१० कार्तिक २०७७ सोमबार
विचार

विश्वव्यवस्थाको प्रश्न

गतवर्ष जाडोमा सम्पन्नम्युनिख सुरक्षा सम्मेलनमा अमेरिकाकालागिपूर्वजर्मन राजदुतबल्फग्याङ इचिन्जरले भनेकि संसारमा‘वेस्टलेसनेस अर्थात पश्चिमको कमीभयो।उनकाअनुसार तीन सय वर्षयतापश्चिमको नेतृत्वमा रहेको विश्वव्यवस्थामापश्चिमको शक्तिक्षयहुँदै गएको छ।विशेष गरेर सन् २०१६ मा अमेरिकी राष्ट्रपति डोनाल्न ट्रम्प भएपछि पश्चिमको नेतृत्वगर्ने अमेरिकासँगउनका सहयोगी राष्ट्रहरूझस्किएका छन्। ट्रम्पले राष्ट्रपतिहुनेबित्तिकै ट्रान्सप्यासेफिकएलाइन्सनामको आर्थिक गठबन्धन खारेज गरे। उनले शीतयुद्धको उचाइमाबनेको उत्तर एटलान्टिक सैन्य संगठन अबकामनलाग्ने घोषणा गरे। यतिसम्मकि ट्रम्पले त्यस संगठन नाटोको खर्च सम्बन्धित सहयोगी राष्ट्रहरूले बेहोर्नुपर्ने धारणा राखे। सँगै अमेरिकाको प्रतिस्पर्धी रुसका राष्ट्रपतिभ्लादिमिर पुटिनसँग मित्रताको हात बढाए। चीनसँगव्यापार र प्राविधिक युद्ध सुरु गरे।  

यसरी हेर्दा पश्चिमको पकड खुम्चिँदै गएकाले फ्रान्स र जर्मनीजस्ताशक्तिशाली राष्ट्र शंकितबने।अझ ट्रम्पले युरोपेली युनियनबाट बेलायतको बहिर्गमनलाई समर्थन गरे। अहिले युरोपमा दक्षिणपन्थ राजनीतिमौलाएको छ। शायद यिनै कुरालाई ध्यानमा राखेर जर्मन वरिष्ठ कूटनीतिज्ञ इचिन्जरले ‘वेस्टलेसनेस’को कुरा उठाएका हुन्। यो भनेको भविष्यको विश्वव्यवस्थामा अमेरिकी नेतृत्वको पश्चिमको संकट हो। हुन त स्टयान्डफोर्ड विश्वविद्ययालयकाइतिहासकार नेलफर्गसन रोमन साम्राज्य न रोमन थियो न त साम्राज्य नै थियो भनीप्रश्न गर्छन्। उनकाअनुसार सन् १९४५ बाट हातमालिएको अमेरिकीविश्वव्यवस्था अनेकौँ समस्याबाट गुज्रेको छ भन्ने नै हो। अहिले एक्काइसौँशताब्दीको दोस्रो दशकमाअचानक अकण्टकरूपमा विश्वव्यवस्थाको नेतृत्वगर्दै आएका अमेरिकाको साखमाथिप्रश्नउभिएको छ। यसको कारण गैरपश्चिमीशक्तिहरूको उदयहो।

शीतयुद्धको विजेतानवउदारवादआजअलोकप्रियबनेको छ। विगत ३० वर्षको अमेरिकीविश्वव्यवस्थाले सर्वसाधारणको हित गरेन। त्यसैले अमेरिकाविश्वमाक्षयहुँदै गएको छ।

जसमाचीन, भारत र ब्राजिलजस्ता राष्ट्रको उदयले विश्वव्यवस्थामाथिप्रश्न उठेको छ। जसमामुख्य गरेर चीनको अप्रत्याशितउदयले महत्वपूर्ण भूमिका खेलेको छ। चीन सन् २०४० सम्मपश्चिमी राष्ट्रहरूसँगको समान हैसियतमापुग्न चाहन्छ। चीनको आफूविश्वको केन्द्रमा रहेको ‘मध्यअधिराज्य’को ग्रन्थी छ। ‘वल्र्ड अडर’ का लेखकतथा अमेरिकीपूर्वविदेशमन्त्री हेनरी किसिन्जरकाअनुसार चीनआफूलाई विशेष ठान्छ। ऊसँगचार हजार वर्षको राज्यकलाकौशलको इतिहास छ भने अमेरिकासँग २०० वर्षकोमात्र।किसिन्जरकाअनुसार युद्धरत युरोपेली राष्ट्रबीचशान्तिकायमगर्न वेस्टफेलियामाभएको सन् १६४८ को सम्झौतानै आधुनिकविश्वव्यवस्थाको अवधारणा हो। जसमाशक्ति सन्तुलन, एकअर्काको मामलामाहस्तक्षेप नगर्ने र सार्वभौमिकतालाई स्वीकार गरिएको थियो।  

