२० वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

अफवाहको समाज मनोविज्ञान

कोभिड–१९ ले विश्व त्रासित मात्र वनेको छैन करिव १ लाख ६० हजार भन्दा वढि व्यक्तिको मृत्यु भएको छ भने २३ लाख ३० हजार भन्दा वढि व्यक्तिरु  महामारीसंग जीवन र मरणको युद्ध लडिरहेका छन। विकसित राष्ट्रमा भएको मानव क्षतिले प्रमाणित गरेको छ कि समृद्धि, सम्पत्ति र वैज्ञानिक आविष्कारले मात्र प्रकृति माथी विजय पाउन सम्भव रहेनछ।

घटना १—“कोरोना मरिजा येशुको नाममा”भनी बनाएको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो। कोरोनाको महामारी फैलिरहेका बेला पोखरामा येशुका अनुयायीलाई कोरोना सङ्क्रमण हुँदैन भन्दै भ्रामक प्रचार गरेको भनि जुम्ला घर भएका २९ वर्षीय केशवराज आचार्यलाई भाइरसबारे भ्रम फैलाएकोले कास्की प्रहरीले पक्राउ गरेको थियो। (चैत,११,२०७६ रासस)

घटना २— चैत २१,शुक्रबार साँझ बेल्डाँडी गाउँपालिका २ कञ्चनपुरका २३ वर्षिय गोपाल सुनारले आफ्नो फेसबुकमा’ महेन्द्रनगरको अञ्चल अस्पतालमा एक जनाको मृत्यु कोरोना भाइरस संक्रमण पुष्टि भएको छ’ भन्दै लेखेका थिए। प्रहरीले उनलाई पक्राउ गरेको थिए। (शनिबार, चैत २२, २०७६, सेतोपाटी आनलाईन)

घटना ३— सामाजिक सञ्जाल फेसबुकमा ‘सुर्खेतमा पनि कोरोना देखियो पुष्टि हुन बाँकी’भन्ने स्टाटस लेखेर कोरोना भाइरसबारे भ्रम फैलाउने वीरेन्द्रनगर–८ कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मङ्गलबार पक्राउ गरेको थियो।  प्रहरीले आचार्यलाई फेसबुकमा लेखेको आधारमा पक्राउ गरेको हो। (बुधबार, बैशाख ३,२०७७ खरीबोट आनलाईन)

घटना ४—कोरोना भाइरसको संक्रमणबारे गलत हल्ला फैलाएको आरोपमा इलामको फाकफोक थुम गाउँपालिका ७ का २४ वर्षिय सन्दीप योङहाङ ले हिजो १८ अप्रिल शनिबार फेसबुकमा इलामको बिब्ल्याँटेमा एक जनामा कोरोना संक्रमण भेटिएको गलत सूचना पोस्ट गरेका थिए। सर्वसाधारणलाई त्रसित बनाउने उद्देश्यले तथ्यहीन र भ्रामक प्रचार गरेको भन्दै प्रहरीले  उनललाई प्रहरीले पक्राउ गरेको छ। (वैशाख ७,२०७७ कान्तिपुर आनलाईन)

यी केहि प्रतिनिधिमुलक घटना  हुन। यस्तो वेलामा समाजको मनोविज्ञान वुझेर समुदायका व्यक्तिको भावनहरु सँग खेलवाड गरी अफवाह फैलाउने समूह पनि सामाजिक संजालमा सक्रिय रहने पनि गरेको पाईन्छ। अफवाहमा व्यक्तिले कुराकानीलाई मौखिक शब्दहरूबाट प्रसारित गर्छन्। जसमा तिनीहरूले व्यक्ति, भइरहेको अवस्था वा परिस्थितीको बारेमा जानकारी प्रदान गर्छन जसमा समुदायको भावनात्मक आवश्यकताहरू व्यक्त गर्छन् र सन्तुष्ट हुन्छन्।

अफवाहले मानोवैज्ञानिक रुपमा सन्तुष्टि हुने भएकोले व्यक्ति यसमा संलग्न हुन्छ। अनिश्चितताको अवस्था भएमा मानिसहरूले अफवाह फैलाउँछन्। जब हामीसंग संसारमा यो कुरा कसरी र किन भइरहेको छ भन्ने बारे थाहा छैन तव अफवाहहरू फैलिन थाल्छन्।

अफवाह अप्रमाणित सूचना अथवा कथन हुन् जुन व्यक्ति अस्पष्ट स्थितिको भावना बनाउन वा सम्भावित खतरासँग डिल गर्न प्रयोग र्सकुलेट गर्छन्। अफवाहहरू विशेष चासोको स्थितिको बारेमा गरिन्छ जस्तै अहिले केहि व्यक्तिले कोभिड १९ महामारीको वारेमा गरेका छन। अफवाहहरू समाचार जस्ता हुन्छन् तर त्यो समाचारमा जस्तै  ठोस प्रमाणमा आधारित हुँदैनन्।

