१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

सकेको गरौँ

कोरोना महामारीबाट जोगिन लकडाउन बेहोरेको ३ हप्ता पुग्यो । यो कुनविन्दुमा र कहिले टुङ्गिने हो अनुमानसम्मपनि गर्न सक्ने स्थिति छैन । विश्वलाई नै हायलकायल पार्ने यस जीवाणुको उत्पत्ति र पृष्ठभूमिका रहस्य भविष्यमा अवश्य खुल्नेछन् । यत्तिचाहिँ भन्न सकिन्छ– यो विपत्ति मानवले प्रकृतिमाथि गरेको चरम अन्यायको पनि परिणाम हो । आधुनिकीकरण, विकास र जसरीपनि धन थुपार्ने महत्वाकांक्षापनि यसको कारक छ । इकोसिस्टमलाई नै तहसनहस पार्ने गरी भएको प्रकृतिको दोहन र मानव आनीबानीपनि कुनै न कुनै रूपमा यो परिस्थिति आउनुमा जिम्मेवार छ । 

यस अर्थमा हामी नेपालीहरुले गरेको गल्तीको सजाय भोगिरहेका छौँ । हामीले पनि प्रकृतिलाई नोक्सानी हुने काम नगरेका हैनौँ तर विकसित भनिएका देशले गरेको जस्तो अचाक्ली गरेका छैनौँ । यो थोपरिएको संकट हो । यस अर्थमाहामीले अरु धनीभनिएका देशले औद्योगिकीकरण र विकासको नाममा गरेको गल्तीको मार खेपिरहेका छौँ । यसलाई स्वाभाविक हिसावले लिनहुन्न ।

काम महत्वपूर्ण
ब्राजिलमा भूमिहीनहरूको एमएसटी नामक एउटा संगठन छ । १५ लाख सदस्य छन् । लकडाउनको समयमा एमएसटीको साथीसँग कुरा भएको थियो । उनीहरूले सिलाइको सिप भएको व्यक्तिको घरमा कपडा दिएर मास्क उत्पादन गरी ठूलो संख्यामा सदस्यलाई वितरण गरेका रहेछन् । खाद्यान्नहुने सदस्यले नहुने छिमेकका सदस्यलाई खाद्यान्न सहयोग गर्ने गरी व्यवस्थापन गरिएको रहेछ । परिवारमा आफ्ना सदस्य नभएका ज्येष्ठ र अशक्त सदस्यलाई सहयोग गर्न स्वयंसेवक परिचालन गरिएको रहेछ । किसानले आफ्ना उत्पादित वस्तु बिक्री गर्दा ध्यान दिनुपर्ने प्रक्रियाका विषयमा व्यापक सचेतीकरण गरिएको रहेछ । 

यो मागमात्र गर्ने समय हैन । आफूले, आफ्नो समूहले, आफ्नो संस्थाले सकेको गर्ने र नसकेको विषयमामात्र सरकार वा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने कार्यचाहिँ महत्वपूर्ण हुन्छ ।

हामी कहाँपनि यस्तो काम नभएको हैन । सहरमा टिक्न नसकेर हिँडेरै घर फर्किएका नागरिकलाई ठाउँ÷ठाउँमा खाना पकाएर समुदायले खुवाएका छन् । अप्ठेरो परेको समयमा खाद्यान्न सहयोग गरेको, गाउँघरमा औषधि सकिएकालाई औषधि उपलब्ध गराएकाजस्ता समाचार पनि प्राप्त भइरहेका छन् । समुदायले आफ्ना छिमेकी वा आगन्तुकलाई सहयोग गर्ने कार्य यस कठिन स्थितिमा पनिभइ नै रहेको छ । 

संघ÷संस्थावा संगठनको हकमा भने कामभन्दा बढी विज्ञप्ति निकाल्ने कार्य भएको होकिभन्ने देखिन्छ । लगभग एउटै बेहोराका विज्ञप्ति निकालेर सरकारलाई अनुरोध वाध्यानाकर्षण गरिएका इमेलको बाढी नै लागिरहेको छ। तीदुईखाले छन् । एउटा आफूले सकेको गर्ने अनिअरुको ध्यानाकर्षण पनि गराउने। कतिचाहिँ आफू केहीपनि नगर्ने माग मात्र तेर्साउने । यो मागमात्र गर्ने समय हैन । आफूले, आफ्नो समूहले, आफ्नो संस्थाले सकेको गर्ने र नसकेको विषयमा मात्र सरकार वा अरुको ध्यानाकर्षण गराउने कार्यचाहिँ महत्वपूर्ण हुन्छ ।

