२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
विचार

गाउँ अर्थात् देश बनाउने मौका

एक दशकदेखि राजधानीमा रमिरहेकी दाङकी मीना थापामगर गत चैत १० गते बाध्य भएर आफ्नै गाउँफर्किन् । परिवारसहित काठमाडाै‌को कालिमाटीमा परिवारसहित डेरामा बसेकी उनी छोरोलाई सहरको राम्रो स्कुलमा पढाउने उद्देश्य साथ १० वर्षअघि उपत्यका प्रवेश गरेकी थिइन् । श्रीमान् कालिमाटी तरकारी बजारमा व्यवसाय गर्थे भने उनी घरायसी काम गर्थिन् । दुवैको कमाइले उनीहरूले छोरालाई राम्रै निजी स्कुलमा पढाइरहेका थिए । तर सहरमा जब कोरोना संक्रमणको त्रास बढ्दै गयो, तब उनीहरू आत्तिए र आफ्नै ठाउँ सुरक्षित ठानेर अन्ततःघर फर्किए । यो उनीहरूको रहरभन्दा पनि बाध्यता थियो । 

तर जब वैशाख १५ गते मैले उनको स्थिति बुझ्न फोन गरें, तब उनको कुरा सुनेर म छक्क परें । कारण, काठमाडौं सहरमा १० वर्षदेखि रमाइरहेकी उनी भन्दै थिइन्, ‘मलाई त काठमाडौं सहरभन्दा पनि आफ्नै गाउँघर पो रमाइलो लाग्यो, म अब काठमाडौं फर्किन्नँ होला ।’त्यहाँ खेतीपाती, घाँस काट्ने, गाईवस्तुको स्याहारसुसारजस्ता काम सासू, ससुरा लगायत परिवारका अन्य सदस्य सँगसँगै काम गर्न पाउँदा रमाइलोसँग दिन बित्ने गरेको उनले सुनाइन् । उनीमात्रै होइन, उनका छोरा पनि काठमाडौंको बन्दकोठा र साँघुरो ठाउँबाट गाउँको खुला र फराकिलो चौरमा साथीभाइसँग खेल्न पाउँदानिकै हर्षित भइरहेका छन् रे । साथै छोरोको शारीरिक तथा मानिसक स्वास्थ्यसमेत राम्रो हुँदै गएको उनी सुनाउँदै थिइन् । 

उनीसँग कुरा हुँदाहुँदै उनकी सासूफोनमा बोल्न थालिन्, ‘नानी म त धन्य भएँ, मेरो सुनसान घर यतिबेला भरिभराउ र रमाइलो भएको छ, स्वर्गजस्तै अनुभूति भइरहेको छ ।’ खुसी हुँदै उनले थपिन्, ‘अहिले हामी सबै मिलेर तरकारी खेती गरिरहेका छौं । गाइवस्तुको शुद्ध दूध, दही र घिउ बिक्री गर्छाैं । बरु तपाईंलाई पनि चाहियो भने भन्नुुस है !’

छोराको राम्रो भविष्यकालागि काठमाडौं छिरेकी मीनाले अहिले त छोरालाई पनिउतै दाङमै पढाउनेसम्मको कुरा गरिरहेकी छन् । छोराकालागि काठमाडौंमा भन्दा गाउँमै राम्रो वातावरण भएको उनको अनुभव छ । उनी यहाँ (काठमाडौं) रहँदाअन्य सबै सुविधा भएपनि सधैं एउटा गुनासो गरिरहेकी हुन्थिन्, ‘बच्चाले खेल्नै पाएन । कोठामा दिनभर मोबाइलमा गेम खेलेर बस्छ ।’ जसले गर्दा छोराको आँखा कमजोर हुँदै गएको उनीहरूलाई ठूलो चिन्ता भइरहेको थियो । तर अहिले गाउँमा खुला वातावरणमा छोरो रम्न थालेको मीनाले सुनाइन् । उनले फोनमा हर्षित हुुँदै सुनाउँदै थिइन्, ‘छोरोले त गाउँमा साथी नै बनाइसकेछ । अनिगाउँकै निजी स्कुलमा पढ्छु भन्छ ।’ 

गाउँफर्केका युवालाई रोजगारीको अवसर सिर्जना गरेर देशमै टिकाउन सक्यौं भने यो कोरोनामहामारीलाई देश बनाउने अवसरका रूपमा परिणत गर्न सक्छौं । आखिर गाउँकै विकासबाट देश विकसित हुने हो ।

मीनालाई अहिले लाग्न थालेको छ– गाउँमा केही कुराको कमी छैन । स्वदेशका विभिन्न सहर तथा विदेशमा रहेका युवापनि अहिले गाउँमा फर्किएका छन् ।गर्न सकेत गाउँमै जतिपनि अवसर छ भन्छिन्, मीना ।

उनको कुरा सुनिसकेपछि मलाई लाग्यो– राम्रो शिक्षा तथा रोजगारीकालागि भनेर हुलकाहुल युवा गाउँ छाडेर स्वदेशकै विभिन्न सहर तथाविदेश जाने जुन चलन थियो, त्यो अहिलेको यो कारोना महामारीले भएपनि रोकिएको छ । अरू बेला सहरका जतिसुकै सुख÷सुविधामा रमे पनिआपत्÷विपद्मा त मानिसलाई आखिर आफ्नै गाउँठाउँ प्यारो हुनेरहेछ । सुरक्षित लाग्ने रहेछ । 

