२२ श्रावण २०७७ बिहीबार
विचार

खुसी जीवनका तीन गुण

जीवनभर खुसी रहन संघर्ष गर्ने मानिसलाई जम्मा तीन गुण आवश्यक पर्छ। यी गुणहरूलाई जीवनमा अपनाएर पूर्णताका साथ जिउन सकिन्छ भने योभन्दा सरल उपाय अरू के होला र ? हाम्रा कर्म, आचरण र जीवनशैली नै हाम्रो खुसी र स्वस्थ जीवनका लागि गुणात्मक आयाम हुन्। ठूलाठूला कुरा प्राप्तिमा खुसी लुकेको छ भनेर जीवनमा अन्धाधुन्ध परिश्रम गर्नेहरूलाई जीवनको उत्तराद्र्धमा थाहा हुने गरेको हुन्छ खुसी त सानातिना कुरामा लुकेको हुँदोरहेछ। स्वस्थ जीवन त हाम्रो जीवनशैलीमा आधारित हुँदोरहेछ।

१.सम्यक निद्रा
हाम्रो शरीरलाई श्रमसँगै विश्रामको पनि जरुरी छ।कसलाई कति घण्टा निदाउनु आवश्यक छ भन्ने कुरा उसको निद्रा कति गहिरो र मस्तको छ त्यसमा भर पर्दछ। मेडिकल विज्ञानका अनुसार स्वस्थ रहन दैनिक कम्तीमा सात/आठ घण्टाको निद्राजरुरी छ। यो उमेर रस्वास्थ्य अवस्थाअनुसार पनि निर्भर गर्दछ तर, रातमा गहिरो निद्रा पर्ने गरी उसले दिनभर कत्तिको श्रम गरेको छ त्यसमा भर पर्दछ। आठ/नौ घण्टा सुतेर उठेपनि आलस्य, बेचैनीको अनुभूतिगर्ने मानिसहरू भेटिन्छन्।यसको कारण हो उसको दिनभर काम गर्ने र सोच्नेतरिका सही छैन।शारीरिक श्रम मात्र होइन, उसको मानसिक श्रम कस्तो छ ? दिनभर अरूलाई दुःख पु-याउने, नराम्रो विचारका साथ कर्म गर्ने र आफ्नो मात्र राम्रो होस् भनेर चिताउने व्यक्ति रातमा कसरी गहिरो निदाउन सक्ला ?

व्यक्ति निदाउन नसक्नु एउटा प्रमुख दुःखको कारणभित्र पर्दछ। अनिद्रा नै अस्वस्थताको प्रमुख कारण हो। त्यसो त धेरै निद्रामा जानेपनि सम्यकता हुँदैन। हिजोआज आफ्नो दैनिकी र कामभन्दा बाहिरका कुरा र सामाजिक सञ्जालमा समय बिताउने प्रचलन ज्यादै बढेको छ।यिनै साधनको प्रयोगले आजका युवालगायत सबैमा अनिद्राको बिरामी बढिरहेका छन्।अशिक्षितले भन्दा शिक्षित व्यक्तिले प्रविधिको बढी प्रयोग गर्ने भएकाले शिक्षित व्यक्तिहरू निद्रा नलाग्ने रोगका सिकार भएका छन्। हिजो आज इलेक्ट्रोनिक क्यान्सरले ग्रस्त छन् मानिसहरू भन्दाअनुपयुक्त हुँदैन।समयमा सुत्ने र उठ्ने गर्नु पर्दछ।राति अबेरसम्म नसुत्ने व्यक्ति बिहान चाँडो उठ्न सक्दैन र दिनभर काममा पनि उसले निद्राको महसुस गरिरहेको हुन्छ।आवश्यक निद्रा नपुगेको व्यक्ति स्वस्थ र फूर्तिलो हुँदैन अनि उसको काम कसरी राम्रो हुने?
२. तनावरहित कर्म
मानिस बाहेक पशुपन्छी, किटपतंग र कुनैपनि प्राणी तनावमा जाँदैनन्। किन मानिसमात्र तनावमा जान्छन् ? किनकि मानिस खेलपूर्ण हुन सक्दैनन्, लीलापूर्ण हुन सक्दैनन्। परमगुरु ओशो भन्नुहुन्छ– ‘मानिस जीवनलाई नाटकको रूपमा र नाटकलाई जीवन्तजीवन जस्तो गरेर जबसम्म जिउन जान्दैन तबसम्म उसलाई सानातिना तनावले सताइरहेकै हुन्छन्।’ मानिसमा कर्ताभाव, मैले गरेको छु, मैले यति गरें, यति गर्नेछु जस्ता भावले उसलाई अल्झाइ रहेको हुन्छ। आफ्नो स्वार्थका लागि मात्र कर्म गर्ने र आफ्नो उन्नतिका लागि अरूलाई दुःख,कष्ट पु-याउने व्यक्ति नै तनावग्रस्त हुन्छ। तनाव कसैले दिने दण्ड होइन न त कसैद्वारा लागूगरिदिने कुनै विधि नै हो। सकारात्मक सोचको अभाव र त्यसको परिणामस्वरूप प्रस्फुटन हुने भावदशा तनाव हो। जुन विचार याकर्मले हाम्रो जीवनलाई समग्र र पूर्णरूपमा बाँच्न दिँदैनन् ती सबै कर्मयाविचार तनावका कारण हुन्।
३.आत्मानुशासन
हाम्रो दैनिकी, खानपान, आचरण, शारीरिक क्रिया, योग, ध्यान सहज रूपमा छन् कि छैनन् भन्ने कुराले हामी आत्मानुशासनमा छौं कि छैनौंभन्ने निर्भर गर्दछ। हामी दुःखी र अस्वस्थ हुनुको कारण नै हामीले आफ्नो शरीर, मन र विचारलाई अनुशासनमा राख्न नसक्नु हो। स्वादका लागि खाने कि शरीरमा ऊर्जाका लागि ? धेरै जंकफुड खाएर, मोटाएरजिम जाने कि सादा र स्वस्थ खाना खाएर सन्तोषको जीवन बाँच्ने ? रोजाइ आफ्नै हातमा छ। सम्यक परिश्रम, योग, ध्यानले मानसिक र शारीरिक दुवै तरिकाले स्वस्थ र मस्त हुन मद्दत गर्दछ भने हामी यो सहज र सरल तरिका छोडेर के प्राप्तिका लागि दौडधूप गरिरहेका हुन्छौं? सोचनीय छ। नियमित ध्यान, योग, रचनात्मक कर्महरूले जीवन जिउने कला प्राप्त हुन्छ। अराजकतामा, लोभमा, द्वेषमा र अमानवीय जीवनशैली बाँच्ने व्यक्ति खुसी हुन सक्दैन र स्वस्थ पनि। द्वन्द्वरहित, अहंकारमुक्त, आशंकारहित भएर प्रेमपूर्ण बाँच्ने कला नै जीवनको वास्तविक आर्जन हो।

प्रकाशित: १६ जेष्ठ २०७६ ०८:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App