अर्को महत्वपूर्ण पक्षभनेको नेपालमा व्यापक सदस्यता भएका संगठन धेरै छन् । उनीहरूको ध्यान त्यही सदस्यको सचेतता, सक्रियता र परिचालनमा जान जरुरी छ । विज्ञप्तिहरू यतिखेर बलिया हुन्छन् जतिखेर हामीले यो कठिन परिस्थितिमा यो गरिरहेका छौँ, यसमाअपुग देखिन्छ, सरकार वाअरुले यो गर्नुप-यो भन्ने ढंगमा आउँछन् ।यी संगठनसँग भएका सदस्यको सही परिचालन आफैँमा एउटा ठूलो स्रोत हो । 

अहिले यिनलाई आआफ्नो ठाउँबाट परिचालनन गर्ने हो भने भोलि पछुताउने अवस्था आउन सक्छ । एक सदस्यलाई अप्ठेरो परेमा अर्को सदस्यले सहयोग गर्ने, एउटा समूहलाई अप्ठेरो प-यो भने अर्को समूहले सहयोग गर्ने भन्ने अवधारणा बाट कामहुने हो भने अहिलेको संकटबाट उम्किनराम्रै सहयोग पुग्नेछ । यसले कोरोनाबाट जुध्न सजिलो मात्रहुने हैन, हरेक संगठनका सदस्यले संगठनमा रहनुको अर्थ पनिगहिरोसँग बुझ्न सक्छन् ।त्यतिभएमात्र संगठन खुल्नु, त्यसमा आबद्ध हुनुको औचित्यमात्र हैन, यसको तागतसमेत प्रस्ट हुन्छ । र, संगठनप्रति विकर्षण हैन, आकर्षण बढ्दै जान्छ ।

छिमेककालाई सहयोग गरौँ
यो घरमाबस्ने समय हो तर घरमा बसेर पनिगर्न सकिने काम धेरै छन् । एउटै समुदायमा केही खाद्यान्न सञ्चित भएका परिवार पनिहुन्छन् । केहीन भएका बेसाएर खानुपर्ने अवस्थाकापनि हुन्छन् । आफ्नो घरमा छ र छिमेकीलाई संकट परिरहेको छ भने सहयोग गरौँ । संकटमा सहयोगी नहुने छिमेकी छिमेकी हुन सक्दैनन् । 

स्थानीय सरकारले अहिले राहतवितरणमा कठिनाइ आएको र राहत नै बाँड्न नसकेको खबर पनि आइरहेका छन् । स्थानीयतहले बाँड्ने राहत पनि विवाद रहित छैन । आफूलाई लामो समय पुग्ने खाद्यान्नभएकाले पनि राहतकालागि नाम टिपाएका र सबैलाई दिनुपर्छ भनेर अड्डी कसेकाखबर सार्वजनिक भइरहेका छन् । खासमा राहत छाक टार्नै समस्या परेकालाई मध्यनजर गरी ल्याइएको हो । त्यसैले विपन्न÷गरिबकालागि ल्याइएको राहत योजनामाथि हुनेखानेले पनि आँखा गाड्नु सर्वथागलत हो ।जुन हाम्रो संस्कारलाई सुहाउने कार्य पटक्कै होइन । 

यस्तो बेलाहुनेले नहुनेलाई सहयोगगर्ने हो ।विपन्नलाई सहयोग गर्नुपर्ने ठाउँमा उल्टो अरुले पनिनपाउने गरी समस्या खडा गर्नु उचित हैन । आवश्यक नपरेकाले सरकारी खाद्यान्न सहायताको लोभैगर्नुहुँदैन । खाद्यान्नको जोखिममा रहेका परिवारको लगत स्थानीय तहमाभएको भएत्यसलाई आधार मान्न सकिन्थ्यो । भूकम्पको समयमायही समस्याभयो । त्यहाँबाट सिकेर यस्तो लगत देशभर राख्नुपथ्र्याे । तर राखिएन । अहिले समस्याभएको छ । अब यसबाट सिकेर त्यस्तो विवरण राख्ने कुरामा स्थानीयतहले भूमिका खेल्नैपर्छ । हैन भने हामीअर्को संकट आउँदा फेरि यस्तै समस्यामा फसिरहेका हुन्छौँ । जसले समस्यालाई कहिल्यै समाधान हुनदिँदैन । 

