२९ असार २०७७ सोमबार
विचार

क्यान्सर र खानपिनको सम्बन्ध

जर्मन वैज्ञानिक रुडोल्फ भिच्र्युले सन् १८४५ मा क्यान्सर सेल (कोस) पत्ता लगाएदेखि अहिलेसम्म सदैव आयुर्विज्ञानको प्रमुख चुनौतीका रूपमा रह्यो अर्बुद रोग। कोसमा रहने अणुवांशिक पदार्थ ‘डिएनए’ मा आउने खराबीका कारण क्यान्सर रोग लाग्छ भन्ने पत्ता लागेको धरै वर्ष भयो। तर यो महारोगको इलाजमा विज्ञानले धेरै सफलता हासिल गर्न सकेको छैन। सयभन्दा अधिक संख्यामा रहेका क्यान्सरमध्ये प्रारम्भिक चरणमै पत्ता लाग्न सके एका दुई महारोगको इलाज हुन सक्छ, व्यक्ति निरोगी बन्छ। बर्सेनि खरबौँ अमेरिकी डलर खर्चेर हजारौँँ वैज्ञानिक अहोरात्र खट्दासमेत क्यान्सरको गतिलो ओखती पत्ता लाग्न नसकेको देख्दा यो बिसेक पार्ने कुरा  विज्ञानको वशमा छैन कि भन्ने सोच आउनु अन्यथा हुँदैन।  

लगानीपछि प्रतिफल प्राप्त हुनुपर्छ भन्ने मान्यता राख्ने भौतिकवादी समाजमा अर्बुद रोगमा हुने अनुसन्धानात्मक लगानीको प्रतिरक्षा गर्न वैज्ञानिकलाई कठिन पर्न थाल्यो। ओखती बनाउने काम अत्यधिक जटिल देखिएपछि क्यान्सर रोगीको संख्या घटाउन के कसो गर्न सकिन्छ भन्ने कुरामा ध्यान गयो। क्यान्सर लाग्नुमा धेरै कारण भए पनि खाना सबैभन्दा जड देखियो। अनि ‘संयमित खान्कीमार्पmत क्यान्सर रोकथाम’ भन्ने नवीन अवधारणा आयो। ग्लोबल हेल्थको अनुगमन गर्ने निकाय विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले समेत क्यान्सरबारे खाद्य संहिता जारी गर्न थाल्यो। उदाहरणका लागि धेरै अन्वेषणले प्याक भएर आएका मासुले अर्बुद रोग निम्त्याउने यथार्थ औँल्याएपछि सन् २०१५ मा डब्लुएचओले प्रशोधित मासु क्यान्सरको कारक रहेको भन्यो र विकल्प रोज्न सुझाव दियो। खँदिला उत्खननले कुनै खाना क्यान्सरको कारक रहेको देखेपछि सर्वसाधारणलाई सूचित गर्न संहिता जारी गरिन्छ।

सागपातजन्य खान्की क्यान्सर भगाउने महत्वपूर्ण हतियार मान्छन्, बल्र्ड क्यान्सर रिसर्च फन्ड र अमेरिकी क्यान्सर इन्स्टिच्युटका अनुसन्धानकर्ताहरू। उनीहरूका अनुसार मासुको बदला सागपात तथा अन्न खाने बानी बसाउने हो भने क्यान्सरलाई पछि धकेल्न सकिन्छ।

