२१ असार २०७७ आइतबार
विचार

विश्वधर्म किन?

कोरोनाभाइरसले मानिसको धेरै नाश गरेको छ। तर एउटा कुरामा यसले सकारात्मक सन्देश दिएको छ। त्यो हो मानिस आआफ्ना देशमा बाँडिएर बसेता पनि मानिस जाति एउटै हो। हुन त भूमण्डलीकरणले विश्वलाई एउटै गाँठोमा बाँधिरहेको छ तर आजसम्म मानिस आआफ्नो राष्ट्रिय स्वार्थमा लागेका थिए। मानव एकताको सन्देश भावनामा मात्र सीमित थियो। कोरोनाले त्यसलाई साकार रूप दिएको छ।  

कोरोनाको रोग जसरी संसारभर फैलियो त्यसबाट के सारांश निस्कियो भने मानिस जहाँ बसे पनि जे गरे पनि एक अर्कालाई प्रभावित पार्छन्। यदि कोरोनाको कीराले मानिसलाई यसरी समानरूपले सताउन सक्छ भने उसले पनि आफूहरू समानरूपले एकताबद्ध भएर लड्न सक्नुपर्यो । यदि दुःख पाउँदा समानरूपले पाउने भएपछि सुख पनि समानरूपले पाउने बाटोतिर लाग्नुपर्यो । यसकारणले विश्वधर्मको खाँचो महसुस भएको हो।

धर्म र विज्ञानलाई सँगै लिएर जान सक्नुपर्छ। जति साम्प्रदायिकविश्वास छन् उनीहरूलाई यथावतआफ्नो ठाउँमा छाडिदिनुपर्छ।

विश्वधर्म नै किनभत्रे प्रश्न पनि उठ्न सक्छ। विश्व त राजनीतिक एकतामा पनि जुट्न सक्छ। एक प्रकारले संयुक्त राष्ट्र संघको गठन यसै भावनाबाट प्रेरित भएर भएको हो।  आर्थिक क्षेत्रमा पनि एकताबद्ध हुन सक्छ। यस क्षेत्रमा विश्व बैंक र मुद्राकोष खडा भएका छन्। तर उनीहरूले समयको परिवर्तनको नयाँ खाँचो संबोधन गर्न नसकेको स्वीकार गरेका छन्। वैज्ञानिकरूपले पनि एकजुट हुन सक्छ। सामाजिक एकताको सिद्धान्त पनि प्रतिपादित गर्न सकिन्छ। तर त्यसबाट संसारको समस्या सुल्झने छैन। त्यस्तो मानव एकता धर्म क्षेत्रमानै किन खोज्नुपरेको हो?

त्यसको मुख्यकारण राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा सबैलाई एकताबद्ध राख्न एक त कठिन छ भने अर्को कुरा यसरी राख्नु पनि उचित छैन। मानिसका लागि यी क्षेत्र विविध रहनु नै राम्रो हो। यी क्षेत्रलाई एकताबद्ध गराउँदा पनि कोरोना जस्तो रोगको निदान हुने होइन किन भने कोरोनाको जन्म धर्मसित सम्बन्धित छ।

यहाँ एउटा कुरा के स्पष्ट गर्नु जरुरी छ भने धर्म भन्दा हामीले मानिसको आधारभूत स्वभाव, आचार, विचार र व्यवहारलाई बुझ्नुपर्छ। धर्म भन्दा हिन्दु, इस्लाम, बुद्ध, क्रिस्चियन, जैन आदि बुझ्ने होइन। यिनीहरू सबै सम्प्रदाय हुन्। यी विभित्र युगमा विभित्र स्थानमा त्यहाँको समाज व्यवस्थाका लागि निस्केका हुन्।  

यी सम्प्रदाय त्यस बेलाका अव्यवस्थित समाजलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर आएका थिए। व्यवस्थित गरे पनि। तर कालान्तरमा मानव समाजको घेरा बढ्दै गयो। विज्ञानले सारा संसारलाई एकै ढिकामा परिवर्तन गरिदियो। त्यसकारणले आजका सम्प्रदायले आजको विश्वको माग र खाँचो पूरा गर्न सकेका छैनन् र सक्दैनन् पनि। त्यसैकारणले विश्वधर्मको खाँचो परेको हो।

