८ वैशाख २०८१ शनिबार
विचार

डिप्रेसनको ‘डर’

मनोचिकित्साका अनुसार डिप्रेसन एक जटिल मानसिक रोग हो।  मनमा उदासिनता र खिन्नता, अपराध बोध, मानसिक थकान, ऊर्जाहीन, चिडचिडापन, अनिद्रा वा बढी निद्रा लाग्नु, भोक नलाग्नु वा बढी भोक लाग्नु, मनमा नकारात्मक विचार आउनु, भविष्य अन्धकार लाग्नु तथा आत्महत्याको सोच आउनु वा प्रयास गर्नु आदि यसका प्रमुख लक्षण हुन्। तर मनोचिकित्साले अपनाएको डिप्रेसनको बाइलोजिकल मोडल ठूला औषधि कम्पनीबाट प्रभावित भएको कुरा कतिपय स्वयं मनोचिकित्सकले जोडदार रूपमा उठाइरहेका छन्। हुन पनि डिप्रेसनलाई टाइफाइड, ग्यास्ट्रिक, टिबी, क्यान्सर आदि रोगजस्तो मान्न सकिने कुनै वैज्ञानिक आधार छैन। वास्तवमा डिप्रेसन न रोग हो न त केमिकल्स लोचा (मस्तिष्क रसायन असन्तुलन)। उसो भए डिप्रेसन के हो त ?

समस्या नम्बर १
४५ वर्षीय इमान व्यवसायी हुन्। ठाउ“ठाउ“मा उनका थुप्रै कारोबार छन्। धेरै ठाउ“मा लगानी छ। व्यापारमा उतारचढावका कारण अहिले उनको आर्थिक अवस्था सन्तोषजनक छैन। बैंकलाई ठूलो मात्रामा ऋण तिर्न बा“की छ। तर पनि उनले हिम्मतसाथ व्यवसाय गरिरहेका छन्।

एकदिन उनले नै पाउने लगभग निश्चित भएको ठूलो ठेक्का राजनीतिक चलखेलका कारण फुत्कियो। उनी छाँगोबाट खसेझैं भए। खाना रुचेन, निद्रा लागेन। मनमा नकारात्मक विचारले परेड खेलिरहेका थिए। उनी ओछ्यानमा छटपटाइरहे। बिहान भयो। मनमा उदासिनता त थियो, तर हिजोभन्दा कम थियो। उनले अब्राहम लिंकलनलाई सम्झे। एकाएक विचार बदलियो– मेरो मात्र होइन, हरेक व्यवसायीको जीवनमा यस्ता उतारचढाव आइरहन्छन्। जसले डटेर समस्याको सामना गर्छ, उही  सफल हुन्छ। अनि उनी उठे, फ्रेस भए र खाना खाएर अफिसतिर हिँडे। सामान्य रूपमा काम गर्न थाले।

डिप्रेसनबारे समाजमा ठूलो भ्रम छ र त्यस्तो भ्रम छर्ने काम ठूला औषधि कम्पनीले गरिरहेका छन्। त्यसैले हिजोआज संसारभरि नै डिप्रेसनको हाउगुजी छ।

समस्या नम्बर २
२० वर्षीय कलेज विद्यार्थी भित्र पसे। दबेको आवाजमा भने– नमस्ते। मैले नमस्ते फर्काएँ र हात मिलाउ“दै भनें– बस्नुहोस्। उनी कुर्सीमा बसे। उनको हात चिसो थियो। मैले उनको अनुहार हेरें– उदास, निराश र फुस्रो। गहिरि“दै गएका चमकहीन आ“खा, अनि कलेटी परेका ओठ।

मैले सोधें– कहा“ पढ्नुहुन्छ ? उनले फलानो कलेजमा बिएससीमा पढ्छु भने। मैले पुनः सोधें– भाइलाई के समस्या प¥यो र यहा“ आउनुभयो ? उनले भने– मेलै केही दिनदेखि अस्वस्थ महसुस गरिरहेको छु। मन निकै खिन्न छ। शरीर ऊर्जाहीन। म ः के भयो र त्यस्तो मन खिन्न भयो ? उनी ः खै केही थाहा छैन। किन हो कुन्नि मेरो मुड ठीक छैन, मुड लो भएको छ। टाउको भारी छ। म खुसी हुन खोज्छु। जीवनमा साथीहरूजस्तै रमाउन चाहन्छु, तर सकेको छैन। म के गरूँ ?

