१० आश्विन २०७७ शनिबार
विचार

समयको माग : जयतु संस्कृतम्

वर्तमान युुगलाई यन्त्र युुग भनिए पनि विवेक, न्याय, प्रकृतिप्रतिको आस्था सर्वोपरि हुुन्छ । यसैले अहिले संसार शान्ति खोजीमा तड्पिइरहेको छ । यसको अभावमा हिजोआज मानवता, भाइचारा, सद्भाव, सहयोग, विश्वबन्धुत्वजस्ता विषय इतिहासका पानामा सीमित हुुँदै गएका छन् । घमण्ड, दम्भ, अपवित्र गठबन्धन, स्वार्थ, सामरिक हातहतियारको दबदबा व्यापक बन्दै गएको  छ ।

बाबुआमाको सल्लाह नमान्ने, अखाद्य भनिएका वस्तुुहरू सेवन गर्ने, गुुरुको अनादर गर्ने, स्वार्थी प्रवृत्ति बढ्दै गएको छ । फलतः परिवारमा झगडा, मनमुुटावदेखि हत्या, आत्महत्यासम्म हुने गरेका समाचार दिनदिनै हेर्न र पढ्नपर्ने भइरहेको छ । यो अवस्था लम्बिँदै गए शाश्वत मानव अस्तित्व नै संकटमा परी समाजमा ठूूलो दुुर्घटना हुुनसक्ने आशंका गर्न सकिन्छ । यो यथार्थ बोधगरी आपसी भलाइका लागि उपयुुक्त बाटो पहिल्याउन जरुरी भइसकेको छ ।

खानपानले आचरणलाई असर गर्छ, आचरणले अध्ययनलाई । अध्ययनले चिन्तनलाई र चिन्तनले कर्तव्याकर्तव्यलाई प्रभाव पार्छ । कर्तव्याकर्तव्यले सुकीर्ति र दुस्कीर्ति पैmलाउँछ । सुकीर्ति र दुस्कीर्तिले मानिसलाई अजर अमर बनाउँछ वा मरेतूल्य तुल्याउँछ । यो विश्वजनीन सत्य हो । यो नै शाश्वत सत्यको विषय हो भने प्राकृतिक नियम पनि । वेद, पुुराण, कुुरान, बाइबलले भन्दै आएका तथ्य पनि यसैभित्र समेटिएका छन् ।

जयतु संस्कृतम् कुनै भाषा, जात र जातिको नारा होइन, विश्व–मानवको समुन्नति, शान्ति र कल्याणका निम्ति एक भएर अघि बढौँ भन्ने आह्वान र विचार हो ।

