२३ फाल्गुन २०७७ आइतबार
विचार

मच्छरविहीन संसार

विज्ञानले के गर्न सक्छ भन्ने प्रश्नको जवाफमा मानिसको दिमागले सोच्न सक्ने सबै कुरालाई सार्थकता दिनु यसको काबुमा छ भन्ने नै हो । चन्द्र सतहमा मानवको अवतरण, हवाइजहाज, कम्प्युटरलगायतका आधुनिक आविष्कार मानिसको सपनाले सम्भव भयो । यद्यपिती आविष्कारहरूले सार्थकता पाउन लामो समय लियो, धेरै वैज्ञानिकले काम गरे ।  

पछिल्लो शताब्दीमा स्वास्थ्य विज्ञानले ठूलो फड्को मा¥यो । पहिलो एन्टिबायोटिक्सका रूपमा सन् १९२८ मा प्राध्यापक अलेक्जेन्डर फ्लेमिंगले पेन्सिलिनको आविष्कार गर्नुअघि‘ब्याक्टेरियल इन्फेक्सन’ भएपछि शरीरको प्रतिरोधात्मक क्षमताले ब्याक्टेरियालाई परास्त गर्न नसक्दा मृत्यु अपरिहार्य थियो । त्यसबेला ब्याक्टेरियाको संक्रमण अहिलेको कोरोना भाइरसको जस्तै थियो । उपचारबिना आपैmँ सन्चो हुने अथवा मृत्युवरण मात्र जिवाणु संक्रमणको जवाफ थियो । पछि, नवीन प्रकृतिका ब्याक्टेरियालाई नियन्त्रण गर्न भिन्न पुस्ताका एन्टिबायोटिक्स बने । जटिल प्रकृतिको ब्याक्टेरिया विनाश गर्ने एन्टिबायोटिक्ससमेत छोटो समयमै बनाउन सक्ने अवस्थामा पुग्यो विज्ञान ।  

भिन्न अणुवांशिक बनोटका कारण भाइरसको चरित्र ब्याक्टेरिया भन्दा पृथक हुन्छ । पृथक प्रकृतिका कारण भाइरसको उपचार तुलनात्मकरूपले जटिल हुन्छ । बिफर, रेबिज, पोलियो, हेपाटाइटिस, एचआइभी(एड्स) लगायत रोगका कारक भाइरस भएकाले उल्लिखित रोगको इलाज तथा रोकथामको बाटो पहिल्याउन लामो समय लाग्यो । पछिल्लो दशकसम्म मृत्युको पर्याय मानिने ‘एड्स’ को संक्रमणपछि पनि लामो समय बाँच्ने अवस्था आयो । विशेष प्रकृतिका अर्बुद रोगलाई अपवाद मान्ने हो भने प्रकृतिका नवीन चुनौतीलाई आयुर्विज्ञानका विकासले सहजै समाधान गरेको देखिन्छ ।  

ब्राजिलले परिमार्जित मच्छरहरू प्रयोग गरेर छोटो समयमै आफ्ना धेरै सहरलाई मच्छररहित बनायो ।

नवीन कारोना भाइरसका कारण अहिले संसारस्थिर हुन पुगेको छ । यो रोगलाई जित्न विज्ञानले सक्ला र? भन्ने अवस्था छ । मंगलग्रहलाई अतिक्रमण गर्न सक्ने वैज्ञानिकले कारोनालाई तह लाउन नसकेको आरोपसमेत लागेको छ । तर यथार्थमा त्यसो भएको होइन । कोरोना समूहकै अर्को भाइरस ‘सार्स’ को भ्याक्सिन बन्न लागेको समयको स्मरणले नयाँखोप बन्न २–४ वर्ष समय लाग्नु अन्यथा होइन भन्छ ।  

