८ वैशाख २०८१ शनिबार
विचार

कोरोना र सीमान्तकृत समुदाय

बर्दियाकी १२ वर्षीया अनिता थारूका बुबा भारतमा मजदुरी गर्न गएका थिए । त्यहाँ गएपछि उतै घरजम गरेर बसे । सुकुमबासी भएकाले आमाले ५ कठ्ठा जग्गा त पाएकी छन् । तर त्यसमा काम गरेर खाना जुटाउन धेरै गाह्रो छ । त्यसैले घरमा न चर्पी छ, न साबुन । हात धुने अनिता थारू र उनका परिवारले खरानी र माटो नै प्रयोग गर्छन् । उनीहरूलाई कोरोनाभाइरसबारे थाहापनि छैन । 

कैलालीकी १२ वर्षकी ५ कक्षामा पढ्ने सञ्जना थारूकी आमाले बुबाले धेरै रक्सी खाने भएकाले छाडेर गइन् । बाबु रक्सीखाएर मातिएपछि केही मतलबै गर्दैनन् । ‘साबुन र चर्पी’ त यो परिवारकालागि ‘विलासिता’ बराबर हो । साबुनले हात धुनुपर्छ भन्ने थाहा पाएर के गर्नु घरमै नभए पछि! त्यसकारण खरानी नै प्रयोग हुन्छ ।

बर्दिया र सुदूरपश्चिमका केहीगाउँका मानिससँग मैले १ महिनाअघि नै सोधेकीथिएँ, ‘तपाईंहरूकहाँ चर्पी छ ?’ केही विशेष समुदायका ७०प्रतिशत परिवारमा चर्पी नभएको र नित्यकर्मगर्न झाडी, जंगलजाने, तर ‘बच्चालाई घरनजिकै दिसापिसाब गराउने’ चलन भएको पत्ता लाग्यो । त्यहाँका सरकारी स्कुलमा पनि प्रायः ‘भएमाचर्पी अति नै फोहोर, पानी नभएकाले प्रायःजंगलमै’ दिसापिसाब फेर्न जाने गरेकोकिशोर÷किशोरीले बताए । 

स्कुलमाजाँदा प्रायःशिक्षकका लागि ‘भिन्दै शौचालय भएका र ताल्चा लगाएर राखिएका’ फेला परे । त्यहाँका शौचालयबारे समुदायसँग छलफल गर्दा थाहाभयो– ज्ञान नभएर होइनकि शौचालय बनाउने ठाउँ नभएर ‘जंगलमा शौच’गर्न जान परेको, कसैकसैका घरमा भएका शौचालयचाहिँ पानी नभएर तथा फोहोर भएर गन्हाउने हुनाले प्रयोग नगरेको, नजिकै जंगल छ,किन घरको चर्पी प्रयोग गर्ने भन्ने विचारले नगरेको भन्नेहरू पनि पाइयो । यस्तो जवाफप्रायःदलित, मुसहर, पूर्वकमैया समुदायबाट आयो । 

सुदुरपश्चिममा जहाँ ‘खुल्ला दिसामुक्त क्षेत्र’ छ, त्यहाँपनि ‘छाउपडी’ मा बस्नेहरू त घरमा ‘शौचालय’भएपनि झाडीमै जान्छन् भन्ने कुरा त धेरै पहिलेदेखि थाहा भएको हो, अहिले पनि स्थितिमा केही फरक छैन भन्ने कुरा बारम्बार सुदूरपश्चिममा जाँदा बुझें । अहिले कोरोना भाइरसको प्रकोपका बेला ‘बारम्बार साबुन–पानीले हातधुनु’भनेर स्वास्थ्य मन्त्रालयले भनिरहेका बेला मैले तराईका मुसहर,बाँके, बर्दिया र कैलालीका सीमान्तकृत समुदायका केही युवालाई फोन गरेर यसबारे सोधें ।हामी त चर्पीको प्रयोगपछि माटो र खरानीले हात धुन्छौं भन्ने जवाफ आयो । खरानीले कोरोना भाइरस साबुनले जस्तै नष्ट हुन्छ होलान्?

