२ आश्विन २०७७ शुक्रबार
विचार

‘प्लस टु’ कि ‘माइनस टु’ ?

राइट दाजुभाइलाई प्रश्न गरियो–‘तपाईंहरूमध्ये हवाईजहाज बनाउने ‘आइडिया’ पहिला कसलाई आयो ?’ उनीहरूले जवाफ दिए– ‘हामीले सँगै सोच्यौँ।’तरदुईजनाले एकैचोटि कसरी एउटै कुरा सोच्न सक्छ ? यो प्रश्नको उत्तरले हाम्रो शिक्षा प्रणालीलाई पाठ सिकाउँछ। उनीहरूले हामीले सँगै सोच्यौँ भन्नुको अर्थ थियो– उनीहरूले यो विषयमा पर्याप्त छलफल, बहस र सहकार्य गरे। फलस्वरूप असम्भव ठानिएको कुरा पनि सम्भव भयो। हाम्रा विद्यालयहरू भुत्ते बनिरहनाको कारण यस्तो परिपाटी नभएर हो। हाम्रा विद्यालयमा छलफल हुँदैनन्, प्रश्न गरिँदैनन्, विद्यार्थीलाई एकअर्काको सोचमा संवादगर्ने संस्कार सिकाइँदैन। शिक्षक आउँछन्, एकोहोरो पढाउँछन् र जान्छन्।

हाल सञ्चालित अधिकतर ‘प्लस टु’, स्कुल वा कलेज होइनन्, ट्युसन सेन्टर हुन्। उनीहरूको एउटै मात्र उद्देश्य हो–जसरी हुन्छ, विद्यार्थी भर्ना गराउने रउत्तीर्ण गराउने। ‘प्लस टु’ त विद्यालय र क्याम्पस जोड्ने पुल हो। विद्यालय शिक्षाले विद्यार्थीमा संस्कार भर्ने हो, क्याम्पसले सोध, अनुसन्धानमा जोड दिँदै व्यावसायिक पाटो बलियो बनाइदिने हो। तर हाम्रा ‘प्लस टु’हरू, यी दुवै पक्षमा चुक्दै छन्। यी औपचारिक शिक्षाका हिसाबले प्लस टु भए पनि समय र स्रोतका दृष्टिले ‘माइनस टु’ बन्दै छन्।

अहिले ‘प्लस टु’हरू दूरदृष्टि र लक्ष्यबिनै सञ्चालन भइरहेका छन्। सरकारी क्याम्पसहरू दिशाविहीन छन् भने निजी कलेजहरू उद्देश्यविहीन। सरकारीक्याम्पसहरूमा राजनीति मात्र छ, अनि निजी कलेजहरूको केन्द्रबिन्दुमा शिक्षा र विद्यार्थी होइन, केवल नाफाछ। परीक्षामुखी शिक्षा, परिणाममुखी बन्न सकेको छैन। नत्र प्लस टु पढेका विद्यार्थी स्नातक तहपढ्न प्रवेश परीक्षा तयारी वा बाहिर जानभन्दै बागबजार किन धाउँदै छन् ? स्नातक सकेका विद्यार्थीकिन उत्साहित छैनन् ?

आधारभूत मूल्य–मान्यता
    संसारका सफल शिक्षालयहरू केही आधारभूत मूल्य–मान्यताको जगमा उभिएका हुन्छन्। यी ५मन्त्र अंगीकार गर्ने हो भने हाम्रा शैक्षिक संस्थाहरूले पनि शिक्षालाई सही दिशामा लैजान सक्छन्।

अहिले अनेक सपना बोकेर सयौँ विद्यार्थी काठमाडौँ आएका छन्, ‘प्लस टु’ पढ्न। उनीहरूका सपना यो साउने भेलले नबगाओस् । उनीहरूको २ वर्ष ‘माइनस टु’ होइन, साँच्चै ‘प्लस टु’ बन्न सकोस् ।

१) विद्यार्थीकेन्द्रित
 

  हाम्राशिक्षालयका केन्द्रबिन्दुमा शिक्षक, लगानीकर्ता, अभिभावकका इच्छा छन्, तर विद्यार्थी अनि उनीहरूका सपना छैनन्। हाम्रा शिक्षालयहरू यहीँ चुकेका छन्। यसकारण अब हरेक विद्यालय/क्याम्पसको पहिलो मन्त्र नै ‘विद्यार्थीकेन्द्रित’ हुनु हो। अर्थात् आफ्नास्रोत साधन तथाहरेक निर्णय विद्यार्थीको हितमा केन्द्रित गर्नु।