विज्ञानका अनुसन्धानहरू शृंखलाबद्धरूपले गर्नुपर्ने हुन्छ । अनि आयुर्विज्ञानका इलाज अन्यथा पर्न गए ज्यान जान सक्ने भएकाले मानिसमा प्रयोग हुने ओखती बजारमा भित्र्याउनुपूर्व चरणबद्ध परीक्षण आवश्यक बन्छ । त्यसैले कुनै पनि ओखती तथा भ्याक्सिन बजारमा आउन लामो समय लाग्नु अस्वाभाविक रहेन ।  

नवीन विषाणुले संक्रमण गरेको यथार्थ सार्वजनिक हुनेबित्तिकै कोभिड–१९ लाई परास्त गर्न वैज्ञानिकहरू अहोरात्र खटे, सकारात्मक परिणाम पनि आएको छ । अझ, रसियाले त आफूले विकास गरेको भ्याक्सिन प्रभावकारी भएको मात्र बताएन, बरु बजारमा जानै लागेको घोषणा गरेको छ । एउटै भ्याक्सिनले भिन्न उमेर समूह तथा वर्गका मानिसमा उत्तिकै प्रभावकारिता नदेखाएको विगतलाई नियाल्दा पृथकचरित्रका थप खोपको आवश्यकता देखिएको छ । उक्त चुनौती समाधान गर्न नवीन कोरोना भाइरसका २ दर्जन संभाव्य खोप अन्तिम परीक्षणका क्रममा देखिए । थप २–४ खोप सफलपूर्वक बजारमा आएको खण्डमा कोरोना भाइरसलाई समयमै नियन्त्रणमा ल्याउन सकिने देखियो । अहिलेको वैज्ञानिक आविष्कार तथापरीक्षण रफ्तारलाई नियाल्दा अनि विश्व स्वास्थ्य संघको प्रक्षेपण विचार गर्दा कोरोनाको पूर्ण नियन्त्रणकालागि सन् २०२१ को उत्तरार्धसम्म कुर्नुपर्ने देखिन्छ । नयाँ रोग समाजमा भित्रने अनि उक्त लक्षण नियन्त्रणका खातिर वैज्ञानिकहरू अहोरात्र खट्ने, ओखती बन्ने, बिमारी संकुचनमा आउने औषधि आविष्कारका चरणहरू हुन् । अनि, कुनै पनि रोग नियन्त्रणकालागि ओखती तथा भ्याक्सिनहरू प्रयोग हुनु स्वाभाविक प्रक्रिया हुन् । तर रोगको नियन्त्रण ओखती तथा भ्याक्सिनको प्रयोगबिना नै गर्न सकिने अवस्था आए कति आनन्द हुन्थ्यो होला ?

अमेरिकाले परिमार्जित विधिमार्फत मच्छर मास्ने अभियान सुरु गरेपछि त्यसको असर संसारभर फैँलिने निश्चित छ । अनि नेपाल अछूतो हुने प्रश्न रहेन । परिणामतः जनकपुर, वीरगन्ज लगायतका मच्छरका कारण सधैँ आक्रान्त सहर छिटै नै मच्छर विहीन हुने छन् । 

मच्छर नियन्त्रणकालागि कीटनाशक ओखती तथा मच्छरले फुल पार्ने फोहर पोखरीको सरसफाइ गरिन्छ । तर ती विधि मच्छर नियन्त्रणका लागि प्रभावकारी देखिएनन् । मच्छरको नियन्त्रण चुनौतीपूर्ण देखियो । त्यस्तो अवस्थामा अनुमानित आकलन मनोरम हुन्छ । जस्तो, तराईमा समस्याका रूपमा देखिने मच्छर कीटनाशक ओखतीको प्रयोगबिना आफैँ मासिने दिन आए कति प्रशन्नता ल्याउँथ्यो होला? बर्सेनि सैकडौँ मानिस सर्पदंशबाट मारिने तराईमा विषालु सर्प आफैँ मरे कति खुसी दिन्थ्यो होला ? सालिन्दा हजारौँ टन अन्नबाली नास गर्ने मुसा आफैँ मासिने अबस्था आए के हुन्थ्यो होला ?