उनको सबै कुरा सुनिसकेपछि मैले उनी किन यसरी डिप्रेस्ड भएँ भन्ने पत्ता लगाउन डेटा जम्मा गर्नतिर लागें। म ः अनि तपार्इंको पढाइलेखाइ कस्तो छ ? कलेज गइराख्नुभएको छ ? उनी ः गएको छु। तर मलाई कुनै कुरामा पनि इन्टे«स्ट छैन। तर मलाई बिएससी जसरी भए पनि पास गर्नुछ, बिएससी गरें भने स्कुलमा नोकरी पाउने पक्का छ। मेरा केही असाध्यै मिल्ने साथी छन्। उनीहरूसँग कहिलकाहीं घुम्न पनि जान्छु। तर उनीहरूजस्तो रमाउन सक्दिन“। उनीहरूलाई म यस्तो अवस्थामा छु भन्ने थाहा छैन। मलाई यसबारेमा उनीहरूस“ग कुरा गर्न पनि मन छैन। सोच्छु, हैन, मलाई किन यस्तो भयो भन्छु। प्रायः कोठामा नै बस्छु। म ः तपार्इंको कसैस“ग प्रेम सम्बन्ध छ ? उनी ः दोस्रो सेमेस्टरमा एक सहपाठीस“ग सम्बन्ध थियो। तर अहिले कसैस“ग छैन। म ः आमा–बाबास“ग सम्बन्ध कस्तो छ नि ? उनी ः ठीकै छ। म ः के उनीहरूलाई तपार्इंको मुडबारे थाहा छ ? उनी ः छैन। म मेरो मुडबारे उनीहरूलाई भनेर बोझ दिन चाहन्नँ। म ः किन ? मम्मी–डैडीले तपार्इंलाई माया गर्नु हुन्न ? उनी ः म १० वर्षको ह“ुदा मम्मी बित्नुभयो। एक वर्षपछि डैडीले अर्को विवाह गर्नुभयो।

म ः कान्छी आमास“ग तपाईंको सम्बन्ध कस्तो छ ? उनी ः त्यति राम्रो छैन। कर्कश लाग्छ। म ः यसले तपाईंको आमास“गको सम्बन्धमा तनाव पैदा गरेको छ ? उनी ः थाहा छैन। यसबारेमा मैले कुरा गरेको छैन। माथिका दुई समस्या डिप्रेसनका उदाहरण हुन्। मनोचिकित्साका अनुसार पहिलो सामान्य डिप्रेसन हो भने दोस्रो मुख्य। हरेक मानिस जीवनमा एक÷दुई वा धेरैपटक समस्या नम्बर १ को स्थितिबाट गुज्रिन्छन् भने अहिले संसारका ३० करोड मानिस समस्या नम्बर २ को स्थितिमा छन्। डिप्रेसनबारे समाजमा ठूलो भ्रम छ र त्यस्तो भ्रम छर्ने काम ठूला औषधि कम्पनीले गरिरहेका छन्। त्यसैले हिजोआज संसारभरि नै डिप्रेसनको हाउगुजी छ। दिनप्रतिदिन डिप्रेसनको खर्च अकासि“दै छ। आम नागरिकको रगत÷पसिनाको यो पैसामा ठूला औषधि कम्पनी तथा मुठीभरका व्यक्तिले रजाइ“ गरिरहेका छन्। डिप्रेसनमा परेका व्यक्तिहरूको समस्या भने जस्ताको तस्तै छ, कतिपयको समस्या अझ बढेर गएको छ। त्यसैले डिप्रेसनको राजनीतिप्रति सचेत हुनुपर्छ।

जब कुनै मानिसको हात भाँचिन्छ तब उसले अस्पतालको अकास्मिक कक्षमा पुगेपछि चिकित्सकस“ग पक्कै यसो भन्दैन– मलाई आर्म डिसअर्डरको दर्द भएको छ। हात भा“चिदा हुने दुःखाइ समस्याको संकेत हो, लक्षण हो। दुखाइ  रोग होइन। कुनै व्यक्ति ज्याकेट वा सुइटर नलाईकन धेरैबेर बाहिर चिसो हावामा घुम्छ, अनि उसलाई चिसो लाग्छ, तर उसले यसो पक्कै भन्दैन– मलाई कोल्डनेस डिसअर्डरले समायो। कुनै व्यक्तिले अबेरसम्म केही खाएको छैन र उसलाई भोकले निकै सताएको छ। यसको मतलब ऊ हङ्गर डिसअर्डरबाट पीडित हो र ? पक्कै होइन। कुनै व्यक्तिले दिनभरि खेतमा काम गर्छ, उसलाई निकै थकाइ लाग्छ, उसको थकाइ पक्कै पनि फटिङ डिसअर्डर होइन। वास्तवमा यस्तो दुःखाइ, चिसोपना, भोक तथा थकाइ शरीरका आधारभूत आवश्यकता पूरा नभएका संकेत हुन्, रोग होइन। ठीक यसैगरी मानिसको मनमा उत्पन्न हुने चिन्ता, शोक तथा खिन्नता पनि रोग होइनन्, सिर्फ संकेत हुन्।

अन्तमा,
अतः डिप्रेसन तथा चिन्ता, धेरैजसो अवस्थामा मनोसामाजिक सम्बन्ध ठीक नहु“दा मानसिक स्वास्थ्य ठीक नभएको संकेत मात्र हो। त्यसैले जब चिन्ता तथा डिप्रेसन आदिका कुरा आउ“छन्, तब मानिसको आपसी सम्बन्ध महत्वपूर्ण हुन्छ। किनभने मानिसको जीवनमा परिवार, साथी, प्रेमी, समूह, पेसा तथा सामाजिक पहिचानले ठूलो भमिका खेल्छन्। आपसी सम्बन्धलाई नजरअन्दाज गरेर औषधिबाट कुनै हालतमा मानिस सामान्य हुन सक्दैन। समस्या नम्बर २ मा कलेज विद्यार्थीको समस्या भनेको कान्छी आमास“गको खटपट हो। संसारका कुनै औषधिले उनीहरूको सम्बन्ध सुमधर बनाउन सक्छ ?
मनोचिकित्सक

प्रकाशित: १३ माघ २०७६ ०३:१५ सोमबार

डिप्रेसन मानसिक_रोग