अफवाह त्यस्ता सूचना कथन  हुन जुन त्यस समयमा प्रचलनमा रहेका हुन्छन् तर अप्रमाणित सूचना हुन् र अति महत्वपूर्ण त भित्री रूपमा सूचना प्रासंगिक हुन्छन् किनकी ति जानकारीले व्यक्ति वा समुदायको दैनिक जीवनलाई असर गर्दछन्।

अफवाहहरू सामाजिक र संगठनात्मक सर्वव्यापी तत्व हुन जसले ध्यानआकर्षण, भावना जगाउने, उत्तेजित संलग्नता, मनोवृत्ति र कार्यहरूलाई प्रभाव पार्दछ। अफवाहको अनुसन्धानले देखएको छ कि जहाँ अविश्वास बढ्दछ, त्यहाँ अफवाह मौलाउँछ। १९४० को दशकमा सामाजिक मनोविज्ञानमा अफवाहहरू धेरै जल्दो वल्दो विषय थिए तर यो अफवाहको राम्रोसँग अध्ययन गर्न झन् बढी  कठिन काम थियो। १९४७ मा, गोर्डन आलपोर्ट र लियो पोस्टम्यानले द साइकोलोजी अफ रुमर पुस्तक प्रकाशित गरे। अफवाह सामाजिक र संगठनात्मक घटनाहरूको समूह हो जसमा सामाजिक अनुभूति, मनोवृत्ति निर्माण र निरन्तरता, पूर्वाग्रह र कट्टरपन्थीकरण, समूह गतिशीलता, पारस्परिक र अन्तरसम्बन्ध, सामाजिक प्रभाव, र संगठनात्मक विश्वास र संचार समावेश छ। अफवाहले सांस्कृतिक अभिव्यक्तिहरू प्रदान गर्दछ भने कुराकानीले समूहलाई अस्पष्टता प्रदान गर्न मद्दत पुर्याउँछ।

अफवाहले मानोवैज्ञानिक सन्तुष्टि

अफवाहले मानोवैज्ञानिक रुपमा सन्तुष्टि हुने भएकोले व्यक्ति यसमा संलग्न हुन्छ। अनिश्चितताको अवस्था भएमा मानिसहरूले अफवाह फैलाउँछन्। जब हामीसंग संसारमा यो कुरा कसरी र किन भइरहेको छ भन्ने बारे थाहा छैन तव अफवाहहरू फैलिन थाल्छन्। मानिसहरूले चिन्ता महसुस गर्ने बित्तिकै अफवाह फैलाउँछन। प्रायःअनिश्चितताले नै चिन्ता पैदा गर्दछ। हामी विश्वको स्पष्ट ज्ञान लिन चाहन्छौं। जब हामी अनिश्चित महसुस गर्छौं तब हामी चिन्तित हुन्छौं। केहि अनुसन्धानले देखाएको छ कि बढी चिन्तित मानिसले अफवाह फैलाउने सम्भावना बढी हुन्छन। जब व्यक्तिहरू महत्त्वपूर्ण हुन्छन् तब मानिसहरूले अफवाहहरू फैलाउँछन। अध्ययन अनुसार जब मानिसहरू कुनै समूह विशेषलाई बढी महत्त्व दिन्छन् त्यसले अफवाहहरू फैलाउने सम्भावना बढी हुन्छ। जब ती सूचनालाई आफुले विश्वास गर्छन् मानिसहरू अफवाहका हल्ला गर्छन। जब अफवाहले व्यक्तिको आफ्नै स्व प्रतिमा वा छविलाई जोगाउन मनोवैज्ञानिक रुपमा मद्दत गर्दछ तव व्यक्तिले अफवाह फैलाउँदछ। धेरै अनुसन्धानले देखाए कि व्यक्तिहरु प्रायःआफ्नो बारेमा राम्रो महसुस गर्न चाहान्छन्। जब यसले उनीहरूको सामाजिक स्थितिलाई मद्दत गर्दछ तव मानिसहरूले अफवाह फैलाउँदछ। मानिसहरूले आफ्ना सामाजिक सम्बन्धहरू सुदृढ पार्नका लागि अफवाहहरू प्रयोग गर्न सक्दछन्। जस्तै एक समूहद्वारा स्वीकार गरिनुको लागि तिनीहरूको प्रतिद्वन्द्वी समूहको बारेमा केहि हल्लाहरू पास गर्ने गर्दछन।

अफवाह फैलाउने व्यक्तिलाई मानोवैज्ञानिक फाईदा भए  पनि यसको नकारात्मक असर जस्तै  चिन्तित हुने, त्रसित हुने,  निन्द्रा नपर्ने, मानसिक सुस्वास्थ्यमा गडवढि देखिने आदि समुदायमा वा समाजमा देखिन थाल्छन्। विश्वव्यापी रूपमा लिइएको सामाजिक दूरी एवं ४४ भन्दा वढि देशमा बन्दावन्दिको रणनीतिका कारण श्रमिक वर्गको आर्थिक स्थितिमा आएको ह्रस, गास वासको जोहो गर्न परेको असहजता र भविष्यबारे को चिन्ताले मानसिक स्वास्थ्य समस्या देखिने केहि अध्ययनले देखाएको छ। समुदायमा चिकित्सा, सुरक्षाको क्षेत्रमा अग्रणीय भूमिका निर्वाह गरेका स्वयम सेवक लगायतको मानसिक स्वास्थ्यमा पनि प्रतिकुल असर पर्ने भएकोले मानसिक सुस्वास्थ्य कायम राख्न सांस्कृतिक रुपमा स्वीर्काय स्वहेरचाहको विधिमा ध्यान दिनु आवश्यक छ।