अहिले सीमान्तकृत समुदायमा कोरोनाकै कारण ‘निमोनिया’ भएर कति वयस्क, वृद्ध, वृद्धा आदिको मृत्यु भएपनि त्यो पुष्टि हुन गाह्रो छ ।

हाम्रा पुर्खाले त खरानी नै प्रयोग गर्थे, केही समस्या भएको थिएन भन्ने पनि मनमा आयो । तर ‘त्यो बेलामा त कोरोना भाइरस पनि त थिएननि’ अर्काे मनले भन्यो । अनि मैले विचार गरिरहें– साबुन–पानीनभएका ठाउँमा कोरोनाभाइरस संक्रमितलेअरूलाई पनिरोग सार्न सक्लान्, अनि समुदायमाकति फैलिँदै जाला? काठमाडौं बसोबास गर्नेहरूले जति साबुनवा स्यानिटाइजर प्रयोग गरे पनि नेपालका विभिन्न ठाउँमा संक्रमण भएका व्यक्तिबाट त सरिहाल्छ । कोरोनाभाइरसको संक्रमणहुँदा कतिलाई त साधारण रुघाखोकी लागेजस्तो हुने हुनाले त्यो त आफैं निको हुन्छ ।

तर भाइरस सार्ने सम्भावना त हुन्छ, संक्रमण सरेको व्यक्तिलाई मधुमेह,मुटुकोरोग छ वाऊसँग रोगविरुद्ध लड्ने क्षमताकम छ भने कोरोनाकाकारण  अनेक जटिलता आउन सक्छ । साबुन–पानीले हातधुनु एक साधारण क्रिया हो, तर यसले जीवन बचाउन सक्छ भन्ने विशेषज्ञले भनिरहेका छन् । तर साबुन नै नपाउने समुदायमा के गर्ने भन्ने प्रश्न त छ नै ।’

विभिन्न समुदायमा साबुन र चर्पी नहुनु अहिलेको सरकारले नगरेर आएको समस्या होइन । यो त सयौं वर्ष अगाडि देखि राज्य, कानुन, समाजले गरेको व्यवहारको प्रतिफल हो । त्यसैले अहिले सरकारले यो गरेन, त्यो गरेन भनेर प्रतिपक्षले धारे हात लगाउनै पर्दैन । पञ्चायतकालमा आफ्नो हातमा सत्ताभएका बेलापञ्चहरूले सीमान्तकृत समुदायलाई अघि बढाउन एक पाइलापनि चालेनन् । ४६ सालपछि सबभन्दा बढी सरकारमा बसेको कांग्रेसले पनि आफ्ना घोषणापत्रमा त अनेक लेख्यो, तर व्यवहारमा‘सीमान्तकृत, जनजाति, अछूत’ आदिको विकासकालागि कुनै काम गरेन । उनीहरूको पहुँचमा साधारण मनवीय सुविधापनि पुगेन । 

४६ सालदेखि अहिलेसम्मपनि ‘मुसहर, डोम, चमारहरू पढ्न नगएको, उनीहरूको स्वास्थ्य राम्रो नभएको, बालविवाहभएको, बच्चाहरू झाडापखाला लागेर मर्ने गरेको’बारेमा कांग्रेसकाकुनै नेताले चासो देखाएको पाइन्न । मुसहर र चमारकै बस्तीनजिक बस्ने मधेसका नेताले नै ‘चमार÷पासवान’कालागिकुनै काम गरेनन् । चमार र मुसहरकालागि ४६ भन्दा अघि र पछिको परिस्थितिखासै फरकभएन ।वामपन्थी सत्तामा झल्याकझुलुक आउँदा ‘केही हुन्छ कि जस्तो लाग्ने’ गथ्र्यो । तर वाम नेताकाआँखापनि मधेसका नेताका जस्तै मुसहर, चमार, वादी समुदायमा पुगेन । 

