२४ वैशाख २०८१ सोमबार
image/svg+xml
विचार

कुडा कर्णालीका, रैवार माण्ठाका

राष्ट्रिय राजनीतिमा कर्णाली प्रदेशले यस्तोे सन्देशदेला भनेर कसैले चिताएकै थिएनन्। दुई महिनापहिलेकर्णाली महोत्सव‘कुडा कर्णालीका’ माखसहरूले खासखुसगर्दा माण्ठाहरूले केन्द्रीय राजनीतिकै क्याल्कुलेटरध्वस्त गर्देलान्भन्नेकुरा राजनीतिक ज्योतिषि र चाणक्यको दिमागमै थिएनन्। कर्णाली नयाँ व्यवस्थाको नजिर बन्यो जस्ले यस्तो हस्तक्षेप गरेर व्यवस्था,राजनीतिक संस्कृतिमा गम्भीर पहलमात्रै लिएन,समग्र व्यवस्था, पार्टी र राजनीतिक संस्कृतिमै नयाँ बहस गर्न बाध्य पनिबनायो।

इतिहास र करेन्ट  

तैमुरलङ्गलाई हरिद्वार, मोहन दर्रामा जुम्ली नरेश वत्सराज शाहीले विजय हासिल गरेपछि त यो क्षेत्रकै पुरानो भूराजनीतिक इतिहास फेरिदिएको थियो। खस संस्कृति र मस्टो परम्परामा कर्णाली कहन्छ। कर्णालीको पानीमा जति अन्डर करेन्ट छ,उसको इतिहास पनि त्यत्तिकै गौरवमय छ। कर्णालीले ३ पटक उसबखतको नेपाललाई आक्रमण गर्‍यो, त्रिशूली नदीसम्म त अधिपत्य नै जमायो। उत्तरमा तिब्बतीजडानका ४ जिल्लादक्षिणी भाग, पश्चिममा काँगडा पुगेकै थियो। दक्षिण गया र इलाहावादमा अझै पनि शीलालेख छन्।तिरोभरो असुलेकै हो।  

४३सालको कुरा हो– चियाङ माइ विश्वविद्यालय, थाइलैन्डका अध्येताहरूले जुम्ला एउटैजिल्लालाई सदुपयोग गर्नसके बाँकी नेपालको कायापलट गर्नसक्छ भन्ने थियो। सुन कर्णालीमा बगाएर नूनको खोजीमा भौतारिएको कर्णालीले अहिले भने राष्ट्रिय राजनीतिमै नयाँ मानक स्थापा गर्‍यो।  

सही बाटो छेकियो भने गलतबाटो जोकोहीले पनि समात्छ। गलत गन्तव्यपुग्ने परिस्थिति र विवशता शक्तिले तयार गरेपछि  व्यवस्थामै संकट आउनेगर्छ। नेतृत्वको अदूरदर्शिताको मूल्य युगले भुक्तान गर्नुपर्छ। जब संकट आउँछ तबमात्र नाङ्गो अवस्था देखिन्छ र चिनिन्छ।  

सोच्नेको तरिका फेरिएन

मलाई असहमति औधी मन पर्छ। कुरा अघिबढाउने मौका पाइन्छ। देश र समाजबारे सोच्नु कुनै राजनीतिक दल वा नेताको बपौती हुँदैन्। जुन समाजको सामाजिक व्यवस्था जनवादी मूल्यमा टिकेको हुँदैन, त्यहाँ हरेक सामाजिक र राजनीतिक संस्था कमजोर हुन्छन्। त्यसले सोचलाई पनि प्रभाव पार्दै तानाशाह, निरंकुश र स्वेच्छाचारी प्रवृत्तिका अगुवा जन्मने आधार तयार बसिकेको हुन्छ।धेरैजसो मान्छेलाई त्यो स्वीकार्ने बानी पनि पर्दैजान्छ। 

विवेकमा भएको यसै गम्भीर त्रुटिका कारणसिद्धान्तको राजनीति फेरिएर सुविधाको राजनीतिपुग्दा सामाजिक सरोकार र दायित्वको विषयराजनीति नबन्दा महँगो हुन जान्छ। यसकारण हाम्रो अमानवीय हुँदै गएको समाजमा दुःखको पनि हत्या भइरहेको हामी पत्तै पाउँदैनौँ।  

दुई वर्षदेखि सरकारी नेकपाको अन्तरकलहमा देश बन्धकी रह्यो। अहिले भने व्यवस्थामै संकट आइसक्यो। अंशमा सकिने कि समग्रमा सकिने! दुवै नेकपाभित्रको गम्भीर चुनौती हो। सुरक्षा र डरका कारण भ्रमित सत्यमा फस्न मान्छे बाध्य हुन्छन्, तीतो सत्य स्वीकार्न सक्दैनन्। अनपढभन्दा अज्ञानी शासक देश र समयका लागि खतरनाक हुन्छन्।  