मनोवैज्ञानिक डेनियल गोलमेनका अनुसार भावनात्मक वुद्धिमताले सामान्यतया व्यक्तिको जीवनमा स्वव्यपस्थापन, स्वचेतन, सामाजिक सचेतना र सम्बन्ध व्यवस्थापनमा मद्दत पुर्याउँछ। आत्म जागरूकता भनेको तपाईको मुड, भावना र ड्राइभ पहिचान र बुझ्ने क्षमता र तिनीहरूको प्रभावअरूमा कस्तो पर्दछ भन्ने जान्नु हो। स्व नियमन (सेल्फ रेगुलेशन) आफ्ना नकारात्क आवेगहरू र मुडहरू नियन्त्रण गर्ने क्षमता र व्यवहार गर्नु अघि सोच्ने तपाईंको क्षमता हो।

सकारात्मक तरिकाले सोच्ने, योजना बनाउने, प्रकृतिलाई बुझ्ने उपयोगी र हाम्रो  संस्कृतिसँग मिल्ने खालका परम्परागत ज्ञान र शिक्षा सिक्ने अवसरका रुपमा यसलाई लिई अगाडि वढ्नसके भावनात्मक वुद्धिमताको सदुपयोग गरेको मान्न सकिन्छ।

अभ्यास गर्न प्रेरणा दिनुहोस

भावनात्मक बुद्धिमत्ता वास्तवमै आत्म जागरूकता र आत्म नियमनको बारेमा हो। भावनात्मक बौद्धिकतालाई बढावा दिँदै आफ्नो भावनालाई पहिचान गरी र नियन्त्रण गर्न सक्ने क्षमताले सकारात्मक संस्कृति बनाउन सबैभन्दा ठूलो भूमिका निर्वाह गर्दछ। अनुसन्धानले देखाएको छ कि भावनात्मक बुद्धिमताले व्यक्तिको औसत प्रदर्शनमा ९० प्रतिशत जति वृद्धि गर्दछ। 

आफ्नो ख्याल राख्नुहोस

व्यक्तिले आफ्ना क्रियाकलापहरूको लागि समय निकाल्ने जसले आफुलाई आराम गर्न मद्दत गर्दछ।  त्यो बिभिन्न व्यक्तिहरूको लागि बिभिन्न क्रियाकलाप हुन सक्छन्।  जस्तै खाना पकाउन, पढ्न, संगीत सुन्न,करेसावारीमा समय विताउने आदि।

आत्म व्यवस्थापनको लागि समय तालिका निर्धारण गर्नुहोस्

विशेष गरी जबतपाई घरबाट काम गर्दै हुनुहुन्छ आत्म व्यवस्थापनको महत्वपूर्ण भूमिका हुन्छ। त्यसका  लागि तालिका सेट गर्नुहोस्। जस्तै उठ्नुहोस, लुगा धुनुहोस, कफी बानाउनुहोस, तपाईले गर्ने कामको सूची बनाउनुहोस् जसले तपाईंलाई ध्यान केन्द्रित गर्न र उत्पादक रहन पनि मद्दत गर्दछ।

मनको कुरा सुन्ने र सुनाउने गर्नुहोस

आफ्ना परिवार वा समूहमा रहेका सदस्यको साना साना कुरा सुन्नको लागि सधै तत्पर रहनुहोस्। त्यसको लागि निम्न कुरा गर्न सक्नुहुन्छ जस्तै तपाईलाई  कस्तो छ? तपाईको चिन्ता के हो? तिमीलाई के चाहियो? आदि। यो मनको कुरा त्यो मनले वुझ्ने समूहको सदस्यसँत कुरा सुनाउनु होस।  जसले सकारात्मक सोचका साथ परिस्थितीसंग  सामना गर्न सहजता प्रदान गर्दछ।

टेक्नोलोजीको फाइदा लिनुहोस् र शान्त हुनुहोस्

तपाईं तनावमा हुँदा आत्मनियमन गर्न गाह्रो हुन्छ। तर हामी सबैले प्रतिक्रिया दिन अघि रोक्न सिक्नु पर्छ। हामी सबै तनावपूर्ण समयमा कार्यक्षेत्रमा नयाँ उपकरण र प्रक्रियामा अनुकूलन गर्दैछौं। र्भचुअल भिडियो मीटिंग सफ्टवेयरले सुस्त प्रतिक्रया दिन, एक अर्कासँग धेरै धैर्यता राख्न सहयोग गर्दछ। जसले हाम्रो सकारात्मक सामनागर्ने सीपलाई अझ बढी प्रभावकारी बनाउँछ।

प्रकाशित: ७ वैशाख २०७७ १६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App