हाम्रा विद्यालयले छरेको अर्को भ्रम हो– ‘हामी विद्यार्थीलाई सफल बनाउँछौँ।’वास्तवमा कुनै विद्यालयले विद्यार्थीलाई सफल बनाउन सक्दैन, उसलाई सफल बनाउने ऊ स्वयं हो। शिक्षालय त सहायक मात्र हो। कुनै क्याम्पसले स्विमिङ पुल बनाउँदैमा त्यहाँ पढ्नेहरू स्वतःपौडी खेल्न सिपालु हुने होइन, त्यसका लागि त विद्यार्थीआफैँ पोखरीमा हामफाल्नुपर्छ। कलेजै नपढेका मानिसहरू पनि धेरै सफल भएका छन् भनेविश्वविद्यालयमा धेरै अंक ल्याएका कैयौँ विद्यार्थी बेरोजगार छन्। हाम्राविद्यालयले योकुरा बुझ्न जरुरी छ।

२) प्रवर्तन (इनोभेसन)

बर्नर्ड सडोउ आफ्नो परिवारसँग अरुबा टापुबाट सुटकेस घिसार्दै फर्कँदै थिए। त्यही बेला उनले एकजना भरियाले गाडामा सामान लाँदै गरेको देखे। उनले सोचेँ– ‘हामीले पनि सुटकेसमा पांग्रा राख्ने हो भने सामान बोक्न कति सजिलो हुने थियो !’नभन्दै सन् १९७१ मा उनले पांग्रा हालेर नौलो  सुटकेस बनाए।

प्रवर्तन(इनोभेसन) जहाँ, जसलाई अनि जहिले पनि आउन सक्छ। त्यस्ता नयाँ सोचका लागि हाम्रा विद्यालय उदार छन् त ? त्यस्तो वातावरण हाम्रा कलेजले बनाएका छन् ?अहिलेको चलनभन्दा माथि उठ्दै नयाँ प्रयोग गर्न अग्रसर छन्, हाम्रा शिक्षालय?यसो गर्न तत्पर छैनन् भने हाम्रा विद्यालय सधैँ उस्तै र उही सामान बनाउने कारखाना भइरहनेछन्।

हरेक बच्चाले नयाँ कुरा गर्न सक्छ, आफ्नो जिन्दगीमा सफल हुन सक्छ,‘स्टार’ बन्न सक्छ। तर विद्यालयले अनावश्यक प्रतिस्पर्धा गराएर त्यस्तो बन्न सक्ने वातावरण नै प्रदूषित पारेको छ। यसले एउटाको ‘सफलता’ अर्काको ‘हार’ भनेर निकै विषादीपूर्ण सन्देश दिँदै छ। ‘इनोभेसन’लाई अब हाम्रा शैक्षिक संस्थाहरूले अंगीकार गर्न अपरिहार्य छ। विद्यालय आफैँले पनि विद्यार्थीहितमा हुने नवीन काम गर्न डराउनु हुँदैन। पुरानै बाटो हिँड्नेले नयाँ गोरेटो कोर्न सक्दैन। नयाँ तरिका प्रयोग गर्न डराउने संस्थाले देशलाई नयाँ दिशा दिने नागरिक जन्माउला भनेर कसरी पत्याउने ?

‘प्लस टु’ भनेको ‘साइन्स’को सिद्धान्त घोकाउने, अनि ‘अकाउन्ट’को ‘डेबिट क्रेडिट’सिकाउने ठाउँ मात्र होइन, विद्यार्थीलाई सीप सिकाउने थलो पनि हो। ‘प्लस टु’ सक्दै गर्दा प्रत्येक विद्यार्थीलाई विद्यालयले एउटा व्यावहारिक सीप दिन जरुरी छ।  

३) आत्मानुशासन (सेल्फ डिसिप्लिन)
    अधिकतर निजी विद्यालयले नियमका नाममा विद्यार्थीलाई तनाव र पीडा दिँदै छन्। कपालको लम्बाइ, कानका मुन्द्रा अनि पहिरनकै भरमा विद्यार्थीको ‘स्तर’ मापन गर्ने शैक्षिक संस्था कुन जमानाको सोच पालेर बसेका छन्?त्यस्ता शिक्षालयले२१औँ शताब्दीका विद्यार्थीलाई सम्बोधन गर्न सक्छन् ?अनुशासनका नाममा हाम्रा विद्यालय विद्यार्थीलाई मानसिक त्रासमा पारेर, तर्साएर, पिटेरपढाउने गर्छन्। तर अनुशासन लादेर होइन,विद्यार्थी स्वयंलाई जगाएर मात्रै उनीहरूलाई अनुशासित बनाउन सकिन्छ भन्ने कुरा अधिकतर शिक्षालयले अझै बुझ्न सकेका छैनन्।

