नैपर्छ। 

प्रकाशित: २१ जेष्ठ २०७८ ०९:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App