जुुनसुुकै धर्म सम्प्रदाय मान्नेहरूका लागि पनि धार्मिक ग्रन्थहरू नै नीति, कानुन, समाज व्यवस्था र सामाजिक सद्भावका स्रोत हुुन् । राज्यका नीतिनियम, संविधान पनि धार्मिक ग्रन्थहरूकै आधारमा विकसित हुँुदै आएका हुन् । परोपकार, प्रेम, मित्रता, पारस्परिक सहयोग, विश्वबन्धुत्व जगेर्ना गर्ने आधार पनि यिनै हुन् । त्यति हुुँदाहँुदै पनि सबै धार्मिक ग्रन्थ सर्वस्वीकार्य छैनन् । कतिपय ग्रन्थ समूूह वा जाति विशेषमा आधारित भएर लेखिएका देखिन्छन् । त्यस्ता धार्मिक ग्रन्थ नयाँ पनि लेखिँदै छन् । यस अवस्थामा अहिलेसम्म उपलब्ध अपेक्षाकृत विवादरहित स्रोतलाई आधार बनाउनुपर्ने हुुन्छ । त्यसमा वेद नै सर्वमान्य छ र जुनविरुद्ध विश्वभर कुुनै ग्रन्थ लेखिएको यो पंतिकारलाई जानकारी छैन । तर वेद पनि धेरैवटा भएकाले केही अन्योल भएको हुुनसक्छ । तर गहिरिएर अध्ययन गरेको खण्डमा वेदमा निरन्तरता छ, विवाद र अन्तरविरोध छैन । यो धार्मिक ग्रन्थ नभएर नीति, कर्तव्याकर्तव्य, राज्य, समाज र मानवताका निम्ति लेखिएको प्राचीन ग्रन्थ हो । वेदमा पृथ्वी, अन्तरिक्ष, वनस्पति, सूूर्यको महŒव दर्शाइएकाले पूूजा गर्नुुपर्छ भन्ने मान्यताका कारण यसलाई पनि यदाकदा धार्मिक ग्रन्थका रूपमा परिभाषित गर्न थालिएको हुुनसक्छ । वेदको मूूल रूप संस्कृत हो भन्नेमा कुनै विवाद पाइँदैन । वेदमै विज्ञान, आयुुर्वेद, तन्त्र, ज्योतिष, वातावरण आदिको बृहत् चर्चा परिचर्चा गरिएको छ । अहिले जर्मनी, बेलायत, फ्रान्स, अमेरिका, चीनमा भएका खोज र अनुुसन्धानहरूले पनि वेदको महŒव अतुुलनीय भएको र यसको भाषा अत्यन्त वैज्ञानिक भएको स्वीकार गरेका छन् । वेदकै विषयलाई टीका, व्याख्या र विश्लेषण गर्ने क्रममा उपनिषद्, पुुराण र आख्यानहरू बनेका हुुन् । संस्कृतजत्तिको वैज्ञानिक अहिलेसम्म प्रचलनमा आएका कुनै भाषा भेटिन्न । यसलाई नासाले नै पुुष्टि गरिसकेको छ ।

संस्कृतलाई देवभाषा वा प्राचीन भाषा मानिँदै आएको छ । हरेक व्यक्ति, संस्था र राष्ट्रले आ–आफ्ना अस्तित्व रक्षा गर्न पाउनुपर्छ, एकअर्कामाथि थिचोमिचो हुनु हुँदैन भन्ने भावना समाजमा फैलाउने विद्या वा वाङ्मय संस्कृत नै हो । सबै मानिस सुखी होउन्, निरोगी बनुन्, सबैको उन्नति होस् (सर्वे भवन्तुु सुुखिनः) भन्ने विश्वजनीन चिन्तन बोक्ने आदर्श संस्कृत वाङमयमै छ । संस्कृत वाङ्मयले आकाश, पृथ्वी, पशु, चरा, सर्प, पानी सबैलाई ईश्वर मानेको छ । यिनीहरूको अस्तित्वमै संसार अडेको छ । हामी यसैभित्र छौँ । ‘यत्र विश्वं भवत्येक नीडम्’ लाई लोकव्यवहारमा ल्याउने शास्त्रसमेत संस्कृत वाङ्मय नै हो । यसमा संसारका कुनै पनि विद्वानले विरोध जनाएका छैनन्, अपितुु सहमति जनाएका छन् र विश्वको प्राचीन कल्याणकारी ग्रन्थ वेदलाई नै मानेका छन् ।

संस्कृत भाषा र वाङमयलाई उपयोगमा ल्याउने, यस भित्रको वैज्ञानिक  पक्षको महŒव बोध गराउने समेत उद्देश्यले देशमा संस्कृत विश्वविद्यालय लगायतका केही संस्था स्थापना भएका छन् । त्यसरी स्थापना भएका संस्थामध्ये एउटा हो– जयतु संस्कृतम् ।

