८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

कोभिड नियन्त्रणमा प्रविधि

कोभिड(१९ को विश्वव्यापी महासंग्रामको अवस्थामा स्वास्थ्यकर्मीलाई छाडेर अर्को महत्वपूर्ण योगदान गर्ने कुनै क्षेत्र छ भने त्यो हो इन्टरनेट प्रविधि सम्बद्ध सञ्चार क्षेत्र । विश्वभर करिब २२ लाख संक्रमित र १ लाख ५०हजारको हाराहारीमा मृत्यु भइसक्दा कोरोना भाइरसको निदानका लागि कुनै चमत्कारी उपाय सुझेको छैन । एक सशक्त माध्यम भनेको बन्दाबन्दीमार्फत यसको विस्तार रोक्ने हो । यस अवस्थामा सुरक्षित स्थानमा बसी सेवा दिने र लिनेका बीच सेतुको काम गर्ने सशक्त माध्यमप्रविधि बनेको छ ।

इन्टरनेट प्रविधिले हाम्रो काम गर्ने शैलीमा परिवर्तन ल्याउन सम्भव थियो तर त्यो परिवर्तनलाई स्थापित गर्न अझै एक पुस्ता लाग्थ्यो होला । यो महामारीले गर्दा परिवर्तन विश्वव्यापी भएको छ छोटो अवधिमा । शायद भविष्यमा मानिस स्कुल, कार्यालय, किनमेल वा अरु काम पनि घरमै बसेर गर्नेछन् । स्कुल, कार्यालय, बजार जानैपरे पनि हप्ताको एक दुई दिन मात्र जानेछन् । डाक्टरसँग वा अरु कोहीसँग सल्लाह लिन पनि सधैँ भौतिक उपस्थिति पनि चाहिने छैन । यसले हामीले प्रयोग गर्ने स्रोत साधन, जस्तै– भवन, सडक, इन्धन र समयको उपयोगमा आमूल परिवर्तन ल्याउँछ । 

कृषिमा आधारित समाजबाट औद्योगिकीकरण भएको विश्व जति फरक थियो त्यति नै फरक औद्योगिकीकरण र साना तथा मझौला उद्योगमा आधारित समाजबाट सूचना प्रविधिको उच्चतम उपयोग गरेको समाज पक्कै फरक हुन्छ । सूचनाको सहज पहुँच हुने मानिस मात्र शक्तिशाली हुने परिस्थिति फेरिएर सूचनाको पहुँच धेरैलाई भएबाट शक्तिको बाँडफाँट भई समाज अझै सन्तुलित हुनेछ । 

कोभिड–१९ ले आधुनिक स्वास्थ्य विज्ञानमा उब्जाएको सवाल भनेको भविष्यमा स्वास्थ्य सेवा लिने र दिनेका बीच अत्यावश्यक अवस्थामा बाहेक प्रविधि (टेलिहेल्थ वा टेलिमेडिसिन) कोप्रयोग गर्नेतर्फ लाग्नुपर्ने सन्देश हो ।

एक्काइसौँ शताब्दीमा मानिस सजिलै विश्वको कुनै कुनाबाट अर्को कुनामा लगभग २४ घण्टामा पुग्न सक्छ । त्यस्तै कम्युटर वा फोनमा एउटा बटन मात्र दबाएर संसारभरको सूचना आफ्नो हातमा आउन सक्छ । एक किसिमले हेर्ने हो भने पहिलो विकास नै कोरोना भाइरस संसारभरि फैलिनुको एक कारण हो भने दोस्रोचाहिँ  हामीलाई यसविरुद्ध लड्न सक्षम बनाउने चिज हो । 

इन्टरनेट, सामाजिक सञ्जाल, अध्ययन÷अनुसन्धानको उपयोग गरी घरमै बसी बसीकोरोना भाइरसको बढ्दो विस्तार र यसका घातक असरहरू सम्बन्धमा वैज्ञानिक अध्ययन÷अनुसन्धानदेखि, सरकारको पहुँच घर÷घरमा पु¥याउन, सामाजिक चेतना जगाउन प्रविधि एक मात्र शक्तिशाली विकल्प सावित भएको छ । यसको प्रयोग यतिमा मात्र सीमित छैन । छरिएर बसेका परिवारलाई भावनात्मकरूपमा बाँधिराख्ने कठिन कार्य पनि यस प्रविधिको माध्यमबाट सहज बनाएको छ । हिजो विलासिताको विषय भनिने गरेको प्रविधि आज दुनियाँले अत्यावश्यक सेवाका रूपमा स्वीकार गरेको छ । यसले कति व्यक्तिको जीवन रक्षा गरेको छ भने कैयौँलाई सम्भाव्य जोखिमबाट बचाएको छ । महामारीको कहरबाट सकुशल पार लागेका ज्ञात÷अज्ञात जीवनको मूल्यछैन । 