शरीरको सबैभन्दा महत्वपूर्ण तत्वका रूपमा रहेको आणुवांशिक पदार्थमा आउने खराबीका कारण क्यान्सर लाग्छ। कुनै पनि विधिले शरीरभित्र पुगेका रासायनिक पदार्थहरू आणुवांशिक पदार्थको सम्पर्कमा पुग्छन्। नराम्रा केमिकलहरू डिएनए निकट पुग्दा आणुवांशिक पदार्थमा खराबी आउँछ, अनि व्यक्तिलाई क्यान्सर लाग्छ। रासायनिक पदार्थहरू शरीरमा पुग्ने मुख्य माध्यम भनेको खानपिन भएकाले स्वच्छ खानामार्पmत क्यान्सरलाई टाढा राख्ने अवधारणा आयो। अर्बुद रोगका कारक यकिन भएका रासायनिक पदार्थहरूलाई ‘कार्सिनोजिन’ भनिन्छ। तर क्यान्सरको कारक हुन सक्ने सम्भाव्यता देखिएको तर पक्का नभएको केमिकललाई ‘प्रोबेबल कार्सिनोजिन’ भनिन्छ। क्यान्सरबाट जोगिने सरल विधि भनेको क्यान्सर हुन सक्ने सम्भाव्यता भएका कुनै पनि रासायनिक पदार्थ हुन सक्ने खाद्य पदार्थ सेवन नगर्नु नै हो। हावा तथा वातावरणले समेत क्यान्सरलाई प्रोत्साहन गर्ने भए तापनि तिनको नियन्त्रण व्यक्तिको बसमा नहुने भएकाले त्यसको चर्चा यो लेखको मर्म रहेन। उदाहरणका लागि काठमाडौँको हावा जतिसुकै खराब भए पनि प्रस्वासको अर्को विकल्प रहेन।

अमेरिकाको हार्वार्ड विश्वविद्यालयका अनुसन्धान समूहले ४६ हजार पुरुषको धूमपान, मद्यपान, मोटोपन तथा शारीरिक व्यायाम गर्ने आदतलाई २६ वर्षसम्म अनुगमन गरी सन् २०१६ मा एउटा अनुसन्धानात्मक लेख प्रकाशित ग¥यो। विपरित समूहसँग तुलना गर्दा धूमपान र मद्यपान नगर्ने अनि अल्पभोजन र व्यायाममार्पmत ठिक्क वजन बनाउने समूहले क्यान्सरका कारण हुने मृत्युलाई ६७ प्रतिशत ढिलाइ अथवा न्यून गर्ने ठहर ग¥यो। खानपिनले क्यान्सरको आयतन घटाउन कसरी मद्दत गर्छ भन्ने एउटा उदाहरण भयो उक्त अनुसन्धान। खाना र अर्बुद रोगको अन्तरसम्बन्ध स्थापितका खातिर भएका सारगर्भित अन्वेषण प्रस्तुत गर्नु सान्दर्भिक हुने ठानियो।

मासु पोलेर खाने चलन नयाँ भएन। मीठो स्वादका कारण सेकुवा पसलहरू बढ्दा छन्। बाह्य रासायनिक पदार्थ सेवन नगरी हुर्काइएका जनावरको मासुमा कार्सिनोजेनिक रासायनिक पदार्थ हुँदैन। तर मासुलाई उच्च तापक्रममा सेक्दा मासुको बोसो त्यहाँ रहेको रासायनिक पदार्थसँग रियाक्सन गरी ‘पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन’ तथा ‘हेटिरोसाइक्लिक एमिन’ समूहका कार्सिनोजेनिक केमिकल बन्छन्। पोल्दा उत्पादन भएका ती नवीन केमिकलका कारण ग्रिल गरेको मासु स्वादिष्ट त हुन्छन् तर सेवनकर्तामा भने फोक्सो, प्रोस्टेत तथा आमासयको क्यान्सर हुने सम्भाव्यता अत्यधिक देखियो। उच्च तापक्रममा मासु पोल्दा खराब केमिकल उत्पादन हुने भएकाले धेरै सेकुवा नखान र भरिसक्य कम तापक्रममा लामो समय लगाएर पकाएको मासु खान उचित देखियो। त्यस्तै कुखुराको मासुको तुलनामा खसीको ‘रेड मिट’ निकै खराब मान्छन् उक्त अनुसन्धानमा संलग्न वैज्ञानिकहरू। खसीको मासुलाई ‘प्रोबेबल कार्सिनोजिन’ हो भन्छन् र भरिसक्य ‘रेड मिट’ नखान भन्छन उनीहरू।