त्यसैले कांग्रेसी सरकारका पालामा ‘सम्पूर्ण साक्षर’ भनिएकाजिल्लाका दलित र सीमान्तकृत समुदायकामानिसलाई अहिले पनि पढ्न आउँदैन । समुदाय चर्पी विहीन भएकाले ’खुल्ला दिसा मुक्त’ छैन । कागजमा घोषित ‘खुल्ला दिसा मुक्त’ले झाडापखाला र आउँ रोक्दैन । तर तराईका राजनीतिक नेतायो कुरा बुझ्दैनन् र रट लगाइरहन्छन्– ‘हामीले चर्पी बनाउन पैसा, प्रेरणा दिएका छौं । सबै ठाउँमा चर्पी छ ।’ राजनीतिक नेता साँच्चै आफ्नो भनाइमा विश्वस्त छन् भनेम आग्रह गर्छु– ‘आउनुस् सँगै विभिन्न मुसहर बस्तीमा गएर हेरौं, चर्पी छन् कि छैनन् ?’

कोरोना भाइरसको महामारी फैलिएका बेला‘चर्पी र साबुन’ त झन् एक बलियो हतियार हुन सक्छ–संक्रमण रोक्ने । कतिपय समुदायमा त साबुनले हात धुनुपर्छ भन्ने सन्देश नै पुगेको छैन होला, पुगे पनि साबुनन भए खरानी प्रयोग गरिहाल्छौं भन्ने विचार पनि छ होला। तर यसले जनस्वास्थ्यमा कस्तो असर पर्ला ?

साबुनप्रयोग नगरिँदा त कोरोना भाइरस मात्र होइन,अन्यविभिन्नस्वास्थ्य समस्या आउँछन् । लुतो, जुम्रा, घाउखटिरा, पखाला, आउँ, हैजा आदि गर्मी महिनामाहुने समस्या त एउटा परिवारमा मात्र सीमित हुँदैन । यो त समुदायमापनि फैलिन्छ । तर पनि यस्तो संक्रमण सीमान्तकृत समुदायमा फैलिने सम्भावना बढी हुन्छ । अनिउनीहरूबाट उच्चवर्गसम्म आइपुग्छ । 

बाँके, बर्दियाका मुसहर समुदायका केही परिवारसँग कुराकानी गर्दा झाडापखालाले पछिल्लो २ वर्षमा उनीहरूका ५ बालबालिकाको मृत्यु भएको थाहाभयो । तर सानाबच्चाको कुनै प्रमाणपत्र नहुने भएकाले कतै खबर गरिएन । स्वास्थ्य मन्त्रालयको तथ्यांकमा नआएका यस्ता मृत्यु कैयौं होलान् । अहिले ती समुदायमा कोरोनाकै कारण ‘निमोनिया’भएर कति वयस्क, वृद्ध, वृद्धा आदिको मृत्यु भएपनि त्यो पुष्टि हुन गाह्रो छ । किनभने एक त यस्ता समुदायको मानिसको पहुँच अस्पतालसम्म हुँदैन, भइहाल्यो भने पनि मृत्युको कारण पत्ता लगाउने चलन छैन ।

चर्पी, साबुनपानी, कोरोना सबै जनस्वास्थ्यसँग जोडिएका दीर्घकालीन सवाल हुन् ।कोरोना महामारी त केही समयपछि हराएर जानेछ, तर जनस्वास्थ्यबारे हाम्रा नेताले बेवास्ता गरे भने आगामी दिनमापनि अनेक समस्याले  सताइनै रहनेछन् । अब विचार गरिएलात यस विषयमा?

 

प्रकाशित: १९ वैशाख २०७७ ०३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App