कोभिड व्यवस्थापनमा प्रविधि
विश्वस्वास्थ्य संगठनले अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयसँग मिलेर तयार पारेको कोरोना भाइरसको रियल टाइम डाटासेटहोस् या यो महामारीको सुरुदेखि प्रकाशित भएका ३५ हजार भन्दा बढी अनुसन्धानमूलक लेखका आधारमा जो कोही पनि बन्दाबन्दीको बेलामा घरमा बसी बसी यो महामारीले आगामी दिनमा सामाजिक÷आर्थिक मनोवैज्ञानिकरूपमा कस्तो असर पार्ला भन्ने विश्लेषण गर्न सक्छ ।अमेरिकाका संक्रामक रोग केन्द्रका निर्देशक डा. एन्थोनी फाउचीले अमेरिकामा १ देखि २ लाख मानिसको मृत्यु कोभिडको कारण हुन सक्ने तथ्य बाहिर ल्याएका थिए जुन बेला त्यहाँ १० हजार भन्दा कम मात्र मानिसको मृत्यु भएको थियो । यस्तो गम्भीर विषयमा बिनाठोस आधार सरकारी कर्मचारीले बोल्न सक्दैनथे होला, यो असंभवलाई संभव पार्ने काम इन्टरनेट प्रविधिले गरेको हो । 

पक्कै पनि इन्टरनेट सेवाप्रदायकले विषयगतअनुसार कुन क्षेत्रमा कति इन्टरनेटको ब्यान्डयुथ प्रयोग भएको छ र कत्तिको उत्पादनमूलकरूपमा प्रयोग भइरहेको छ भन्ने कुराको रिपोर्ट सार्वजनिक गर्नु आवश्यक छ । 

पान्डा ल्याब, स्टानफोर्ड विश्वविद्यालय र स्वयंसेवी समूहको निरन्तर सहकार्यमा लामो समयदेखि मानव शरीरमा प्रोटिनको संरचना, यसको काम आदिका बारेमा फोल्डिङ यट द रेट होम नामक बृहत्तथ्याङ्क परियोजना सञ्चालित छ । यस सञ्जालले मेडिकलसँग सम्बन्धित थुप्रै समस्याको समाधान निकालेको पनि छ । कोभिड सम्बन्धमाविश्वभरका विज्ञहरूले आफ्ना ज्ञान सिपले भ्याएसम्मको योगदान दिन वा सिक्न सक्छन् । कोरोना भाइरसबारे संसारमा धेरै अध्ययन÷अनुसन्धान गर्ने केही रिसर्च हबमध्ये यो अग्रपंक्तिमा पर्छ । त्यस अर्थमा कोरोना रोगको स्थायी व्यवस्थापनको उपाय सुल्झिएको अवस्थामा फोल्डिङएट होम र त्यसमा योगदान दिने अमुक वैज्ञानिकको योगदानको पक्कै कदर हुनेछ । यो मौका आज प्रविधिले दिएको छ ।

अर्को साइट छ, फोल्डइट ।जुन हब वासिङ्गटन युनिभर्सिटीमा छ । यस हबको माध्यमबाट हरेक व्यक्तिले रमाइलो खेलको माध्यमबाट प्रोटिनको संरचना र कामका बारेमा नवीनतम प्रयोग गर्न सक्छन् । त्यस्ता गतिविधिलाई वासिङ्गटन युनिभर्सिटीको बायोकेमेस्ट्री डिपार्टमेन्टका वैज्ञानिकहरूले निरन्तर अनुगमन गरिरहन्छन् ।यसको ध्येय मानव शरीरमा रोगप्रतिरोधात्मक प्रोटिनको विकास गर्ने छ। उक्त पद्धति विकास भएमा कोभिडको लडाइँ स्वतःजितिने बताइएको छ । त्यसकालागि ठूलो रिसर्च ल्याबका अलावा साधारण व्यक्तिले पनि समाधानका उपाय सुझाउन सक्ने विश्वासका साथ यस्ता प्रयोग भइरहेका छन् । 

आफैँले प्रविधिबारे दखल नभएका वा कम रुचि भएका व्यक्तिहरूले आफूसँग भएका सूचना उपलब्ध गराएर पनि कोभिडविरुद्धको लडाइँमा सहयोग गर्न सक्छन् । संसारका प्रायः सबै देशले कोरोनाका संभाव्य बिरामी पत्ता लगाउन अनलाइन प्रणालीमा आधारित सूचना संकलनका विधि अपनाएका छन् । नेपाल सरकारले पनि हालै स्वास्थ्य मन्त्रालयको वेबसाइटमा कोभिड(१९ रेस्पोन्स नामबाट तथ्याङ्क संकलन एप्स सुरु गरेको छ । 