मेरो भाइको साथी,काठमाडौँको एउटा प्रसिद्ध कलेजमा पढ्थ्यो। तर त्यहाँ त्यसरी अनुशासन लादिन्थ्यो कि उसलाई डिप्रेसन नै भयो। उसले १ वर्ष पढाइ छाड्नुप¥यो। आज अनुशासनका नाउँमा विद्यार्थीले पिटाइ नै खानुपर्छ। जिउमा बाँस अनि पाइपका सुम्ला सामान गर्नुपर्छ। केही दिनअघि कञ्चनपुरमा शिक्षकको पिटाइले विद्यार्थीको मृत्यु भयो। विद्यार्थीलाई तर्साउनु, कुट्नु समाधान होइन। धेरै मानिसको प्रश्न हुन्छ–उसो भए बदमास विद्यार्थी तह लगाउने कसरी त ?यसमा मेरो प्रतिप्रश्न छ– अनि पिटेर समस्या समाधान भयोत ? बरु यसो गर्दा शिक्षक तथा विद्यालयनै विद्यार्थीका निम्ति दुश्मन बन्दै जान्छन् अनि झन् ऊपढाइबाट टाढिन्छ।

सबैभन्दा बुद्धिमान प्राणीका हैसियतले हामी‘आत्मानुशासन’ मारहने हो। यसको अर्थ हो– निरन्तर सुधारमा विश्वास गर्नु, विवेक प्रयोगगर्नु रस्वमूल्यांकन गर्नु। विद्यालयको काम विद्यार्थीमा ‘आत्मानुशासन’ जगाउनु हो। वातावरण यस्तो बनाउनुप-यो किहरके विद्यार्थीले अनुशासन आफैँ पालन गरुन्।

४) समानुभूति
आज हामी व्यक्तिगत रूपमा सफल छौँ, तर सामूहिक रूपमा असफल ! किनकि विद्यार्थीमा सामूहिक भावनाछैन, एक अर्काप्रति प्रेम, विश्वास, आदर र हेरचाह छैन। हामीले शिक्षित बनाउँदै गर्दा हामीभित्रको समानुभूतिकति बचाउन सकेका छौँ ? आफू सफल हुने दौडमाहामीले हाम्रा साथीभाइ, छिमेकी, आफन्तलाई सहयोग गर्न भुल्दैछौँ कि ?प्रतिस्पर्धा र जितको भोकले गर्दा हाम्रा विद्यार्थीमा आज उदासीनता र आत्महत्या दर बढेको छ। हाम्रा विद्यालयले प्रतिस्पर्धाको भावना घटाएर सामूहिक भाव जगाउन सकेको भए, यो असफलताको भूत, डिप्रेसन र आत्महत्या पनि घट्थ्यो कि?

स्टिभ जब्स रस्टिीभ वोज्नियाकीले पहिलो ‘एप्पल’ कम्प्युटर बनाउनुअघि धेरै बहस गरेका थिए। प्रसिद्ध कम्पनीहरूले नयाँ ‘आइडिया’, छलफल र बहसबाटै निकाल्छन्। राइट दाजुभाइको कुरा त हामीले माथि नै चर्चा ग¥यौँ। चार्लान जे नेमेथ र उनका साथीहरूले गरेको एउटा अध्ययनले व्यापक बहस र छलफलले १६ प्रतिशत बढी आइडिया आउने देखाएको थियो। तर हाम्रा शिक्षालय ?

ससाना कुराले जीवन र समाजमा ठूलो प्रभाव पार्छन्। हेर्दा सामान्य लाग्न सक्छ, तर गल्ती गर्दा माफी माग्ने अनि कसैले सहयोग गर्दा ’धन्यवाद’ भन्ने संस्कार मात्रै हाम्रा विद्यालयले सिकाउन सके पनि हामीभित्र समानुभूतिजगाउन सकिन्छ। एक अर्काको आदर्श, संस्कार र विविधता सम्मान गर्न सिकाउने शिक्षालयकै जिम्मेवारी होइन र ? हाम्रा कलेजमा कार्यालय सहयोगीलाई शिक्षकले जस्तो व्यवहार गर्छन्,विद्यार्थीले पनि त्यही सिक्छन्। उत्कृष्ट शिक्षा दिन्छु भनेर खुलेका हाम्रा शिक्षालयहरूले कार्यालयसहयोगीदेखि प्रिन्सिपलसम्मको कामलाई उत्तिकै सम्मान गर्ने ज्ञान दिन सकिरहेका छन् त ? प्रिन्सिपल र कार्यालय सहयोगीका जिम्मेवारी फरक होलान्, तलब घटीबढी होला, तर महŒव र अस्तित्वका हिसाबले समान छन्। यो कुरा सिक्न÷सिकाउन हाम्रा शैक्षिक संस्थाहरूलाई अझ कति समय लाग्ने हो ?