न्यासनल क्यान्सर इन्स्टिच्युट, मिलन इटलीको प्राध्यापक सुविना सिरीको समूहले युरोपका २० देखि ७० वर्ष समूहका झण्डै ४ लाख महिलाको खानपिन ढाँचा अध्ययन गर्दा अत्यधिक ‘स्याचुरेटेड फ्याट’ खाने महिलालाई विभिन्न किसिमको स्तन क्यान्सरले सताएको देखियो। स्याटुरेटेड फ्याटले महिलामा रहने ‘एस्ट्रोजिन रिसेप्टर’ लाई प्रभावित पारी एस्ट्रोजिनको रासायनिक प्रक्रियालाई अनियन्त्रित बनाउने हँुदा स्तन क्यान्सर लागेको ठहर गरियो। विभिन्न किसिमको फ्याटले ‘एस्ट्रोजिन रिसेप्टर’ लाई पृथक ढड्गले निर्देशित गर्ने भएकाले घीउ, बोसो जस्तो फरक फरक किसिमको स्याटुरेटेड फ्याट उपभोग गर्ने महिलालाई भिन्नभिन्न किसिमको स्तन क्यान्सर भएको देखियो। नेपालको परिवेशमा भन्नुपर्दा घीउको बदला तेलको सेवन गर्न हौस्याउन सके स्तन क्यान्सर धेरै घटाउन सकिने देखियो।

सागपातजन्य खान्की क्यान्सर भगाउने महत्वपूर्ण हतियार मान्छन्, बल्र्ड क्यान्सर रिसर्च फन्ड र अमेरिकी क्यान्सर इन्स्टिच्युटका अनुसन्धानकर्ताहरू। उनीहरूका अनुसार मासुको बदला सागपात तथा अन्न खाने बानी बसाउने हो भने क्यान्सरलाई पछि धकेल्न सकिन्छ।

सूर्यको प्रकाशले छालाका कोसमा रहेको ‘कोलेस्ट्रोल’ सँग रासायनिक प्रतिक्रिया गरी ‘भिटामिन डि’ उत्पादन गर्छ। हाम्रो प्राकृतिक प्रतिरक्षा प्रणाली मजबुत बनाउन भिटामिन डिको महत्वपूर्ण भूमिका रहन्छ। अनि शरीरको प्रतिरक्षा संयन्त्र मजबुत भए क्यान्सरबाट बच्न सहज हुन्छ। तर घाममा बस्दा छाला कालो हुन्छ। घामको प्रभाव कम गर्न छालामा ‘सन स्क्रिन’ जस्ता रासायनिक लेपन गर्ने, छाता ओढ्ने चलन चल्यो। सूर्यको किरण नपरेपछि शरीरमा भिटामिन डि बनेन। भिटामिन डि न्यून भएपछि क्यान्सरको प्रकोप बढ्ने नै भयो। त्यसैले क्यान्सरबाट बच्न छालालाई सूर्यको किरणको संसर्गमा ल्याउने अथवा औषधिका रूपमा भिटामित डि खान उपयुक्त देखियो।

शाकाहारी र मांसाहारी मानिसको तुलनात्मक अध्ययन गर्दा मासु खाने मानिसमा क्यान्सरको प्रकोप अत्यधिक देखियो भने सागपात तथा अन्नबाली खान बल गर्ने मानिसहरू तुलनात्मकरूपले धेरै स्वस्थ पाइयो। सागपातमा रहेको रेशाले हाम्रो आन्द्रामा रहेका ‘गट ब्याक्टेरिया’ को सन्तुलन अनुकूल धारमा लान्छ। गट ब्याक्टेरियाले मानिसको पाचन प्रणालीलाई मात्र स्वस्थ नराख्ने बरु शरीरको प्रतिरक्षा प्रणालीलाई समेत मजबुत राख्छ। प्रतिरक्षा प्रणाली मजबुत भएपछि क्यान्सरको प्रकोप कम हुनु अस्वाभाविक भएन।

त्यसैले सागपातजन्य खान्की क्यान्सर भगाउने महŒवपूर्ण हतियार मान्छन् बल्र्ड क्यान्सर रिसर्च फन्ड र अमेरिकी क्यान्सर इन्स्टिच्युटका अनुसन्धानकर्ताहरू। मासुको बदला सागपात तथा अन्न बाली खाने आदत बनाउने हो भने क्यान्सरलाई पछि धकेल्न सकिने देखियो। बजारमा बिक्री हुने अधिकांश प्रशोधित खानामा पाइने रासायनिक पदार्थले विभिन्न किसिमको क्यान्सरलाई प्रोत्साहन गर्ने भएकाले बट्टामा प्याक भएका कुनै पनि किसिमको चलानी खानेकुरा नखान सल्लाह दिन्छन् डब्लुएचओअन्तर्गतको क्यान्सर एजेन्सीका प्रमुख क्रिस्टफर बाइल्ड। संसारका धेरै देशमा बिक्री हुने प्रशोधित खानेकुराको ल्याब परीक्षण गर्दा कार्सिनोजेनिक केमिकल पाइएकोले क्यान्सरको महामारीबाट बच्न संसारका सबै देशले प्रशोधित खानाको विकल्प खोज्नुपर्ने बताउँछन् डा. बाइल्ड।