यसअघि खुट्टा राख्ने ठाउँ पाउन मुस्किल कोलाहल काठमाडौं यतिबेला सुनसान, शान्त र खाली देखिन्छ । कारण हो–दाङकी मीना जस्तै धेरै मानिस यो सहर छाडेर आफ्नै थातथलो फर्किएका छन् । आफ्नै घरमा परिवारसँग रमाइरहेका छन् । विदेश गएका युवा समेत गाउँ फर्केका छन् । यस अघि अहिले देखिएको काठमाडौंजस्तो सुनसानगाउँहरू यतिबेला भरिभराउभएका छन् । भन्ने हो भने वसन्तऋतुको आगमनसँगै सुक्खा गाउँठाउँ अहिले हराभरा हुनथालेका छन् । वर्षाैंदेखि एक्लै खेतीकिसानीगरिरहेकाअभिावकपनिअहिले छोराछोरीको साथ÷सहयोग पाएर निकै खुसीभइरहेका छन् । 

अहिले गाउँगाउँमै सिंहरदबार अर्थात् स्थानीय सरकार छन् । जसकालागि गाउँ फर्केका युवा ठूलो अवसर हो । स्वदेशका विभिन्न सहर तथा विदेशमा संघर्ष गर्दागर्दै गाउँ फर्केका युवालेकुनै न कुनै ज्ञान÷सीपहासिल गरेका छन् । अब यो युवा जनशक्तिलाई आफ्नै गाउँठाउँको विकास निर्माणमा उपयोग गर्ने ठूलो अवसर छ, स्थानीय सरकारलाई । स्थानीय सरकारले अब यी युवा केन्द्रित विकासका योजना बनाएर उनीहरूलाई कामगर्ने वातावरण बनाउनुपर्ने देखिन्छ । किनभने यी युवाविदेश तथा स्वदेशकै विभिन्न सहरबाट बेरोजगार भएर घर फर्केकाहुन् । तसर्थ स्थानीय सरकारले उनीहरूलाई गाउँमै रोजगारीको अवसर सिर्जनागर्दै स्थानीयविकास, निर्माण तथाउत्पादन क्षेत्रमालगाउन जरुरी छ । यो विदेशिने युवा जनशक्तिलाई स्वदेशमै रोक्ने राम्रो मौका पनि हो । 

हामी हाल देशमा भएका औषधि उद्योगबाट पनि आत्मनिर्भर बन्न सक्छौं । तर सरकारले यस्ता उद्योगलाई प्रोत्साहन दिन र प्रवद्र्धन गर्न सकिरहेको छैन । खालि विदेशीको मुखताक्ने गरेको छ । हामीले स्कुलमा पढेको कुरा–नेपाल कृषिप्रधान देश हो र हामी ९० प्रतिशत जनता कृषिमा संलग्न छौं । तर हाल९० प्रतिशत चामल भारतबाट आयात गर्नुपर्छ । 

तसर्थ अब महामारीकै कारण किननहोस्, युवा गाउँफर्किएकाले देशलाई कृषि माआत्मनिर्भर बनाउने अवसर आएको छ । खेतीपातीलाई अब निर्वाहमुखी परम्परागत प्रणालीमा मात्र सीमित नराखी विशेष नीति र योजनै बनाएर आधुनीकीकरण र व्यवसायीकरण गर्न जरुरी छ । इटहरी, कोहलपुर, नवलपरासीलगायत स्थानमा कैयौं विगाह कृषि फार्म छन् । ती सबै खाली पर्ती जग्गाकारूपमा त्यसै खेर गइरहेका छन् । तिनलाई कसरी उपयोग गर्ने भन्ने सम्बन्धमा विज्ञसँग लछलफल गरी गाउँ आएकायुवालाई कृषिउत्पादनमा लगाउन सकिन्छ । 

त्यस्तै हाम्रो देशमा सिमेन्ट उद्योगको सम्भावना पनि उत्तिकै छ । त्यसतर्फ राज्यले लगानीगरी युवालाई रोजगारी दिन सक्छ । अहिले हाम्रो देशमा पोसाक भत्ता बापतको ५५ करोड रुपैयाँ सरकारी ढुकुटीमा छ भने सांसद विकास कोषमापनि २० अर्ब छ ।यस्तै प्रधानमन्त्री रोजगार कोषको करौडौं रकम र अन्य फजुल खर्च बचाएर सरकारले स्थनीय तहमार्फत युवालाई रोजगार तथा स्वरोजगार बनाउन सक्छ । गाउँफर्केका हाम्रायुवालाई रोजगारीको अवसर सिर्जना गरेर देशमै टिकाउन सक्यौं भने यो कोरोनामहामारीलाई देश बनाउने अवसरका रूपमा परिणत गर्न सक्छौं ।आखिर गाउँकै विकासबाट देश विकसितहुने हो ।

प्रकाशित: १९ वैशाख २०७७ ०९:३४ शुक्रबार

काेराेना_भाइरस देश रोजगारी