केही वर्षअघिसम्म पनि सोचमा सीमित रहेको उल्लिखित मच्छर, मुसा र सर्प विनाशका उदाहरण वैज्ञानिक आविष्कारका कारण अब केबल कल्पनाका अधीनमा रहेनन् ।विज्ञानले उक्त सपनालाई यथार्थमा उता¥यो । त्यसै विषयमा वैज्ञानिकले पाएका सफलताको चर्चा यहाँ गरिएको छ ।  

मच्छरले सार्ने मलेरियाका कारण मात्र संसारमा बर्सेनि ४ लाख मानिस मर्छन्। मच्छरलेनै सार्ने इन्सेफलाइटिस, कालाज्वर, जिका जस्ता अन्य रोगकाकारण मर्नेको आकडा हेर्दासंसारबाट यो सूक्ष्म कीराहटाउन सके लाखौँ जीवन जोगाउन सकिने देखियो । यसरी मच्छर मास्न सके लाखौँ जीवन जोगाउन सकिने भएपछि वैज्ञानिकहरू त्यस्ता अनुसन्धानमा लाग्नु अन्यथा होइन ।  

मच्छरका भाले र पोथीको खानपिन फरक फरक हुन्छ । भाले फुलको रसमा रम्छ भनेअण्डा उत्पादनका लागि रगत चुस्नु पोथी मच्छरको आवश्यकताहो । पोथीले मात्र मान्छेलाई टोक्ने भएकाले रोगसार्न पनि यसैको भूमिका देखियो । फरक फरक खान्कीमा बाँच्ने भएकाले भाले र पोथीमा पाइने इन्जाइम तथा प्रोटिन फरक हुनु अस्वाभाविक भएन । अन्वेषणका क्रममा वैज्ञानिकहरूले मच्छरमा पाइने एउटा महत्वपूर्ण प्रोटिन पत्ता लगाए । अनि उक्त प्रोटिन उत्पादनमा ‘डबलसेक्स जिन’ को भूमिका देखिन्छ ।

बेलायतको इम्पेरियल कजेजका वैज्ञानिक एन्डिया क्रिसान्तीको समूहले ‘जेनेटिक इन्जिनियरिङ’ विधि प्रयोग गरी मच्छरको ‘डबलसेक्स जिन’ लाई निस्तेज गरी परिस्कृत मच्छर बनाए । उक्त जिन निस्तेज भएपछि पोथी मच्छर बयस्क अबस्थामा पुग्नुअघि नै मर्ने तरभाले मच्छरमा भने उक्त परिमार्जनले खासै असर पारेन । यसरी फुल पारेर सन्तानोत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने पोथी मच्छर वयस्क अवस्थामै नपुगेपछि मच्छर नासिनु स्वाभाविक हो ।  

परिमार्जित मच्छर प्रयोग गरी ल्याबको नियन्त्रित वातावरणमा गरिएको अनुसन्धानले ६ महिनाको अवधिमैलाखौँको संख्यामा रहेका मच्छर पूर्णरूपले मासिएको देखायो। अनि, त्योउत्खननलाई डा. क्रिसान्तीले सन् २०१८मा ‘नेचर बायोटेक्नोलोजी’ मा प्रकाशित गरे । संसारले उक्त अनुसन्धानको जानकारी पायो । मच्छरमा गरिएको उक्त अन्वेषण समाजका लागि फाइदाजनक हुने भएकाले नाफा कमाउने उद्देश्यले‘अक्सिटेक’ भन्ने कम्पनीले उक्त अनुसन्धानको प्याटेन्ट लियो । अनि व्यावसायिकरूपमा अणुवांशिक हिसाबले परिमार्जन गरिएको मच्छरको उत्पादन तथा बिक्री वितरण सुरु ग-यो ।  