सुरक्षा र डरका कारण भ्रमित सत्यमा फस्न मान्छे बाध्य हुन्छन्, तीतो सत्य स्वीकार्न सक्दैनन्। अनपढभन्दा अज्ञानी शासक देश र समयका लागि खतरनाक हुन्छन्।

पुस्तकमा रहेको विचारलाई समाजमा कसरी फेर्ने भन्ने योजना नहुँदा इच्छा र कामनाले मात्र समाज परिवर्तन नहुँदोरहेछ। उज्यालो बनाउन सकिन्छ तर घाम बनाउन सकिन्न। सामान्य अवस्थाले मात्र व्यवस्था फेरिएको थिएन। फेरिएको सरकार मात्र थिएन,सत्ता थियो। बारुदको ढिस्कोमा सलाइ कोरेर लगाइदिनु चानचुने विषय नै थिएन। तर परिवर्तनका राप र ताप सेलाउँदै गएपछि फेरिनुपर्ने सोच हुन्थ्यो, त्यसले राजनीतिक संस्कृति फेरिन्थे। आँखा भएर पनि दृष्टि नहुनेले परिवर्तन स्वीकार्न सकेनन्।सत्ताको लालचमा नयाँ शक्तिले गन्तव्य भुल्दै गए। पुरानाशक्तिले भ्रमितसत्य फैलाउँदै गए। तबसिर्जनात्मक बहस तपसिलमा पर्दै गएपछि कर्णाली हुनैपथ्र्यो, भयो।

जुन व्यक्ति वा संस्था स्वयंका मान्यता, आदर्श र सम्मानमा बस्न सक्दैन,समयसँगै त्यो घृणित बन्दैजान्छ। आफ्नै  दिमागले काम गर्न नसकेपछि अरूका दबाबमा निर्णय प्रभावित हुन्छन् नै। तर त्यसले आमस्वीकृति पाउनुपर्छ भन्ने सोच शासकका मिथ्याविश्वास बन्छन्। राजनीतिक मालिकका हुकुमलेकर्मचारीतन्त्र, पुलिस, सेना र न्यायालय मात्रै हाँकिन्छन्। योभन्दा बाहेकका चेतनशील नागरिक पनि हुन्छन् भन्ने कुरा शासकहरूले ध्यान दिँदैनन्।

पार्टी परिवर्तन र राजनीतिक बजार  

सामाजिक सञ्जालमा अहिले एउटा भनाइज्यादै चर्चामा छ– संविधानक्रस गर्नेले फ्लोर क्रसलाई अपराध भन्ने !’अब मूल्य, मान्यता, आदर्श, आस्था  र पार्टी फेर्नु त सामान्य विषय बने। आफ्नाहितमा,आफ्ना पार्टीमा अन्य आउँदा आगन्तुकको हृदय परिवर्तन, ऐतिहासिक कदम भन्नेतरआफ्ना अन्यन्त्र गए गद्दार भनिने अहिले दोहोरो मानक तयार भयो।  दासमा पनि चतुरे मात्रै हैन, योग्यता, क्षमता हुनुपर्छ। दरवार र शक्तिले उनको जन्मपत्री नियाल्छ। सबैसँग औचित्य सावित गर्नेतर्क हुन्छन् तर बिनारिढका मान्छे हरेक सत्ताका प्यारा हुन्छन्। 

व्यक्तिलाई नहेरी पार्टीलाई ख्यालगर्दाको परिणाम संसदीय व्यवस्थाको समस्यामध्ये एक हो। सरकार फेरिए पनि व्यवस्था नफेरिएपछि चेहरा फेरिए पनि चरित्र नफेरिनुको दण्ड त पाइन्छ नै। चाप्लुसी संस्कृतिले मौका पाँउदा निन्दारसले भाउ पाउँछ। निन्दा र आक्रमण शासकका सुरक्षा घेरा बन्न पुग्छन्। कमजोर शासकका समस्या भनेकै आफूलाई बलियो र सर्वज्ञ देखाउने बाध्यता हो। कुनै समयका क्रान्तिकारीहरूले पनि सत्ताको लालचमा वर्गफेर्दै गन्तव्यलाई इस् भन्छन्।