अठारौँ शताब्दीबाट बेलायतले विश्वव्यवस्थाको जिम्मालियो। आफ्नाउपनिवेशमार्फत उसलेखुलाव्यापारको अवधारणा अघि सा¥यो। दोस्रो विश्वयुद्धमा कमजोर बनेपछि बेलायतले आफ्नो विश्वव्यवस्था अमेरिकालाई सुम्पियो। र,त्यसको अङ्गबनेर रह्यो। दोस्रो विश्वयुद्धकाविजेताहरूको नेतृत्व अमेरिकाले ग¥यो। त्यस विश्व युद्धमा तहसनहस युरोपलाई मार्सल प्लानअन्तर्गत अमेरिकाले पुनःनिर्माण ग¥यो। तर दोस्रो विश्वयुद्धपछि तत्कालीन साम्यवादी सोभियत संघ अमेरिकासँगप्रतिस्पर्धीभएर देखाप¥यो। विचारधाराको यो लडाइँव्यापक भूराजनीतिकप्रतिस्पर्धा भएर देखाप¥यो। तत्कालीन सोभियत संघले पुँजीवादीविश्वको विकल्पदिनखोजेको थियो। साम्यवादीविश्व र स्वतन्त्रविश्वबीचको यो लडाइँअन्ततः सन् १९९० माआएर सोभियत संघ विघटनपश्चात शीतयुद्धको अन्त्यभयो। यहीअन्त्यलाई विचारधाराहरूको लडाइँमा प्रजातन्त्र र उदार अर्थव्यवस्थाको विजयभएकाले चिन्तकफ्रान्सिस फुकुयामाले इतिहासको अन्त्यभने।  

त्यसपछि चलेको प्रजातान्त्रिकीकरणको लहरसँग अमेरिकाविश्वको एकमात्रमहाशक्तिबन्यो। सन् १९४५ माउसले सिर्जना गरेको संयुक्त राष्ट्रसंघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, अन्तर्राष्ट्रिय अपराधअदालत र विश्वव्यापार संघमार्फत आफ्नो वर्चस्वलाई निरन्तरतादियो। शीतयुद्धको विजेतानवउदारवादआजअलोकप्रियबनेको छ। विगत ३० वर्षको अमेरिकीविश्वव्यवस्थाले सर्वसाधारणको हित गरेन। अब अमेरिकाविश्वमाक्षयहुँदै गएको छ। सन् १९४० को दशकमाबनाएको विश्वव्यवस्थालाई अब अमेरिकाले धान्ननसक्ने भएको छ। कुटनीतिज्ञका अनुसार विश्वमाविभिन्नविश्वव्यवस्थाकाअवधारणा सक्रिय छन्– चिनिया, जापानी, इरानी रभारतीय। यीबाँकीविश्वव्यवस्थाकाअवधारणामा सबै भन्दाबलियो चिनियाहो। चीनअहिले अमेरिकासँगव्यापार र प्रविधि युद्धमा छ। जसलाई नयाँ शीतयुद्ध पनिभनिएको छ।  

सन् २००८को आर्थिक मन्दीपश्चात अमेरिकी अर्थतन्त्रको विश्वसनीयताकमभएको मानिएको छ। जसमाचीनले राम्रो परिणाम देखाएको थियो। यो नै अमेरिकी हैकमको क्षयभनिएको छ। आजचीन बेल्ट र रोड परियोजनामार्फत एसिया, युरोप र अफ्रिकामाआफ्नो वर्चस्वकायमगर्न लागेको छ। दोस्रो ठूलो अर्थतन्त्रबनेको छ। भारत आफ्नो उपनिवेश विरोधी आँखाबाट विश्वलाई हेर्न छाडेको छैन। चीनको एकदलीयकन्फुसियालीशासन प्रणाली चीनविशेषकालागिमात्रउपयुक्तहुने देखिन्छ तर संसारका बहुसंख्यक राष्ट्रयहीउदार विश्वव्यवस्थासँगकामगरिरहेका छन्। केही युद्ध(इराक युद्ध, १९ वर्ष लामो,अफगान युद्ध र भियतनाम युद्ध) मा पराजय आदिबाट अमेरिकाअब सैन्य उन्मादमाबारम्बार जान सक्दैन। उसको घरेलु राजनीतिको विभाजनले अमेरिकाअहिले आफ्नो आदर्श टिकाउन लडिरहेको छ।  

