२३ फाल्गुन २०७७ आइतबार
विचार

टम मुर, कृष्ण भण्डारी र केपी ओली

आफ्नो जीवनमा सय वर्ष बाँचेका क्याप्टेन सर टम मुरलाई अधिकांश बेलायतीले चिन्दैनथे। भलै उनी दोस्रो विश्व युद्धकालीन ठूला लडाकु थिए। तिनताका देशलाई अलि बुझिएको दुश्मनले घेरेको थियो। राजनीतिज्ञहरू हड्बडाएका थिए। जनता विचलित थिए। अमेरिका पार्टीमा ढिला भएको थियो। त्यो विषम परिस्थितिमा अगाडि बढे टम मुर। तत्कालीन बेलायती राजा जर्ज छैटौँ र देशका लागि आफ्नो पुरुस्वार्थ देखाउन। त्यो सन् १९३९ को समय थियो। त्यतिखेर संसार दोस्रो विश्वयुद्धले आक्रान्त थियो। आठ दशक भन्दा बढी पछि, तिनै मुरले आफ्नो १०० औँ जन्मदिनको नजिक आइपुग्दा एकपटक थोरै बुझिने दुश्मनले देशको घेरा लगायो। राजनीतिज्ञहरू फेरि हडबडाए। बढ्दो महाविपत्ति देखेर जनता विचलित भए र अमेरिका फेरि पार्टीमा ढिला भयो।  

यसपटकको लडाइँ कोभिड–१९ विरुद्ध थियो र तत्कालको लडाइँ देशको अनमोल राष्ट्रिय स्वास्थ्य सेवालाई डुब्नबाट बचाउनका लागि थियो। एकपटक अगाडि बढ्नुहोस् ‘कप्तान टम’ रानी र देशका लागि आफ्नो पुरानो पुरुस्वार्थ कायम गर्न। उनीभित्रको  इच्छाशक्तिले  भनिरहेको  थियो– गत वर्ष उनी एउटा अप्रेसनले थलिएर घरमा आराम गरिरहेका थिए। अप्रेसन गरेको बूढो शरीर अलि कमजोर भएको थियो। धेरै भएको थियो आँगनकै डिलसम्म पाइलो नसारेको पनि। उनीभित्रको अदम्य  साहसलाई चिनेका थिए परिवारले। ९९ वर्षको वृद्ध शरीर त्यसमा पनि ठूलो अप्रेसन।

उनको आत्मविश्वास बढाउन परिवारका सदस्यले एउटा नयाँ विचार सोचे। बेलायतको एनएचएस अत्यन्त कठिन स्थितिबाट गुज्रिरहेको थियो। बिरामीको चाप यति धेरै थियो कि बेलायतका सुविधा सम्पन्न भनिएका अस्पताललाई त्यो अप्रत्याशित चाप धान्न धौधौ परिरहेको थियो। यसैलाई मध्यनजर गरेर उनको परिवारले आफ्नै घरको आँगनमा आफ्ना वृद्ध हजुरबुबालाई उनको सयौँ जन्म दिनअगाडि सय पाइला हिँडाउने र त्यसका लागि एक हजार पाउन्ड उठाउने निर्णय गरे। दोस्रो विश्वयुद्धका सेनानी९९ वर्षका वयोवृद्ध क्याप्टेनको त्यो अपूर्व च्यारिटेबल कार्यले बेलायतीको मन यसरी जित्योकि त्यो महाअभियानले ३३ अर्ब पाउन्ड जुटायो। बेलायतीको मनोबल माथि उठायो।

दुर्भाग्य, कोभिड–१९ ले जब फेब्रुअरी २ मा उनको मृत्यु भयो। उनको मृत्युमा सारा बेलायत स्तब्ध भयो। बेलायतकी महारानीदेखि प्रधानमन्त्रीसम्मले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे। बेलायती महारानीले क्याप्टेन सर टमलाई श्रद्धाञ्जली अर्पित गर्दै भनिन्– पुरै देश र दुनियाभरका अन्य सबैका लागिउनले देखाएको प्रेरणाको आत्मसात गर्दै उनको योगदानलाई कदर गरौँ।बेलायतका सबै पत्रिकाले उनको मृत्युको चर्चा गरी उनको योगदानबारे दिल खोलेर लेखे। सौभाग्य मैले ती दिनका सबै पत्रिका सरसर्ती हेर्ने मौका पाएँ। उनको यो जीवनपयोगी शिक्षा हाम्रो देशको बिगँ्रदो राजनीतिसँग दाँज्न पुगेछु। मेरो मनले उनलाई सम्झेर एउटा लेख लेख्ने प्रेरणा जगाइरह्यो।