यस प्रकारको प्रविधिबाट संकलित तथ्यको सहयोगबाट व्यवस्थापक तथा वैज्ञानिकहरूलाई रोगको व्यवस्थापन गर्न आवश्यक जानकारी प्राप्त हुन्छ भने संभाव्य संक्रमितलाई तुरुन्त उपचार प्रक्रियामा लैजान सकिन्छ । यस्ता कार्यमा नाम चलेका विश्वविद्यालयले निकै योगदान दिने गरेका छन् । बेलायतमा लन्डनको किंग्स कलेजले स्थापना गरेको सि–१९ स्याम्प्टम ट्रयाकर एप्सले छोटो अवधिमा करिब २० लाख जनाको सूचना संकलन गरेको र उक्त तथ्यांकलाईसमुच्च राष्ट्रिय स्वास्थ्य प्रणालीले निर्णय प्रक्रियाका लागि उपयोग गरिरहेको छ ।

अर्को त्यस्तै प्रविधि हो– कोरोना भाइरस टेक ह्यान्डबुक ।जहाँ सबैले भाग लिन र आफ्नो रुचिको काम गर्न सक्छन् । यस हबमा कोभिडबारे व्यक्ति, परिवार, समाज, संघ÷संस्था, सामाजिक अंगहरूको भूमिकाबारेविस्तृत तथ्यगत जानकारी उपलब्ध गराउन र प्राप्त गर्न सकिन्छ । यसका साथै शिक्षा, स्वास्थ्य, सुरक्षा, न्याय, बजार, आर्थिक व्यवस्था, कृषि आदिका सम्बन्धमा अपनाउनुपर्ने सावधानी र पु¥याउन सक्ने योगदानका सम्बन्धमा उपयोगी जानकारीको संग्रहित भएको साझा थलो हो । यो हब अहिले बन्दाबन्दीको अवस्थामा बच्चा, युवा, वृद्धदेखि विभिन्न समूहका व्यक्तिलाई अध्ययनको थलो बन्न सफल भयो । त्यस्तै प्रविधि हो– इन्नोसेन्टिभ । यो हबमा केही जटिल सवाल वा प्रश्न सोधिन्छन् त्यसको समाधानबारे व्यक्तिहरूले योेगदान दिन सक्छन् । कोभिडको सन्दर्भमा कैयौँ सवाललाई यो हबका माध्यमबाट सुल्झाउन सफल भयो ।

नेपालमा सानो स्तरमै भए पनि कोभिक–१९ केस ट्रयाकिङका प्रविधिमैत्री कार्यक्रम सञ्चालन गरिएका छन्। त्यसैगरी आमाको माया एन्डोएइड एपले बन्दाबन्दी र एकान्तबासको समयमा गर्भवती महिलाका लागि अति नै महत्वपूर्ण सूचना संप्रेषण गरिरहेको छ । र, आपत्कालीन अवस्थामा युवा मिडवाइफ समितिका सदस्यहरूसँग फोनकल वा अनलाइनबाट गर्भवती महिलालाई सुझाव दिने अवसरहरू पनि जुटाएको छ ।गर्भवती महिलाका लागि उपयोगी आमाकोमाया,महावीर पुनको आविष्कार केन्द्रले आइसोलेसनमा बसेकालाई रोबोटद्वारा खाना वा अन्य आवश्यक सामग्री दिनेलगायतका प्रविधि विकासकाप्रयासलाई समुदायले रुचाएका छन् । 

यी माथि भनिएका ठूला÷साना सबै प्रयास एक दिनमा तयार भएका भने होइनन् । यसका लागि लामो समयको त्याग र ठूलो धनराशी खर्च लाग्छ । यस कार्यमा अनवरत सक्रिय भएर लाग्ने जनशक्तिलाई राज्यले पहिचान गरी उनीहरूलाई देशको सर्वांगीण विकासमा लगाउन सकिएको छैन । आज विश्वले भोगेको कोभिडकहरका सन्दर्भमा जसरी यो प्रविधिले धेरैको जीवन रक्षा गर्न र गम्भीर संक्रमणबाट बचाउन सफल भयो यसबाहेकका शिक्षा, पर्यटन, वैदेशिक रोजगारीको क्षेत्र र अन्य जनजीविकाका विविध आयाम उपयोग गर्न पाएमा देशकालागि वरदान सावित हुनेछ ।

भविष्यका लागि वरदान
विश्वमा टेलिमेडिसिनको विकास सन् १९९२ पछि मात्र भएको हो । सुरुवाती चरणमा अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयले ग्रामीण क्षेत्रका बासिन्दा र वृद्धहरूलाई लक्षित गरी केही कार्यक्रम थालनी गरेको थियो । 