अनुयायी, कट्टरसमर्थक अझ अन्य पार्टीबाट आएकालाई राजनीतिक संरक्षण गरिएन भने अरू विभीषण बन्न तयार हुँदैनन्। शक्ति जहिले पनि नयाँदास खोज्छ, पुराना त यसै छन् नि। डरले मान्छेलाई आक्रामक बनाउँछ। बहस अन्यन्त्र मोड्न अर्को विषय सतहमा उराल्नुपर्छ। डरपोकता कसैलाई विश्वास गर्दैन। कम्युनिस्टलाई सक्न, भ्रम तयार गर्न, सिध्याउन कम्युनिस्ट नै प्रयोग गरिन्छन्।  अहिले जनअन्दोलन गर्नेवाला बिदामा बसेका छन्,भने जनयुद्धका कैयौँ कमान्डर नयाँ शासकमा फेरिए। तब यहाँ सिद्धान्तका नाममा तमासा चल्न थाल्यो। सामाजिक वैचारिक अन्दोलनलेनै  मूल्य र विचारधारालाई जिँउदो राख्छन् तर त्यो अहिले भने देखिँदैन।

भ्रम पार्न सक्नु, भ्रमित जनमत तयार गर्न सक्नु, भ्रमको सौन्दर्यकरण गरेर आवेग तयार गर्नु,भ्रम छरेरै आश र त्रास फैलाउ्नु शक्तिको समकालीन राजनीतिक ‘गुण’ र सफलताका ‘आधार’ बन्दैछन्। अझ भ्रमका नसा पिएर बाच्नु जति हाइसन्चो सामान्य मान्छेलाई अरू हुँदैन। आलोचनात्मक चेत भए मात्र भ्रमबाट मुक्त हुन सकिन्छ।

कर्णाली प्रदेशले दिएको सन्देश

संसदीय व्यवस्थामा भन्ने, गर्ने, देखिने र हुनेमा भिन्नता हुन्छ। सार्वभौम संसद् भने पनि निर्णय अन्त हुन्छ, सहीछाप मात्र संसद्मा हुन्छन्।जनता समाजवादी पार्टी फुट्नबाट बचे पनि लुम्बिनी प्रदेशमा फेरित्यही रोग बल्झियो। संघीय सरकारको रक्षामा महन्थ ठाकुरको भूमिका अबखुम्चियो।अहंकार र प्रतिक्रियाको राजनीति रूपमा भिन्न भए पनि सारमा एउटै हो, प्रतिक्रिया शक्तिशाली हुन्छ।सूचनाको पहुँच र गोपनीयताको रक्षागर्न बबुरो बनेको प्रचण्ड–माधवसमूह कर्णाली योजनाको भनकसम्म नचुहाउन सफल भयो। ५) संघीय सरकार र अन्य प्रदेश सरकारलाइ पनि असर पार्नेछ। 

प्रधानमन्त्री अझ आक्रामक हुनेछन्, माधव समूह पनि छद्म आवरणमा नभई प्रत्यक्ष मैदानमा उत्रियो।प्रधानमन्त्री, नेकपा विप्लवसँग भएको सहमति र ३ बुँदा पनि बेवारिसे बन्ने संकेत दियो। अझै सरकारले न्यायिक र अर्धन्यायिक निकायबाट मुद्दा फिर्ताको पहल अघिबढाएको छैन्।यसो पनि हुन सक्छ भनेर नेपाली मिडिया र विश्लेषकले अनुमाननै गर्न सकेनन्। राजनीतिमा कसैले कसैलाई पनि विश्वास गर्ने अवस्था रहेन। जोकोही पनि जुनसुकै बेला किनबेच हुन सक्ने भए।

गद्दारलाई कसैले पनि विश्वास गर्दैन।कोरोनाभन्दा पनि सत्तामाथि भरोसा उठ्नु सबभन्दा डरलाग्दो अवस्था बन्यो। नागरिकले सत्तासँग के अपेक्षा गर्ने ?तन्त्रले आधारभूत ढाँचा फेरिरहेको हुन्छ। समग्र जोडले राजनीतिक दिशा तयार गरिन्छ।झुटले पनि आकार लिन थालेपछि विभत्स हुन्छ। झुटलाई षडयन्त्रको सिद्धान्त आवश्यक हुन्छ।शारीरिक र मानसिक रोगी नेतृत्व गरिरहेको सरकार धोका खानुसिवाय केही हुँदैन्। दलाल हैसियतअनुसार नाफाको लाभांश पाउँछ। दलालले उधारोमा हैन, हाताहाती कामगर्छ। जान्दाजान्दै पनि भ्रमित सत्यमा फस्न मान्छे सुरक्षा र डरका कारण बाध्य हुन्छन्।राजनीतिसँग जोडिएका मान्छे धेरैदिनसम्म सत्तासुखबाट वञ्चित हुन चाहन्नन्।

प्रकाशित: १२ वैशाख २०७८ ०५:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App