खेतीगर्न नछाडौँ
हामीले अहिले ठूलो मात्रामा खाद्यान्न आयात गरिरहेका छौँ । कोरोनाले कृषिकार्यमा पनि अवरोध गरेको छ । आजैबाट सचेत कदमचालिएनभने विगतकावर्ष भन्दाकम उत्पादन हुने अवस्था आउन सक्छ । यसले भोकमरी आउन सक्छ । बाहिरी मुलुकबाट पनिआयातगर्न पाउने स्थिति हुँदैन किनकि उनीहरूले पनित्यही समस्या भोगेका हुन्छन् । खेतबारीमा परिवारका सदस्य मिलेर कामगर्न कोरोनाले खास अप्ठेरो हुँदैन । आफ्नालागि र अरुकालागिपनि खाद्यान्न उत्पादन गर्ने अठोट लिएर खेतीपाती गरि नै रहौँ । कोरोना रोकथाम जत्तिकै यस कार्यलाई प्राथमिकतामा राखेर कामहुन आवश्यक छ । सबै (करिब ३ करोड)नागरिकलाई पुग्ने खाद्यान्न उत्पादन गर्ने गरी अभियानकै रूपमाकार्य हुनआवश्यक छ ।

भूमिहीन, सुकुमबासी र कृषिमजदूर संकटमा
लकडाउनले सहरी श्रमिकलाई सबभन्दा बढी र छोटो समयमा नै असर पुग्यो । उनीहरूलाई स्थानीय सरकारले राहतवितरणको कामपनि गरिरहेको छ । तर लकडाउनको अवधिलम्बिँदै जाँदाभूमिहीन, सुकुमबासी, कृषिश्रमिक, पूर्वहलिया, कमैया, मुसहर आदि ग्रामीण गरिबीमा बाँचेकालाई पनि समस्याहुन थालेको छ । यसरी अभाव बेहोर्ने अधिकांश दलित समुदायका छन् । विपद्को समयमा घरमा खाना पनि नहुने, कामगर्न जान पनि नपाइने वा नसकिने स्थितिमा व्यक्तिगत जीवनमातनाव बढाउँछ । परिवारमा कलह निम्तन्छ । मानसिक विचलन आउँछ । त्यसो भएकाले हरेक स्थानीयतहले यीवर्गलाई प्राथमिकतामा राखेर सहयोग गर्नुपर्छ । यस्तै सुरक्षित तरिकाले बस्ती छेउछाउ साना समूहमा विकास निर्माणको काममा लगाएर पारिश्रमिक दिने कामपनि अब अगाडि बढाउनुपर्छ । लामो समय श्रम नगरी राख्ने परिस्थितिले अनावश्यककाममा समय बित्ने र त्यसको परिणाम सुखदनहुन सक्छ । 

बन्देज नलगाऔँ
व्यक्ति, समूह, संस्था, कम्पनीले गर्ने सहयोग रोक्नुहुन्न । एकद्वार प्रणालीको नाममायसलाई रोक्नु भनेको सामाजिकभावनामार्नु हो । प्रस्तावना लेखेर विदेशी सरकार वा संस्थाबाट आउने आर्थिक वाभौतिक सहयोगकालागि सरकारबाट अनुमति लिनुपर्छ । र,त्यसलाई सरकारले कहाँकुन क्षेत्रमाउपयोग गर्ने भन्ने विषयमानिर्देशनदिन सक्छ । तर व्यक्तिलेआफ्नो कमाइबाट दिने सहयोग उसको इच्छाअनुसार जहाँचाहेको हो सहयोग गर्न दिनुपर्छ । 

प्रकाशित: ६ वैशाख २०७७ ०४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App