विदेशबाट उच्च नश्लको साँढे ल्याएर उन्नतजातको बाच्छा–बाच्छी उत्पादन गरेझैं अणुवांशिक हिसाबले परिमार्जन गरिएको भाले मच्छर सहरमा ल्याएर छाडा छोड्दा स्थानीय पोथीसँगको समागमपछि दोस्रो पुस्तामा परिमार्जित भाले मात्र वयस्क हुने, पोथी भने मर्ने देखियो । ३–४ महिनाभित्र नै लक्षित नगर मच्छररहित हुने अनुसन्धानकर्ता तथा मच्छर उत्पादक ‘अक्सिटेक’ को दाबी थियो । मच्छर हटाउन सके धेरै फाइदा हुने ठहर गर्दै ब्राजिलले नवीन विधि प्रयोग ग-यो । नभन्दै, ब्राजिलले परिमार्जित मच्छरहरूप्रयोग गरेर छोटो समयमै आफ्ना धेरै सहरलाई मच्छररहित बनायो । ब्राजिलको उक्त सफलतापछि अफ्रिकी मुलुकहरूले त्यही विधिमार्फत मलेरियाबाट उन्मुुक्ति पाएको दाबी गरे ।  

आफ्नो मुलुकलाई प्रयोगशाला बन्न नदिने बरु अन्यत्र सफल भएपछि मात्र नवीन विधि आफ्नो देशमा भित्र्याउने संयुक्त राज्य अमेरिकको अघोषित नीति देखियो । त्यही संहिताअन्तर्गतनै अमेरिकाले ३–४ दशकअघि नेपाल परिवार नियोजन संघमार्पmत ‘फ्यामिली प्लानिङ’ सम्बन्धी अनुसन्धान ग¥यो भन्दा अन्यथा नहोला । ब्राजिल तथा अन्य अफ्रिकी मुलुकहरू परिमार्जित मच्छरको सहारामा ‘मस्क्युटो फ्री’ बन्न सफल भएको वास्तविकता देखेपछि अमेरिकाले आफ्ना सहरहरूले समेत त्यसो गर्न पाउने नियम पारित ग¥यो । पहिलो चरणमा फ्लोरिडा राज्यमा सन् २०२१मा ७५ करोड ‘जेनेटिकली मोडिफाइड’ मच्छर छाडा छाडेर राज्यलाई ‘मस्क्युटो फ्री’ बनाउने अभियान घोषणा ग¥यो । परिस्कृत मच्छरका कारण अन्य वातावरणीय प्रतिकूलता नआओस् भन्नकालागि स्थानीय तहमा जनमत संकलन गरियो । र, उक्त कार्यक्रमको समर्थनमा अधिकांश बासिन्दा रहेका पाइयो । अमेरिकाले परिमार्जित विधिमार्फत मच्छर मास्ने अभियान सुरु गरेपछि त्यसको असर संसारभर पैmलिने निश्चित छ । अनि नेपाल अछूतो हुने प्रश्न रहेन । परिणामतः जनकपुर, वीरगन्जलगायतका मच्छरका कारण सधैँ आक्रान्त रहने सहर छिटै नै मच्छरविहीन हुने देखियो ।  

अणुवांशिक परिमार्जन विधिमार्फत मच्छरविहीन सहर बनाउन सफल भएझैं मुसा, साँपलगायतका कुनै प्रजातिबाट आफ्नो समुदायलाई मुक्ति दिलाउनसमेत त्यही संहिता लागु गर्न सकिने कुरामा वैज्ञानिकहरू विश्वस्त देखिए । प्राकृतिक सन्तुलनमा सबै जाति तथा प्रजातिको महत्वपूर्ण भूमिका रहने भएकाले एउटा जातिको लोपले वातावरणीय तथा पर्यावरणीय सन्तुलनमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा भने सम्बन्धित पक्ष चनाखो रहनुपर्ने देखियो । एउटा समस्या समाधान भएर अर्को जटिलता थप्ने अनुसन्धानले समाजलाई फाइदा नगर्ने भएकाले कुनै पनि नवीन परीक्षणअघि नै सम्भाव्यता अध्ययन गर्नु जरुरी रह्यो । 

प्रकाशित: ९ भाद्र २०७७ १०:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App