आज फेब्रुअरी ५। बिहान उठ्नेबित्तिकै ल्यापटप खोलेँ। दरबारमार्गअगाडि प्रधानमन्त्रीको भाषण आइरहेको रहेछ प्रत्यक्ष प्रसारण। मैले सुन्दै गएँ। त्यहाँ एकोहोरो गाली थियो। त्यहाँ एकोहोरो आक्रोश थियो। त्यहाँ एकोहोरो आफ्नै प्रलाप थियो। म नै राज्य हुँ। म नै सर्वेसर्वा हुँ। मैले भनेपछि सबैथोक हुन्छ। नियम, कानुन, संविधान, प्रजातन्त्र, समाजवाद, संघीयता सबै उनै हुन् भन्ने जिकिरबाहेक मैले केही देखिनँ। एउटा देशको राष्ट्र प्रमुखले मूल सडक कब्जा गरेर त्यहाँ राखिएका डिभाइडर हटाएर दरबारअगाडि अर्को मञ्च उठाएर आफूलाई नवमहाराजा सावित गर्ने झुटो अभिनय भइरहेको मैले अनुभव गरेँ। आफ्नै पार्टीका सहयोद्धालाई त्यति निम्न स्तरको गालीगलौज संसारमा बिरलै सुन्न र देख्न पाइन्छ।

अघिल्लो हप्ता सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो– त्यो वयोवृद्ध ९४ वर्षका वरिष्ठ अधिवक्ता कृष्ण भण्डारीको थियो। उनलाई ‘तमाशा देखाउन लगिएका बाजे’ भन्ने भनाइ देशका प्रधानमन्त्रीको थियो। आफ्ना बा भन्दा पनि आदरणीय वरिष्ठतम् देशका होनहार कानुनविद्लाई त्यति तल्लोस्तरको मजाक र अपमान कुनैपनि देशको राष्ट्रप्रमुखले गर्दैन। बेलायतमा त्यति वृद्धहरूलाई महारानी स्वयंले पोस्ट कार्ड पठाउँछिन्। सम्मान गर्छिन् जन्मदिनमा।

अनि अर्को हप्ता त्यस्तै अर्को भिडियो भाइरल भयो। त्यसमा देशका प्रधानमन्त्री पत्रकारलाई पढाउँदै थिए शिष्टता सभ्यता। उनको दुखेसो थियो– पत्रिकाले उनलाई बक्सियोस् भनेनन्। यसरी आफूलाई सम्मान चाहिने मान्छेले अर्कालाई पनि सम्मान गर्न जान्नुपर्छ। सम्मान पाइने कुरा होइन, कमाइने कुरा हो। सभ्यता र शिष्टता बचाएर जोगाएर बढाउनुपर्ने कुरा हो। हिजो ईश्वरका नाममा कसम नखाने आफूलाई माक्र्सवादी अनिश्वरवादी बताउने बुर्जुवा शिक्षा भन्दै संस्कृतका किताब जलाउने सामन्तीको टाउको काट्दै हिँड्ने आज राजनीतिक स्वार्थका लागि रङ्ग बदलेर पशुपतिमा गएर पूजा लगाउँदैमा रामनामी ओढ्दैमा हिजोको कालो इतिहास बदलिँदैन।

पशुपतिनाथमा १४२ किलोको सुनको जलारी थप्नुपर्दैन। भोले बाबा शंकर त्यस्ता देउता हुन् जो आफ्ना भक्तलाई सानो भक्तिमै दंग परेर चाहेको वरदान दिनुहुन्छ। उहाँ त मात्र सानो जलाधारले नै प्रसन्न हुनुहुन्छ। मनमाश्रद्धा, साँचो  भक्ति  ठूलो  कुरा  हो। यही सत्य पहिलाएर बकासुरले संसार जित्ने वरदान पायो तर आफूभित्रको त्यस्तो वरदान र शक्तिलाई नचिनेर उनै परमेश्वरमाथि नै जाइ लाग्ने गर्नाले भष्मासुर बन्नुप¥यो।  नेपाली जनता भोले बाबा हुन् जसले केपी ओलीका ससाना टुक्कामै ठूलो सपना देखे देश विकासको, समाज रूपान्तरणको। दुईतिहाइको तथास्तु मात्र आधा बाटामै मिल्काउनेलाई जनतारूपी जनार्दनले चिन्ने छन् समयमै।आज रामभक्त भएर माडीमा करोडौँको मन्दिर बनाउँदैमा इतिहास बदलिँदैन।यतिखेर खाँचो मन्दिरको होइन, जनतालाई अयोध्यापुरी विश्वविद्यालयको छ। राम–जनक अनुसन्धान प्रतिष्ठान र औषधोपचारको छ। उच्च प्राविधिक शिक्षाको छ। माडीमा त्यो पैसाले विश्वविद्यालय बनोस्। पशुपतिमा गरिने त्यो फजुल खर्चले अर्को प्राविधिक विश्वविद्यालय बनोस्।यसरी जनताले दुईतिहाइ बहुमतले दिलाएको सत्तालाई मैमत्त भएर आधा बाटोमै दुर्घटित गराएर ३५ अर्बको चुनावले जनताको हृदयमा बसिँदैन।  

(स्वांजी विश्वविद्यालय बेलायतमा नवीकरणीय ऊर्जामा अनुसन्धानरत)

प्रकाशित: ३ फाल्गुन २०७७ ०८:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App