धर्म भत्राले हिन्दु, इस्लाम, क्रिस्चियन, बुद्ध धर्म भनेर बुझ्ने गरिन्छ। यसै सुरमाधर्मको उल्था अंग्रेजीमा रिलिजन र आजकल राइटियस्नेस् भनेर गरिन्छ। यो सब गलत हो। अंग्रेजी, जर्मन, फ्रेन्च विद्वान्हरूले धर्मको पर्यायवाची शब्द छैन भनेर स्वीकार गरिसकेका छन्। त्यसकारणले यसको प्रयोग धर्मकै नाउँले गर्नुपर्छ। त्यसकारण विश्वधर्म भत्रुको सट्टा विश्व रिलिजन भत्रु हुत्र। विश्वधर्म नै भत्रुपर्छ।

धर्म भत्राले मानिसले नगरिनहुने कुरा पर्छन्। यसमा विशेषतःप्रकृतिले निर्धारित गरेका कार्य आउँछन्। जस्तो मानिसले दिनभर काम गर्नु, राति सुत्नु, बिहान उठ्नु, नित्यकर्म गर्नु आदि पर्छन्। एउटा बच्चा जन्माउन ९ महिना लाग्ने नियम पनि प्राकृतिक नियममै पर्छ। यसैलाई धर्म पनि मात्रुपर्छ। सो कार्यका लागि पुरुष र स्त्रीको विवाह गर्ने प्रथा पनि बसेको छ। त्यो पनि एउटा धार्मिक कार्य हो। मानिसको शरीर शाकाहारीका रूपमाबनेको छ। अतःशाकाहारी हुनु पनि मानव धर्म हो। यी त भएमा नव स्वभाव अनुसारको धर्म।

त्यसैगरी आफूभन्दा जेठा मानिसलाई आदर सत्कार गरिन्छ। बूढाबूढीको विशेष हेरविचार गरिन्छ। बूढाबूढीहरू सडक पार गर्दा मोटर रोकिने गर्छन्। उनीहरूलाई कसैले हात समाएर सडक पार गराउँछन्। त्यस्ता कार्यलाई पनि धर्मको काम भनेर मानिन्छ। उनीहरूको राम्रो रेखदेख गर्नु आफ्ना मानिसको मात्र कर्तव्य होइन बल्की राज्यको पनि कर्तव्य मानिन्छ। दुःखी गरिबलाई बस्ने, खाने, औषधि उपचार गर्ने कार्यलाई पनि धर्मको काम मानिन्छ। यस्ता आचार व्यवहारलाई धर्मको काम नै मानिन्छ।

यस्ता कुरामा दुई मतहुन सक्दैन। विश्वधर्मको सबभन्दा ठूलो आवश्यकता कहाँ पर्छ भने जब वैज्ञानिक कुरा आउँछ। विज्ञानले संसारमा धेरै फड्को मारिसकेको छ तर यसले मानव समाज मात्र होइन,विश्व प्राकृतिक व्यवस्था पनि नाश गर्ने सम्भावना देखिएको छ। आज आठ दस देशसित यति आणविक हतियार छन् कि उनीहरूले चाहेमा सारा विश्व आठ दस मिनेटमै सर्वनाशगर्न सक्छन्। यो रोकिएको कारण मानिसले नचाहेर होइन। यो रोकिएको कारण आपसी डर र भयहो। मैले अरुको नाश गरेँ भने अरुले मेरो पनि नाश गर्नेछ भत्रे त्रासले हो। यो अमानवीय, अधार्मिक र अप्राकृतिक स्थिति हो। यस्तै कुराको निराकरण गर्नका लागि नै विश्वधर्म चाहिएको हो।  

पुराना साम्प्रदायिक विश्वास जति छन् तिनीहरू संसारमा विज्ञानको विकास र विस्तार नभएको बखत स्थापित भएका थिए। तिनीहरू प्रायः कट्टर छन् किनभने तिनीहरू अपरिवर्तनीय मानिन्छन्। आजसम्म कसैले पनि ती विश्वासका ग्रन्थ परिवर्तन गर्न सकेका छैनन्। तिनीहरू अपरिवर्तनीय नै मानिन्छन्। त्यसैले तिनीहरू नयाँनयाँ विज्ञानका आविष्कारबाट टाढा भएका छन्। कति कुरामा अमेल पनि भएका पाइन्छन्। त्यसकारण आजको विश्वधर्म विज्ञान सित मेल खाने हुनुपर्छ। धर्म र विज्ञानलाई सँगै लिएर जान सक्नुपर्छ। जति साम्प्रदायिक विश्वास छन् उनीहरूलाई यथावत आफ्नो ठाउँमा छाडिदिनुपर्छ।

 

प्रकाशित: १० जेष्ठ २०७७ ०९:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App