१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

सामाजिक डार्बिनवाद

डार्बिनको सिद्धान्त  
चार्ल्स डार्बिन लिखित क्रमिक विकास र जातिको उत्पत्तिसम्बन्धी सन् १८५९ मा प्रकाशित पुस्तकले प्राकृतिक छनोट र योग्यतमको बचोट (सबलहरूको जीवन) बारे वर्णन गर्छ। डार्बिनको क्रमिक विकासको सिद्धान्तअनुसार जीव रचना (अर्गानिज्म) को परिवर्तन खास समयमा व्यावहारिक गुणमा आउने परिवर्तनको परिणामस्वरूप हन्छ। यसरी समयक्रमसँगै आउने परिवर्तनले जीव रचनालाई सन्ततिको निरन्तरता र बचोटका निम्ति वातावरणसँग समायोजन गराउँछ। तसर्थ जीवनको विविधता प्राकृतिक छनोटमा आउने परिष्करणले उत्पन्न गर्छ। डार्बिनले आफ्नो क्रमिक विकासको सिद्धान्तमा योग्यताको बचोट भन्ने पदावली प्रयोग गरे जुन समाजशास्त्री हर्वट स्पेन्सर र अस्तित्वको संघर्षसम्बन्धी अर्थशास्त्री थोमस माल्थसबाट ल्याइएका हुन्। यिनीहरूले डार्बिनभन्दा अघिदेखि  नै मानव समाजको विकासबारे लेखेका थिए। डार्बिनको क्रम विकास सिद्धान्तले समाज विज्ञानको विविध सिद्धान्त र व्यवहारलाई प्रभावित बनाएको छ। उनको सिद्धान्तमा राजनीतिक, सामाजिक र सांस्कृतिक परिकम्पन थिए।  

सामाजिक डार्बिनवाद  
सामाजिक सिद्धान्तमा डार्बिनको सिद्धान्तको तुलना/अलङ्कार छ भन्ने कुरामा समाज वैज्ञानिकहरूको मतैक्यता छैन। सामाजिक डार्बिनवादीहरूले केही मानिस वंशाणुगतरूपमा नै अरू भन्दा असल थिए भन्ने विश्वास गरे। शताब्दीभन्दा ज्यादा उनीहरूले सामाजिक असमानता र जातिवाद भित्राउने कार्य गरे। सामाजिक डार्बिनवादीअनुसार कमजोरहरू ह्रास भए उनीहरूको संस्कृतिलाई सीमित गरियो जहाँ बलियाहरू शक्तिमा हुर्के, बढे र कमजोरहरूमाथि आफ्नो संस्कृति लाद्ने काम गरे। उनीहरूका अनुसार समाजमा मानवीय जीवन भनेको योग्यतमको बचोटले शासित अस्तित्वको निम्ति संघर्ष हो। धन÷वैभवलाई सफलताको र गरिबलाई अस्तित्वको संघर्षमा अयोग्य भनियो।

डार्बिनको क्रम विकास सिद्धान्तले समाज विज्ञानको विविध सिद्धान्त र व्यवहारलाई प्रभावित बनाएको छ। उनको सिद्धान्तमा राजनीतिक, सामाजिक र सांस्कृतिक परिकम्पन थिए।  

त्यसैगरी धनी र शक्तिशालीलाई जीव वैज्ञानिक पक्षबाट उत्कृष्ट भएकाले उच्च ठानियो। यिनीहरूले धन, शक्तिको पुनःवितरणलाई विरोध गरे र सुधारहरू प्राकृतिक तहको विरुद्धमा छन् भनी दाबीसमेत गरे। सामाजिक डार्बिनवादका एक हस्ती हर्वट स्पेनसरले क्रमिक विकासको विचार समाजशास्त्र, दर्शनशास्त्र र मनोविज्ञानमा पनि भएको संश्लेषण गरे। जीव वैज्ञानिक क्रम विकासले मानवमा बौद्धिकता ल्यायो त्यसैले नै क्रमशः समाजको उत्पत्ति भयो भन्ने कुरामा उनी विश्वास गर्छन्। मानिसले वंशानुगतरूपमा आफूले सिकेका गुण, जस्तै– नैतिकता, किफायत आफ्ना सन्ततिहरूमा हस्तान्तरण गर्छन् भनी उनी विश्वास गर्छन्। उनले श्रमिक, गरिब र वंशानुगतरूपमा ओझेलमा परेकालाई उद्धार गर्ने नियम कानुनको विरोध गर्छन्। उनका अनुसार यी नियम कानुन अयोग्यतमको लोप हुने प्रक्रियालाई विलम्ब गर्दै सभ्यताको क्रमको खिलापमा जान्छन्। अर्का प्रखर अमेरिकी डार्बिनवादी विलियम ग्राहम समर पनि सरकारी वा गैरसरकारी निकायद्वारा तल्लो वर्गको अवस्था सुधारका निम्ति दिइने सहयोग÷दानको विरुद्धमा छन्। समाजको विकास र परिचालन तोकिएको ढाँचामा हुने भएकाले यसको उत्थानको निम्ति गरिने प्रयत्नले असफलतातर्फ डो¥याउँछन् भनी उनी तर्क गर्छन्। उनले अमेरिकी व्यवसायीहरूको आक्रामक प्रतिस्पर्धात्मक अभ्यास नै मानवको क्रमिक विकासको स्रोत हो भनी यसलाई वैधानिक मान्छन्। उनको दृष्टिकोणमा सम्पत्ति र सामाजिक प्रतिष्ठाका निम्ति गरिने वैयक्तिक प्रतिस्पर्धा नै कमजोरहरूलाई निर्मूल पार्ने साधन हो।  