विश्वव्यवस्थाको निरन्तर नेतृत्व अमेरिकाले गर्नुपर्नेमतका दक्षिण कोरिया, जापान र अस्ट्रेलियाजस्ता राष्ट्रको सामनाचीनले गर्नुपरेको छ। हुन त चीनको उदययहीउदार विश्व व्यवस्थाबाट भएको हो। यो विश्व व्यवस्थाबाट चीनले भरपुर फाइदालियो। चीनआज त्यसैले गर्दा नयाँविश्वव्यवस्थाको ढाँचा तयार गर्ने पात्रबनेको छ। हुन त वर्तमानविश्वव्यवस्थामाशताब्दियौँदेखिको परम्परा, राजनीति र संरचना सामेल छ। जसलाई रातारात परिवर्तन गर्न सम्भव छैन।  

चीन र अमेरिकाबीचनयाँविश्वव्यवस्थाको दाबीमा युद्ध हुन सक्नेजापानी रणनीतिकारहरू बताउँछन्। तर उन्नाइसौँ शताब्दी बेलायतको, बीसौँशताब्दी अमेरिकाको भएजस्तो एक्काइसौँ शताब्दीचीनको हुने दाबीगर्ने रणनीतिकारपनि छन्। रणनीतिकार परागखन्नाकाअनुसार एकाइसौँ शताब्दीमा सम्पूर्ण एसियाको उदयहुनेछ जसको केन्द्रमाचीनहुनेछ। चीनको आन्तरिक राजनीतिक प्रणाली आजउसको अन्तर्राष्ट्रिय नेतृत्वको दाबीमाबाधकजस्तै भएर देखापरेको छ। सिंगापुरका कूटनीतिज्ञ किशोर महाबुबानीचीनकाजनताले आफ्नो नेतृत्वआफैँ छान्न नपाएसम्मउसले विश्वव्यवस्थाको नेतृत्वगर्न नसक्ने बताउँछन्। तर आज सामरिक, आर्थिक र प्राविधिक क्षेत्रमाचीन र अमेरिकाआमनेसामने भएका छन्। यहीआमनेसामने अवस्थामा अमेरिकापुग्नुनै विश्वव्यवस्थाको संकट हो।जसलाई जर्मन कूटनीतिज्ञ इचिन्जरले ‘वेस्टलेसनेस’को संज्ञा दिए।

रोमन साम्राज्यको पतनजस्तै अमेरिकी साम्राज्यको पतनहुने कुरा बताउनेपनि छन्। इसाई वैभवतामा टिकेको रोमन साम्राज्यसँगै इसाई धर्म र त्यसबाट जन्मेको राजनीतिकअवधारणालाई पश्चिमले वैश्विकमान्दै आएको छ। औद्योगिकक्रान्तिसँगै विश्वमा हैकमचलाउन सफलयहुदीइसाई संरचनाको प्रतिस्पर्धामाआजहानकन्फुसियालीचीनपुगेकाले उनीहरूआत्तिएका छन्। पश्चिमले विज्ञान भूमण्डलीकरण, प्रजातन्त्र र सैन्य प्रविधिमार्फत आफ्नो हातमाविश्वव्यवस्थालिएको थियो। आज गैरपश्चिमेलीचीन, भारत, ब्राजिल र टर्की जस्ता राष्ट्रमात्यस्तै प्रगतिगर्ने होड छ। कुनै पनि राष्ट्रले आफ्नो आर्थिक र सैनिकक्षमताअनुसार विश्वव्यवस्थामाआफ्नो ठाउँ खोज्ने हो। त्यही ठाउँ चीनले खोज्न थालेको छ। चीन राष्ट्रमात्रहोइन, सभ्यतापनिहो। त्यहीकारणले चीनको उदयले दूरगामीअसर पार्छ।

प्रकाशित: २५ आश्विन २०७७ ०९:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App