छिटो विभाजन हुन क्यान्सरजन्य कोसहरूका लागि अत्यधिक कार्बोहाइडे«ट आवश्यक पर्छ। कोस विभाजनको रफ्तार हेर्दा सामान्य कोसको तुलनामा क्यान्सरका कोसहरूका लागि झण्डै १५ गुणा ग्लुकोजको आवश्यकता देखियो। ‘क्यान्सर ट्रिटमेन्ट सेन्टर अफ् अमेरिका’ टुल्साका पोषण निर्देशक प्याट्रिक क्यिलिन अत्यधिक कार्बोहाइडे«ट भएका खानाले क्यान्सरका कोसलाई झन खराब बनाउने भएकाले क्यान्सर पैmलन नदिन भात सेवन कम गर्नुपर्ने भन्छन्। एक अर्को अध्ययनले अत्यधिक ग्लुकोज सेवन गर्ने मानिस क्यान्सरको सम्भाव्य उम्मेदवार हुने देखाएकोले भरिसक्य कम चिनी खान उचित देखियो।

हामीले पिउने चियामा ‘थिफ्लेभिन र क्विर्चिन’ भन्ने रासायनिक पदार्थहरू हुन्छन्। जनावर र ल्याबका कोसमा परीक्षण गर्दा चियामा रहने केमिकल पदार्थले क्यान्सर विरोधी तत्वको काम गरेको देखियो। चियाले अर्बुद रोगलाई पछि घचेट्ने देखियो। चिनीले भने क्यान्सर पैmलन सघाउने भएकाले गुलियो नहाली चिया खाँदा फाइदा हुने पाइएको छ।

स्वास्थ्य जोखिमका कारण मानिसमा कुनै पनि अनुसन्धान गर्नु गैरकानुनी मानिन्छ। त्यसैले, अन्वेषण गर्दा निश्चित किसिमको खाना खाने ठाउँका मानिसमा क्यान्सरको प्रभाव अन्यत्रका बासिन्दा भन्दा अत्यधिक देखिए उक्त खानाले अर्बुद रोगलाई बढावा दिने ठानिन्छ। अनि ल्याबमा भएका क्यान्सरजन्य कोसमा परीक्षण गर्दा कुनै खानाले उक्त क्यान्सरको बढ्ने रफ्तारलाई रोक्न सके त्यस्तो खान्कीलाई अर्बुद रोग निरोधक खान्की मानिन्छ। त्यस्तै, स्वस्थ जनावरलाई कुनै खास किसिमको खाना दिँदा उक्त परीक्षणका लागि राखिएको मुसामा अर्बुद रोगको  प्रकोप देखिए उक्त खान्कीलाई खराब मान्नुपर्ने हुन्छ। त्यसको मतलव उक्त खाना खाँदा सबैजनालाई क्यान्सर लाग्छ भन्ने होइन, सम्भाव्यता बढी छ भन्नेमात्र हो।

क्यान्सर र खानाको अन्तरसम्बन्ध स्थापितका खातिर गरिएका अन्वेषणले चिनी, गुलियो, घीउ, रक्सी, बिँडी÷चुरोटलगायत धेरै किसिमका खानालाई खोटो देख्यो। त्यस्तै बट्टामा प्याक भएका सबै किसिमका प्रशोधित खानेकुराले क्यान्सरलाई नजिक्याउने देखिएको छ। उपचारको सम्भाव्यता न्यून भएको क्यान्सरले संक्रमण गर्ने सम्भाव्यता भएका खानेकुरा अहिले खाएर पछि पछुताउनुभन्दा तदनुरूप आफ्नो आहारविहार अविलम्ब परिवर्तन गर्नु उचित देखिन्छ।

प्रकाशित: १० भाद्र २०७६ १०:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App