समाजशास्त्रका संस्थापक (अमेरिकी) लेस्टरवार्ड साझेदारीको महत्व उच्च मान्दै सामाजिक डार्बिनवादको विरुद्धको उपज नभई साझेदारी/योगदान र बौद्धिकताको उपज हो। उनले यो विश्लेषण सामाजिक र राजनीतिक नेतृत्वलाई समाज सुधारको निम्ति प्रयोग हुने उपायको रूपमा हेर्न भने। सामाजिक डार्बिनवादीहरूको विचार स्खलित हुँदै गएपछि उनीहरू र उनको साखलाई सुधारवादीहरूले आक्रमण र नजरअन्दाज गर्न थाले। सुधारवादीहरूले यो निश्चय गरे कि क्रम विकासको वैज्ञानिक ज्ञानले नै सामाजिक र राजनीतिक नेतृत्वलाई उत्तम मानव अवस्थामाथि हस्तक्षेप गर्न स्वीकृति प्रदान गर्छ। क्रमिक विकासको सिद्धान्तलाई सामाजिक चासोले प्रभाव पारेकाले पछिल्लो सामाजिक विकासलाई क्रमिक विकासको सिद्धान्तले पनि असर ग-यो। 

सामाजिक डार्बिनवादको प्रभाव  
फ्रान्सिस गाल्टन (सामाजिक डार्बिनवादी) ले असमानताको औचित्यलाई विश्वास गर्ने सन्ततिशास्त्रको विकास गरे। सन् १९२० र ३० तिर सन्ततिशास्त्र जनसंख्याबाट आशा नगरिएका लक्षण/गुणलाई उन्मूलन गर्दै अभियानका रूपमा उत्कर्षमा पुग्यो। यसका अभियन्ताले अयोग्यतमलाई बच्चा हुनबाट रोक्ने आवाजलाई बुलन्द पारे जसले बीसौँ शताब्दीको सन्मुखतिर अमेरिकाका लगभग ३२ राज्यलाई कमजोर (अक्षम) हरूले सन्तान उत्पादन गर्न नपाउने कानुन पास गरे। यसले लगभग ६४ हजार अयोग्यलाई बाँझो बनायो जसमा आप्रवासी, अश्वेत, अविवाहित आमा र मानसिक रोगी थिए। यसरी सन्ततिशास्त्रले क्षणिकरूपमा भए पनि मानव इतिहासमा गलत नजिर स्थापित ग-यो।

माक्र्सवादी समाज विज्ञान १९औँ शताव्दीको मानवीय सोचको महानतम उपलब्धिका रूपमा लिइन्छ। माक्र्सवादी विज्ञान वस्तुनिष्ट ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण र प्रणालीको जगमा खडा भएको छ।  

हिटलर पनि सन्ततिशास्त्री भएकाले अमेरिकास्थित क्यालिफोर्नियामा जबर्जस्त बाँझो पारिएकाहरूप्रति उनको ध्यानाकर्षण भयो र उनले जातिवादमा आधारित नाजी जर्मनी नीति निर्माणमा यसको प्रयोग गरे। हिटलरमा पनि सामाजिक डार्बिनवादप्रति बलियो विश्वास थियो र जर्मनमा गैरआर्यको प्रभावका कारण जर्मनको मूल जाति कमजोर थियो। हिटलर विश्वास गर्थे– जर्मनका आर्य जातिको अस्तित्व उनीहरूले आफ्नो सन्ततिको जीवनको शुद्धतालाई थेग्ने सामथ्र्यमा भर पर्छ। उनले आर्यबाहेक अन्यलाई अयोग्यतमको र जीववैज्ञानिक दृष्टिकोणबाट कमजोरहरूको समूहमा राखे। दोस्रो विश्वयुद्धको अन्ततिर यो नीति नाजी सरकारको कुरूप नीतिको रूपमा चित्रण भयो र यी सिद्धान्तको समर्थक भएनन् किनभने यिनीहरू वैज्ञानिक कोणबाट पुष्टि भएका छैनन्।