कोभिड–१९ ले आधुनिक स्वास्थ्य विज्ञानमा उब्जाएको सवाल भनेको भविष्यमा स्वास्थ्य सेवा लिने र दिनेका बीच अत्यावश्यक अवस्थामा बाहेक प्रविधि (टेलिहेल्थ वा टेलिमेडिसिन) कोप्रयोग गर्नेतर्फ लाग्नुपर्ने सन्देश हो ।कोभिडको सन्दर्भमा अमेरिकाको एक अस्पतालले ४८ घण्टामा १५ सय शंकास्पद बिरामीको परीक्षण, आवश्यक औषधि प्रेषण गरेको र कोभिड संभाव्य व्यक्तिलाई उनीहरूका घरबाट उद्धार गरी समयमै अस्पताल भर्ना गरेका कारण अधिकांशलाई ज्यान बचाउन सकेको बताएको थियो । यद्यपि यो प्रविधिको प्रयोग विकसित देशहरूमा समेत १० प्रतिशत भन्दा कम व्यक्तिले गर्दै आएकामा अब त्यसमा वृद्धि हुने देखिएको छ । 

नेपालमा टेलिमेडिसिन विकासको इतिहास पनि करिब दुई दशक पुरानो छ । महावीर पुनको सक्रियतामा नेपाल वायरलेस नेटवर्क स्थापना गरी दुर्गम क्षेत्रमा प्रविधिको पहुँच पु¥याउन गरेको सफल प्रयासले यस कार्यको थालनी गरेको हो । त्यस कदमसँगै शहरका अस्पतालको सेवालाई गाउँ–गाउँका स्वास्थ्यचौकीबाट प्रवाह गराउने काम थालनी भएको हो । यो प्रविधि आज देशका ठूला अस्पताल र स्थानीय तहका स्वास्थ्य संस्थाहरूसम्म केही मात्रामा भए पनि बिस्तार त भएको छ तर त्यसको बारेमा काम भने धेरै गर्न बाँकी छ ।

कोभिडको पृष्ठभूमिका सरकार तथा अन्य सरोकारवालाले सामान्य बिमारीको उपचारका लागि अस्पताल नजान हरसंभव प्रचारप्रसार गरियो । यस क्रममा जनमानसमा के सन्देश दिइयो भने अस्पतालको भ्रमणले व्यक्ति गम्भीर प्रकृतिका रोगबाट संक्रमित हुन सक्ने बढी सम्भावना हुन्छ । राज्यले सामाजिक सञ्जाल वा टेलिफोनको माध्यमबाट चिकित्सा सेवा लिने व्यवस्था पनि मिलाउँदै आएको छ । यद्यपि त्यसका लागि सेवाप्रदायक, सेवाग्राही र आवश्यक पूर्वाधारमा यथेष्ठ ध्यान दिनु जरुरी छ ।

प्रविधिको निगमन जरुरी
अहिलेको अवस्थामा जसले जहाँबाट सक्छ प्रविधि प्रयोगमा जोड दिनुपर्छ । अहिले हामी भनिरहेका छौँ– बाहिर अनावश्यक हिँडेर भिड नगरौँ । कतै हामीले इन्टरनेटमा पनि अनावश्यकरूपमा फेसबुक, युट्युब जस्ता सेवा प्रयोग गरेर इन्टरनेट ब्यान्डयुथ मात्र खर्च त गरिरहेका छैनौँ ? किनकि अहिले ओर्क फ्रम होम भनेर घरबाट अफिसका लागि काम गर्नेलाई प्रशस्त इन्टरनेटको ब्यान्डयुथ चाहिन्छ । कतैहामीले अनाश्यक इन्टरनेटमा झुण्डिँदा ओर्क फ्रम होममा काम गर्नेलाई समस्या त परेको छैन ? फेसबुक, युटुब, स्काइप, जुम तथा अन्य इन्टरनेट वेबसाइटको प्रयोगले सोचेको भन्दा धेरै नै इन्टरनेट ब्यान्डयुथ प्रयोग गरिरहेका छन् । पक्कै पनि इन्टरनेट सेवाप्रदायकले विषयगतअनुसार कुन क्षेत्रमा कति इन्टरनेटको ब्यान्डयुथ प्रयोग भएको छ र कत्तिको उत्पादनमूलकरूपमा प्रयोग भइरहेको छ भन्ने कुराको रिपोर्ट सार्वजनिक गर्नु आवश्यक छ । यसको अभावमा यस प्रविधिको उपयोग भन्दा दुरूपयोग हुने र त्यसले उत्पादकमूलक जनशक्ति अनावश्यक क्रियाकलापमा लागेको समयमै नियमन गर्न नसक्दा राष्ट्रले ठूलो क्षति बेहोर्नुपर्नेछ ।
(सहप्राध्यापक– जनस्वास्थ्य संकाय,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान)

प्रकाशित: १० वैशाख २०७७ ०३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App