५) लगाव तथा गौरव
    सन् २०११ मा केही लुटेराले एक महिलालाई रेलबाट फालिदिन्छन्। यही क्रममा ती महिलाको एउटा खुट्टा काटिन्छ, अर्को भाँचिन्छ, शरीर पूरै रगताम्मे हुन्छ। भोलिपल्ट मात्र उनलाई अस्पताल पु-याइन्छ। उनको एउटा खुट्टा त काट्नैपर्ने हुन्छ, अर्कोमा रड राखिन्छ। उनलाई केही महिना अस्पतालमै राखेपछि आराम गर्न घर जान सल्लाह दिइन्छ। तर उनी घर फर्केर आराम गर्न मान्दिनन्। उनको लक्ष्य सुनेर सबै चकित पर्छन्। उनले संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा चढ्ने आफ्नो योजना सुनाउँछिन्। कोही हाँस्छन् त कोही दुर्घटनाका कारण ती महिलामा मानसिक समस्या रहेको टिप्पणी गर्छन्। तर उनी आफ्नो उद्देश्यमा अडिग रहन्छिन् रतालिम सुरु गर्छिन्। नभन्दैत्यसको २ वर्षपछि उनी सगरमाथा चढ्न सफल भइन्। त्यति मात्रै होइन, उनलेसातै महादेशका सात ठूला चुचुरा चुमिन्। उनी हुन्–भारतकी पूर्वभलिबल खेलाडी अरुणिमा सिन्हा।

साहित्यकार झमक घिमिरे खुट्टाले नै लेखेर मदन पुरस्कार जित्न सक्छिन् भने, दाहिने हातगुमाएर पनि क्यारोली सुटिङमा लगातार दुईचोटि ओलम्पिक जितेर कीर्तिमान राख्न सक्छन्, अनि कृत्रिम खुट्टाले  अरुणिमा सिन्हासगरमाथा चढ्न सक्छिन् भने हाम्रा विद्यार्थीले पनि यस्ता कीर्तिमानी काम गर्न किन सक्दैनन् ?कुनै कुरामा लगाव छ भने मानिसलाईत्यसमा उत्कृष्ट हुन केहीले रोक्न सक्दैन। तर हाम्रा कलेजहरूले तिमीहरू महŒवपूर्ण छौ, तिमीहरूले गर्न सक्छौ भन्ने भाव नै दिन सकेका छैनन्। केही व्यक्तिलाई परीक्षामा नम्बर ल्याउन रटाउने भूमिकाबाट अब पनि हाम्रा विद्यालयहरू माथि नउठ्ने हो भने हामीले धेरै प्रतिभा गुमाउँदै जानेछौँ। अनि हाम्रा विद्यालय विद्यार्थीको जीवनमा असफल भइ नै रहनेछन्।

निष्कर्ष
‘प्लस टु’ भनेको ‘साइन्स’को सिद्धान्त घोकाउने, अनि ‘अकाउन्ट’को ‘डेबिट क्रेडिट’सिकाउने ठाउँ मात्र नभएर विद्यार्थीलाई सीप सिकाउने थलो पनि हो। प्लस टु सक्दै गर्दा प्रत्येक विद्यार्थीलाई विद्यालयले एउटा व्यावहारिक सीप सिकाउन जरुरी छ। त्यसका लागि वर्तमान शिक्षा प्रणालीबाट माथि उठ्ने र चुनौती सामना गर्ने साहस हाम्रा विद्यालयहरूले गर्न सक्नुपर्छ। हरेक विद्यार्थीको कमीजोरी हेक्का राख्दै उनीहरूका उद्देश्य, क्षमता र चासोलाई ध्यान दिनआवश्यक छ।

अब शिक्षालाई अर्को तहमा लान नेतृत्व गर्ने बेला आएको छ। अब हाम्रा विद्यालयले यस्तो वातावरण निर्माण गर्न जरुरी छ, जहाँ हरेक विद्यार्थी फुल्न सकुन्। म फेरि दोहो¥याउँछु– विद्यालयले वातावरण मात्र बनाइदिने हो है, फुल्ने त विद्यार्थी आफैँ हुन्। हाम्रा विद्यालय पाठ्यक्रमको घेराबाट निस्कनजरुरी छ। परीक्षालाई गन्तव्य बनाउने संस्कारबाट मुक्त हुन आवश्यक छ। परीक्षाको परिणामलाई महŒवपूर्ण नबनाई जिउने कला सिकाउने विद्यालय हामीलाई चाहिएको छ।

अहिले सपनाको पोकोपन्तरो बोकेर सयौँ विद्यार्थी काठमाडौँ आएका छन्, प्लस टु पढ्न। उनीहरूका सपना यो साउने भेलले नबगाओस्। उनीहरूको २ वर्ष त्यसै खेर नजाओस्। समय र लगानीअनुरूप सिकाइ पनि होस्। ‘माइनस टु’ होइन,साँच्चै ‘प्लस टु’ बन्न सकोस्।

प्रकाशित: १५ श्रावण २०७६ ०७:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App