चीनमा केही युवा सुधारवादीले राज्यलाई बलियो पार्न सामाजिक डार्बिनवाद प्रयोग गरे अन्य साम्राज्यवादी समाजमा यसलाई जातिवादको कारक भनी घृणा पनि गरियो। सामाजिक डार्बिनवादले केही राजनीतिक, सामाजिक, आर्थिक दृष्टिकोणहरूलाई पुष्टि गर्न प्राकृतिक छनोट भन्ने डार्बिनको सिद्धान्तलाई प्रयोग गर्छ। सामाजिक डार्बिनवादको प्रयोग साम्राज्यवादी, उपनिवेशवादी र जातमा आधारित राजनीतिक विश्वासलाई दिगो बनाउन, कुनै खास संस्कृति वा जीव विज्ञानको सर्वोच्चता देखाउने दार्शनिक औचित्यको रूपमा प्रयोग भएको पाइन्छ। केही सामाजिक डार्बिनवादीहरूले साम्राज्यवादलाई साम्राज्यवादी शक्ति आफैँमा स्वाभाविकरूपले उच्च भएको र उनीहरूले अन्य देशमाथि गर्ने नियन्त्रण मानव विकासको सर्वोत्तम चाहना हो भनी पुष्टि गर्न चाहन्छन्। उन्नाइसौँ शताब्दीको अन्ततिर युरोपेली र अमेरिकी उच्च वर्गले सामाजिक डार्बिनवादलाई आफ्नो आर्थिक र राजनीतिक पहुँच÷सामथ्र्य विस्तार गर्ने सिद्धान्तका रूपमा हेरे।  

अबको बाटो
माक्र्सवादी समाज विज्ञान १९औँ शताव्दीको मानवीय सोचको महानतम उपलब्धिका रूपमा लिइन्छ। माक्र्सवादी विज्ञान वस्तुनिष्ट ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण र प्रणालीको जगमा खडा भएको छ। यसले ठूलाठूला आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण कसरी सम्भव छ भन्ने कुराको स्पष्ट दृष्टिकोण प्रदान गर्छ। यसको मुख्य दार्शनिक पक्ष भनेको समतामूलक वितरण प्रणाली हो र बहुसंख्यक कामदार वर्गको नेतृत्वमा शासनसत्ता नै हो। यद्यपि हाल यसप्रकारको शासन पद्धति विश्वमा अभ्यास भइरहेको अवस्था छैन। यस सिद्धान्तले समाजमा स्रोत र साधनको वितरणमा विद्यमान असमानता हटाउनका साथै प्राकृतिक स्रोतहरूको निर्मम दोहन गर्ने प्रवृत्तिबाट वास्तविक दिगो विकासको सिद्धान्त अनुशरण गरी वातावरणीय सन्तुलन कायम रहने विश्वव्यापी महामारी, असमानता, अन्याय, सामाजिक तथा सांस्कृतिक समस्याहरू कम हुँदै जाने देखिन्छ। यो सिद्धान्तलाई सम्झौताहीन ढंगले लागु गर्ने कुशल नेतृत्वको संगठन आवश्यक छ र यस प्रकारको शासन प्रणाली लागु गर्न ठूला ठूला चनौती छन् किनकि हाल विश्वव्यापीरूपमा एकाधिकारवादी पुँजीवादको एकछत्र राज छ त्यो नै यस प्रकारको शासन प्रणालीको एक मात्र दुश्मन हो। यही शासन प्रणालीको परिणामस्वरूप समाज व्यक्तिवादी, स्वेच्छाचारी, अन्यायी, असंवेदनशील, अधैर्यवान, अनैतिक र भ्रष्ट हुँदै गइरहेको छ। यसका साथै एकात्मक परिवारमा आधारित सीमित दायराको सामाजिक संरचना नै मूल विशेषता रहेको छ जुन विश्ववन्धुत्वको भावनालाई संकुचन गर्छ। जसको परिणामस्वरूप द्वन्द्व, हत्या, हिंसा, वातावरणीय असन्तुलन एकाधिकारवादी पुँजीवादले सिर्जना गरेको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक संरचनाको परिणाम हो जसको अन्त्य जतिसक्दो छिटो गर्न आवश्यक छ।
(कार्यकारी निर्देशक, पाठ्यक्रम विकास केन्द्र, त्रिवि) 

प्रकाशित: १८ मंसिर २०७७ ०५:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App