जयतुु संस्कृतम् के हो ?
जयतु संस्कृतम्को अर्थ संस्कृत वाङ्मयको ‘जय होस्’ भनिएको हो । संस्कृत वाङ्मयको जय होस् भनेको– संस्कृत भाषामा आबद्ध सार्वजनीन कुराहरू अर्थात् सह–अस्तित्व, विश्वबन्धुत्व, विश्वकल्याण, विश्वशान्ति, पारस्परिक सहयोग, सद्भावना, धार्मिक सहिष्णुता आदिको जय होस् भनिएको हो । सनातन धर्म, आपसी प्रेम, सद्भावको अभ्युत्थान होस् भन्ने आदर्श भावनाको शंखघोष नै जयतु संस्कृतम्को सन्देश हो । हरेक व्यक्ति, समाज, राष्ट्र र विश्वले आआफ्ना अस्तित्व राख्न पाउनुपर्छ, ‘स्व’को पहिचान दिन सक्नुपर्छ, एकअर्कामाथि थिचोमिचो हुनु हुँदैन, स्वतन्त्रता र समानताका आधारमा सबैले आआफ्ना अस्तित्व उपयोग गर्न पाउनुपर्छ भन्ने चिन्तनकोे नाम जयतु संस्कृतम् हो । यसकारण जयतु संस्कृतम् कुनै भाषा, जात र जातिको नारा होइन, विश्व–मानवको समुन्नति, शान्ति र कल्याणका निम्ति एक भएर अघि बढौँ भन्ने आह्वान र विचार हो ।

नेपालको इतिहासअनुुसार २००४ सालमा संस्कृत पढ्ने विद्यार्थीले पनि आधुनिक विषय पढ्न पाउनुपर्छ भन्ने माग राखेर आरम्भ गरिएको अभियान थियो– जयतु संस्कृतम् । त्यस बेला हुुकुमी राणाशासनविरुद्ध आवाज उठाउने पहिलो जनप्रयास थियो– यो । स्वस्फूूर्त रूपमा सुरु भएको यो अभियानले नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न ठूलो सहयोग पु¥यायो । तर पञ्चायती शासनकालमा प्रजातन्त्रको शंखनाद गर्ने र मानवतावादी विचारलाई प्रश्रय दिने सबै संघ, संस्थामा प्रतिबन्ध लागेसँगै जयतु संस्कृतम् आन्दोलन पनि प्रतिबन्धित हुन पुग्यो । २०५४ सालमा संस्कृत क्षेत्रका अग्रणी एवं जयतुु संस्कृतम्का अभियन्ताहरूले  अभियान स्थापनाको स्वर्णमहोत्सव मनाएसँगै संस्कृत वाङ्मय संरक्षण गर्ने मूल उद्देश्यसहित जयतु संस्कृतम् संस्था कानुनबमोजिम दर्ता गरियोे । जसको पहिलो अध्यक्ष श्रीभद्र शर्मा हुुनुुभएको थियो ।

मानव मूूल्यको जगेर्ना गर्न र संस्कृत, संस्कृति, भाषा, वाङ्मय संरक्षणमा जयतुु संस्कृतम् लागिपरेको छ । यसबाहेक संस्कृतमा भएका अमूूल्य सम्पत्तिहरूलाई धेरैले बुझ्ने र बोल्ने भाषामा अनुुवाद गर्ने काम पनि गरिरहेको छ । संस्कृतमा भएका ४ प्रमुुख पक्षः दर्शन, साहित्य, विज्ञान र कर्मकाण्ड (समग्रमा वाङ्मय)को प्रचारप्रसारमा यसका नियमित र विशेष कार्यक्रम उद्यत छन् । जयतुु संस्कृतम्ले विश्व संस्कृत सम्मेलनको तयारी पनि गर्दै छ । महाभारतकालपछिको विश्व इतिहास तयार गर्ने उद्देश्यले उत्तर यो संस्थाले महाभारत लेख्न थालेको छ । नेपाल एकेडेमी, खुुला विश्वविद्यालय लगायतका संस्थाहरूसँग यसले सहकार्य गर्दै आएको छ । उक्त संस्थाको जन्मदिन आज असार १ गतेका अवसरमा वाङमय, भाषा र संस्कृति संरक्षणमा हौसला र सहकार्यमा सामेल हुुन राज्यसंयन्त्रलगायत स्वदेशी, विदेशी सम्पूर्ण शुभेच्छुकमा पुनः अनुरोध गर्छु ।

प्रकाशित: १ असार २०७६ ०८:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App